• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सम्झनामा २०७२ सालको भूकम्प


  •   मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
  • -विकास भट्ट
    उहिया पुग्ने धोको छ । उहिया गाँउ साच्चिकै सुन्दर छ । अनि त्यहाँका गाँउलेहरु पनि असाध्यै मिजासिला । जीवन भर याद आइरहने खालका । बैशाख १३ गतेबाट बिद्यार्थी भर्ना अभियानको तयारी हँुदै थियो । अस्थायी दरबन्दीमा निमाबि तहको अगे्रंजी बिषयको शिक्षकको रुपमा नियुक्ति लिएको भर्खर ७ महिना मात्रै भएको थियो । म र मेरा एक जना सहकर्मी मित्र शुरेस बिद्यालय तर्फको यात्राको लागि प्रस्थान गर्‍यौं । गोरखा सदरमुकामबाट तीनदीनको यात्रा पछि पुगिने ठाउँ, उहियास्थित पार्वती निमाबि हाम्रो यात्राको गन्तब्य थियो । दिउसो १ बजे शुरु भएको हाम्रो त्यो दिनको यात्रा सोती बजार पुगेपछि टुङ्गियो । एक होटेलमा बास बस्ने निधो गर्‍यौं । बैशाखको महिना होटेल नजिकै सुसेली खेल्दै बगेको बुढी गण्डकी नदीले मनास्लु हिमाल तिर बाट ल्याएको चिसो हावाको अनुपम आनन्दका साथ त्यो रात बित्यो । बिहानै ५ बजेको चिया नास्ता खाएर हाम्रो पैदल यात्रा शुरु भयो । सोती भन्दामाथि गाडी नचल्ने भएको हुनाले हातमा निगालोको लठ्ठी टेकेर झोला भिरेर हामी कस्सिएर हिड्न थाल्यौं । बाटो निक्कै कठिन थियो लापुको भीर सम्झदा आँतनै सिरिङ्ग हुने खालको । पहरा खोपेर बनाएको बाटो उताबाट खच्चड आउँदा ज्यानै जोगाउन मुस्किल । बाटैभरि ओहोर दोहार गर्ने खच्चडको ताँती हुन्थ्यो अनि खच्चडको घण्टीको चुन्दुूङ चुन्दुूङ आवाजले दिक्क लाग्ने । त्यसमाथि बाटैभरी खच्चडको गोबर र मुत्र, गर्मीको बेला माखा भुसुनाले सताउने । यी सारा कुरालाइ हामी दुईभाइको ख्यालठट्टाले बिर्साइ दिन्थ्यो । हामी अगाडि बढ्दै गयौं ।

    लापुबेसी, खानीबेसी हुँदै माछाखोला पुगियो । साथी शुरेसले माछाखोलामा खाना खाने कुरा गर्नु भयो । मैले इन्कार गरेँ र भनेँ, “होइन, खाना त तातोपानी पुगेर रने दाइकोमा नै खानु पर्छ ।’ उहाँ सहमत हुनुभयो र फेरि हाम्रो यात्रा अगाडि बढ्यो । हामी खोर्लाबेशी कटेर केही अगाडि पुुग्दै थियौँ । बाटोमा बाख्रा गोठालाहरु पात बजाउदै सुसेल्दै थिए । भिरैभरि भेडा र बाख्रा छपक्कै । क्याप र माक्स लगाएर लौरीको साथमा रफ्तारमा पाइला बढिरहेकै थिए । भोक लागिसकेको थियो । रने दाइको होटेलको खाना, सिलमको अचार, कोलो(राज्मा)कोे दाल सम्झिदै । तातोपानी पुग्न १०, १५ मिनेट जति बाँकी हँुदो हो । भिरको मुखैमा पुग्न मात्रै लागेका के थियौँ एक्कासी पारि तिरको डाँडा चरर चिरिन थाल्यो । हामी माथिको भिरबाट ठुलो आवाज आयो बम खसाले जस्तैगरी ।

    Advertisement

    मलाइ रिंगाटा लागे जस्तो भयो । तत्काल पछाडि फर्केर एउटा ठुलो स्वामीको रुखको आड लिएर हामी दुइ बस्यौँ । मन सम्हाल्ने कोसिस गरेँ, चारैतिर हेरेँ, धुलोले केहि देखिएन । त्यत्तिकैमा एकजना हुल्चुक तिरका घलेदाइ पनि त्यही रुखको फेदमा अत्तालिँदै आए । उनी भन्दै थिए लौ बर्बाद भयो, बर्बाद भयो….। सुख्खा पहिरो बगेको बग्यै थियो । हामी बसेको रुखको फेदमा पनि बडेमानको ढुङ्गो आएर बजारियो । लाग्यो मलाइ मर्ने दिन आजै रहेछ । एक्कासी छोरी सम्झिएँ, भर्खर छ महिना टेक्दै थिइन् । छोरीले आफ्नो बाबुलाई देख्न नपाउँदै म यहिँ सिद्धिने भएँ । मनमा अनेक कुरा खेल्न थाल्यो । भिरबाट चोइटिएको ढुङ्गाले लागेर हामी बसेको रुखको हाँगा भाँचिन थाल्यो । मलाइ यस्तो लाग्यो कि चाइनाले एटम बम परीक्षण प्रहार पो गर्‍यो कि । बास्तवमा मेरो मानसपट्टलमा झट्ट रुखको फेदमा जानुपर्छ भन्ने सोच त्यतिबेला आउनुको कारण थियो, गोली आयो भने रुखलाइ छेड्न सक्दैन ।

