• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

हाम्रो पेटमा कति खाना अटाउँछ ? कति खान उपयुक्त हुन्छ ?

  •   बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
  • काठमाण्डौं/हामीमध्ये कतिपय घन्टा–घन्टामा केही न केही खाइरहेका हुन्छौँ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो पेटमा कति खाना अटाउँछ रु धेरैले आवश्यकताभन्दा बढी खाना पनि खाइरहेका हुन्छन् । तर यसो गर्दा समस्या आउन सक्छ । पेट ढुस्स हुने, फुल्ने वा अप्ठ्यारो भएको महसुस हुन्छ । यसो हुनुको एउटा प्रमुख कारण आवश्यकताभन्दा बढी खानु हो । हाम्रो पेट कत्रो हुन्छ ? हामीले कति खाने ? हाम्रो पेटको आकार कत्रो हुन्छ त ?

    Advertisement

    वयस्कको पेटको आकार

    सामान्यतया एक वयस्क व्यक्तिको पेट लगभग ३०० देखि ३५० मिलिलिटरको हुन्छ । यसको अर्थ, जब हामी खाना खान्छौँ, लगभग त्यति मात्रामा मात्र खाना पेटमा आरामसँग फिट हुन्छ । बच्चाहरूको पेट क्षमता वयस्कहरूकोभन्दा कम हुन्छ । अर्थात् बच्चाहरूको पेटको आकार लगभग १५० देखि २०० मिलिलिटरको बीचको हुन्छ ।

    छिट्टै पेट भरिएको संकेत

    पेटको एउटा भागलाई फन्डस भनिन्छ । जब हामी खाना खान्छौं, यो भाग अलि खुकुलो हुन्छ, ताकि खाना भित्र जान सकोस् । तर यदि यो भागले राम्रोसँग काम गरेको छैन भने पेट चाँडै भरिन थाल्छ र व्यक्तिले थोरै मात्र खाएको भए पनि चाँडै पेट भरिएको महसुस गर्न थाल्छ ।

    प्रत्येक व्यक्तिले कति खाना खानुपर्छ भन्ने कुरा उसलाई चाहिने ऊर्जा, शरीरको संरचना, उमेर र दैनिक गतिविधिले निर्भर गर्छ । जस्तैः खेलाडी वा कडा परिश्रम गर्ने व्यक्तिलाई बढी ऊर्जा चाहिने भएकोले उनीहरूले धेरै खाना खान सक्छन् । तर कार्यालयमा कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई कम क्यालोरी चाहिन्छ, त्यसैले उसको शरीरको माग पनि कम हुन सक्छ ।

    त्यसो भए कति खाने ?

    हामीले भोक लागेको भन्दा अलि कम खानुपर्छ । यदि तपाईं पूरै भोकाउनुभएको छ भने पनि ८०–९० प्रतिशत मात्रै अघाउने गरी खानुहोस् । यसले खानालाई राम्रोसँग पचाउन मद्दत गर्छ र शरीरमा कुनै दबाब पर्दैन । तर धेरै पटक खाइयो भने यसले पाचन प्रणालीलाई असर गर्न सक्छ ।

    यदि पेटको आकार आवश्यकताभन्दा बढी बढ्यो भने बिस्तारै शरीरलाई यसको बानी पर्न थाल्छ र त्यसपछि धेरै खाने इच्छा हुन्छ, जसले मोटोपना र पेटसम्बन्धी रोगहरू निम्त्याउन सक्छ । त्यसैले सोचविचार गरेर खाना खानुपर्छ, बिस्तारै खाना खाने र पेट लगभग भरिन लागेको महसुस हुँदा रोकिनुपर्छ ।

    -(एजेन्सी)

    बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.