गोरखा/पाण्डे वन्धु सेवा प्रतिष्ठानको आयोजना, सिरानचोक गाउँपालिका कार्यालय छोप्राक, सिरानचोक गाउँपालिका वडा नं.७ को कार्यालय र श्रीनाथकोट स्वास्थ्य चौकी, सिरानचोक गोरखाको सहकार्य एवम् मनकामना अस्पताल प्रा.लि.र नमो बुद्ध डेण्टल क्लिनिकको प्राविधिक सहयोगमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । पाण्डे वन्धु सेवा प्रतिष्ठानका अध्यक्ष ठाकुर प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको स्वास्थ्य शिविरको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नु भएको थियो ।

स्वास्थ्य शिविरमा मनकामना अस्पतालका प्रमुख कार्यकारी निर्देशक दिलिप घिमिरे, सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सिरानचोक गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष राजेन्द्र बाबु ढकाल लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य शिविरमा विशेषज्ञ डा. सागर खतिवडा, डा. सन्दिप पाण्डे, डा. शकर ढकाल, डा. शेषकान्त पौडेल, डा.मनोज अधिकारी, रमेश पाण्डे, शतिस ढकाल लगाएत अस्पतालको टोलिले सेवा दिएका थिए ।

स्वास्थ्य शिविरमा १५२ ले हाडजोर्नी तथा नसा रोग सेवा, १२९ जनाले जनरल मेडिसिन सेवा, ७० जनाले दन्त सेवा, १८ जनाले सर्जरी सेवा, ४१ ज्नाले महिला स्त्री तथा प्रसुति रोग सेवा, ५५ जनाले भिडियो एक्सरे सेवा, ५ जनाले ई. सि. जि. सेवा गरी करिब ३७५ जनाले स्वास्थ्य सेवा लिएका थिए ।