    करिब आधा घण्टा त्यहि ठाँउमा बस्यौँ । त्यतिबेलासम्म हामी कसैलाइ थाहा भएन कि यो के भइरहेको छ । मैले सोधेँ, शुरेस सर यो के भएको होला है, उहाँले फ्याट्ट भन्नु भयो यो त भुकम्प हो, फेरि फर्किन्छ, अब हामी जतिसक्दो छिटो सुरक्षित ठाँउ खोजेर जानुपर्छ नत्र बाँचिन्न । नजिकै ओडार खोजेर जानुपर्छ सरले थप्नु भयो । धुलोले आँखा हेर्नै नसक्ने थियो । मैले सरलाइ भनेँ तपाइँ ओडार खोज्नुहोस म माथिबाट ढुङ्गा आए न आएको हेर्दै जानकारी गराउँछु । एक मनले सोच्यो यत्रो बिपदबाट त यो रुखले जोगायो अब ओडारमा जाँदा मरिने पो हो कि । १५ मिटर जति पर ओडार भेटेर मलाइ छिटो आउन भन्नु भयो । म पनि त्यतै तिर लाग्ने निधो गरेर हतार हतार दौडिएर जाँदा खुट्टा काँपेर लरबरायो र रुखको हाँगामा अल्झिएर बेस्सरी पछारिएँ । बल्लतल्ल उठेर ओडारमा पुगेँ, जहाँ घले दाइ र शुरेस सर बस्नु भएको थियो । म पुगेको केहि सेकेण्ड नहुँदै भिरबाट ढुङ्गा खसेर हाम्रो अगाडि आएर बजारियो । धन्न बाँचियो गाँठे मनमनै सोचेँ । घले दाइ आफ्नो पछिपछि आएका परिवार सम्झेर एक छिन चिच्याए । मैले सान्त्वना दिदै भनेँ तातोपानी आएका भए त बाँच्न सक्छन दाइ नआत्तिनुस ।

    बिहान ५ बजे सोतीबाट हिडेको त्यति बेला दुई बजिसकेको थियो । भोक, थकाइ र डरले शरीर शिथिल भएको थियो । कतै जाँदा कहिल्यै पनि खाजा लिएर नहिड्ने म त्यो दिन भने ४ पोका चाउचाउ र दालमोठ, परिवारले झोलामा राखिदिएकाले लिएर आएको थिएँ । मैले झोलाबाट चाउचाउ निकाल्दै साथीहरुलाई भनेँ यो खाएर बेपत्तासंग दौडिएर तातोपानी पुग्नुपर्छ । घले दाइले लामो सुस्केरा हाल्दै झोलामा भएको एक बोतल लोकल रक्सी निकाले र खान आग्रह गरे । मैले भनेँ यो रक्सी खायो भने त दौडिन सकिन्न कि ? उनीहरुले दुईचार घुँड्को खाँदा केहि हुन्न भन्ने तर्क गरे र म पनि त्यो कुरामा सहमत भएँ । त्यतिनै बेला केही मान्छे माथिबाट कराउँदै आएको देखियो । ती मध्ये २ जना प्रहरी पनि थिए, माछाखोला जान झरेका । एकजना प्रहरीले हामीलाई आत्तिदै भने, तपाँइहरु छिटो यहाँबाट गइहाल्नुस र गाँउतर्फ लाग्नुस माथि बुढीगण्डकी पहिरोले थुनियो भन्ने खबर छ ।

