भरतपुर/सरकारले लकडाउनमा अत्यावश्यक वस्तु उत्पादक उद्योग र विक्रेतालाई नरोक्ने नीति लिए पनि मुलुककै ठूलो धुलो दूध कारखाना चितवन मिल्क २ महिना पछि संचालनमा आएको छ ।
भरतपुर महानगरपालिका– १, ठिमुरामा रहेको धुलो दूध उत्पादन कारखाना चितवन मिल्क उद्योग असार १२ गते देखि देखि बन्द थियो ।
चितवन मिल्क उद्योगका इन्चार्ज दुर्गा पराजुली दुग्ध आउन छाडे पछी उद्योग बन्द गरेको बताउछन् । उनले भने –“थोरैमा दैनीक ४० हजार दूध आवश्य हुन्छ कारखाना चलाउन तर असार, साउन र भदौ दूध उत्पादन कम हुने समय भएकाले दूध नहुदा बन्द गर्न बाध्य भयौं ।”
यद्धपी सोमबार बाट उद्योगलाई पुर्ण क्षमतामा संचालन गरिएको छ । कोरोना कहर संगै उद्योगले स्टोरमा राख्ने ठाउँ नभएको , कर्मचारी नभएको, पाउडर दूध बनाउने मेसिन नै बिग्रेको लगायतको बहाना पटकपटक लकडाउनको समयमा उद्योग बन्द हुँदै आएको थियो ।
यस उद्योगमा चितवनसहित नेपालगन्ज, झापा, सुनसरी, मोरङ, सिराहा, सप्तहरी, नवलपरासी, रुपन्देहीबाट दूध आउने गर्छ । पराजुलीका अनुसार कारखानामा दैनिक ७० हजार लिटर दूध प्रशोधन गर्न सकिन्छ ।
तर चितवन मिल्कले किसानको आवश्यक भन्दा पनी आफ्नो अनुकुलमा उद्योग संचालन गर्ने गरेको चितवनमा दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगाले बताउछन् ।
चितवनमा दुग्ध उत्पादक सहकारी संघमा एक सय १० वटा दुग्ध उत्पादक सहकारी संस्था छन् । जसमा करिब ३० हजार किसान आबद्ध छन् । यहाँ पाँच सयभन्दा बढी व्यावसायिक पशुपालक किसान छन् । उनीहरूले ५० हजारदेखि दुई लाखसम्मका गाई पालेका छन् ।