    अब झन डरको हामीमा सिमै रहेन । तत्काल हामी तातोपानी तर्फ हिड्यौँ तर घले दाइ प्रहरीसँग केहि सोध्न खोज्दै थिए । पछि कता गए थाहा पाइएन । बाटो भिरमा परिणत भइसकेको थियो । बल्लतल्ल तातोपानी पुगियो । निकै कारुणिक दृष्य कुनामा रहेको घले दाइको पसल क्षतविक्षत भएको, मान्छे कता गए एक जना पनि देखिएन । हामी गाँउ पुग्ने बिचार गरेर अगाडि बढयौँ । हावा हुरी सहितको बर्षाका कारण हामी नजिकै रहेको ओडारमा बस्न पुग्यौँ । ओडारभरि खचाखच मानिसहरु थिए । कोही बेहोश भएर ढलेका, कोही आफन्त हराएको पिरले रोइकराइ गरिरहेका । त्यहिबेला एकजना मान्छे शरीरभरि चोट लिएर घिस्रिदै नजिकै आएर ढले । उनी पानी पानी भन्दै थिए तर बरिपरि पानी थिएन र कसैको पनि पानी ल्याएर दिन सक्ने अाँट थिएन । भिरबाट ढुङ्गा खसिरहेकै थियो । झम्के साँझ भइसकेको थियो । केहि मानिस भन्दै थिए अब यहाँ बस्नु सुरक्षित छैन माथि यो भन्दा ठुलो भेडा राख्ने ओडार छ त्यँही जानुपर्छ । ती घाइते मान्छे त्यस ठाँउमा छलिए बरु एक जनाले एक बोतल रक्सी दिए र भने तिर्खा लागे यहि खाउ । पानी दिन सकिएन के गर्ने । हामी पनि उनीहरुकै पछि लाग्यौँ । त्यस ठाँउबाट माथि गाँउ पुग्नको लागि तीन घण्टाको नाकै ठोस्ने उकालो हिड्नु पर्दथ्यो । त्यो सम्भव थिएन । केहि उकालो दौडदै पार गरेपछि ओढार पुगियो । ओडार त पहिले नै मानिसहरुले भरिइसकेको रहेछ । तै पनि त्यो रात त बिताउनै पर्‍यो । छेउतिरको साँघुरो ठाँउमा कोचाकोच गरेर बसियो ।

    पारीको भिरबाट पहिरो खसेको खस्यै । मुसलधारे पानी, त्यस माथिको चट्याङ, मलाई डरले मुटु काँपथ्यो थुरुरु । मैले शुरेस सरलाइ कुनातिर बस्न आगह गरँे । तिमी डरायौ ? हुन्छ, कुनामा आऊ । अब त बाँचियो झैँ लाग्याछ, उनले भने । कम्मरदेखि टाउकोसम्मको भाग ओडार भित्र अरु बाहिर पानीले भिज्ने ठाँउमा परेको थियो । ओढार भासिएन भने त बाँचिएला । खुट्टा मै ढुङ्गाले लागेछ भने पनि भुतुक्कै त पक्कै नमरिएला । मन मनै सोचेँ । तल घाइते भएर बसेका दाइ के गर्दै होलान । सबै आ आफ्नै ज्यान जोगाउन कुदे कसले कसको बास्ता गर्ने । सायद भोलिसम्म मर्छन होला । त्यो रात पनि आँखा झिमिक्क नगरी बित्यो । बिहान ६ बज्यो, अब त जसरी पनि गाँउ पुग्नु पर्छ भनेर उकालो यात्रा सुरु भयो ।

    तीन छाक खाना नखाएको ज्यान उकालो चढ्न मानेकै थिएन, तैपनि बाध्यता थियो । लौरीको साहारामा । बाटोको नामोनिशाना केहि थिएन चार हात खुट्टाले जबरजस्त उकालो भिर पार गरियो । तीन घण्टा लाग्यो हामीलाई । स्यालम् भीरको टुप्पोबाट उहिया गाँउ देखियो । थचक्क बसियो एकछिन । डर र त्रासले दिग्भ्रमित भएको मानस्पट्टलले केहि राहत मिलेको अनुभूत गर्यो । एकछिन गाँउतिर हेरेर मन बहकाउन मन लाग्यो । गाँउको ठयाक्कै अघिल्तिर सेतो कञ्चन हिमाल ठिङ्ग उभिएको । चिसो शिरशिरे बतास चौबिसै घण्टा चलिरहने, मन पनि सफा र सहयोगको भावनाले भरिएको गुरुङ्ग, घले र कामी जातिको बसोबास । असाध्यै मनमोहक ठाउँ । हामी ४० मिनेटको उकालो हिडेपछि गाउँ पुगियो । तर त्यति बेला भने गाँउ पुरै उजाडिएको थियो । गाँउलेहरु आआफ्नै पिडामा छटपटाइरहेका, कोहि रोइरहेका, कोहिले हामीलाई देखेर दङ्ग परे । उनीहरुले हाम्रो आश मारेका रहेछन् । भेडा चराउन गएका गोठालाहरु हराइरहेको थिए । लेकमा साग टिप्न गएका एक हुल बिद्यार्थी सम्पर्कमा थिएनन् । एक जना हाम्रै सहकर्मी पनि माछाखोलासम्म सम्पर्कमा थिइन् । त्यसपछि अत्तोपत्तो थिएन । पुरै गाउँ शोकमा थियो ।

    गाँउलेहरु घर छाडेर आलुबारीमा त्रिपाल टाँग्ने मेसो मिलाउँदै थिए । हामी पनि त्यतैतिर लाग्यौँ । दुईरात घले गाँउको आलुबारीमा बित्यो । भोलिपल्ट बिहानै भीरमा लाश अडकिएर बसेको खबर आयो त्यो लास भेडा चराउन गएका एक जना गाउँलेको रहेछ । गाँउलेहरु लास लिन जानका लागि डराइरेका थिए । टेलिफोन र बिजुली बत्ति नभएकाले कतै सम्पर्क गर्न सक्ने अबस्था थिएन । मैले घर सम्झन थालेँ, मेरो घरमा के भएको होला । बा, आमा, श्रीमती अनि छोरी । उनीहरु बाँचेका भए मलाई त पक्कै पनि मर्‍यो भन्ने सोचेका होलान् । यी याबत कुराले मलाई खपिनसक्नु भइरहेको थियो । त्यो बेलासम्म राज्यको कुनै उपस्थिति थिएन । राहत पुग्ने त कुरै भएन । माथि आकाशमा हेलिकप्टर घुमेको घुमेइ थियो । हामी भोलिपल्ट बिहानै तल घर फर्कने निधो गर्‍यौँ । बिहान ६ बजे यात्रा शुरु भयो । बाटो सबै पहिरोले पुरिएको । ठाँउ ठाँउमा ढुङ्गा खसिरहेकै थिए । परकम्पहरु गइरहेका थिए । हामी ती सारा चिजको पर्वाह नगरी दौडिरहेका थियौँ । थुप्रै खच्चडहरु मरिरहेका देखिए । भारी बोकेरै मरेका खच्चडहरु गन्हाएर दुर्गन्ध फैलिएको थियो । केहि मानिसहरुका लासहरु ढुङ्गाले च्यापिएर अलपत्र, अबस्थामा देखिन्थे । ती सारा कारुणिक दृष्य नियाल्दै हामी लापुबेशी पुगियो । अल्लि पर भारतीय सेनाको हेलिकप्टरले त्रिपाल झार्दै गरेको देखियो । हामीलाई पनि लैजान्छ कि भनेर हतार हतार गरेर दौडियौँ । हात हल्लाउँदै नजिकै पुग्न लाग्दा हेलिकप्टर उड्यो । लापुको भिरको बाटो पुरै पहिरो गएकाले हामी गण्डकीको झोलुङ्गे पुल तरेर मान्बु हुँदै सोती झर्न पर्ने भयो । थकित ज्यान फेरि उकालो चढ्न बाध्य भयो । साँझ ७ बजे सोती पुगियो । खाने बस्ने ठेगान थिएन । एउटा होटेलमा गएर बास माग्यौँ होटेल साहुजीले त्रिपालमा सुत्ने बन्दोबस्त मिलाइ दिनु भयो । केहि खाने कुराको साथमा । परकम्पन छिन छिनमा आँउदा मानिसहरु निद्रामै चिच्याइ रहेका सुनिन्थे । भोलिपल्ट बिहान मेरो फोन सम्र्पक चितवनमा रहेका काकासँग भयो । एउटा एफएमबाट पनि फोन आयो । मैले म सुरक्षित रहेको जानकारी गराउँदै, माथि गाँउतिर राहतको लागि पहल गरिदिन आग्रह गरेँ ।

    हाम्रो पैदल यात्रा सोतीबाट आरुघाटतर्फ अगाडि बढ्यो । सोती नजिकै पहिरोमा ५,७ जना पुरिएका रहेछन मानिसहरु खोजिरहेका देखिन्थे । करिब ३ घण्टाको हिँडाइपछि आरुघाट आइ पुगियो । बजार सुनसान थियो । धेरैबेरको पर्खाइपछि बल्लतल्ल एउटा ट्रक भेटियो, त्यसैमा चढेर गोरखा बजार आइपुगियो । धन्न सबै परिवार सकुशल रहेको खबर पाएँ । त्यसको केहि समयपछि मैले शिक्षक पदबाट राजिनामा दिएर गैर सरकारी सेवामा आवद्ध भएँ । मलाई फेरि एकपटक त्यो संसार उजाडेको कालोदिनमा यात्राको क्रममा आडलिएर बाँचेको रुखलाई सुम्सुम्याउदै, रात बिताएको ओढार नियाल्दै उहिया पुग्ने धोको छ । उहिया गाँउ साच्चिकै सुन्दर छ । अनि त्यहाँका गाँउलेहरु पनि असाध्यै मिजासिला । जीवन भर याद आइरहने खालका ।

    मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.