• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

नेपाली कांग्रेस महाधिवेशनको मध्यमार्गी धुर्विकरणको केन्द्र बन्दै महामन्त्री उम्मेदवार नैनसिंह महर


  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको निर्धारित मिति अझै टुङ्गो लाग्न नसकेको र पार्टी सञ्चालन विधानसम्मत प्रक्रियामा केन्द्रित हुनुपर्ने बहस चलिरहेको पृष्ठभूमिमा, प्रभावशाली केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा प्रस्तुत गरेका छन् । यो घोषणाले पार्टीको आन्तरिक राजनीतिमा महाधिवेशनको समयतालिका, नेतृत्वको पुस्तान्तरण र वैचारिक दिशानिर्देश जस्ता विषयमा नयाँ तरंग र बहस सिर्जना गरेको छ, र महरलाई सम्भावित मध्यमार्गी ध्रुवीकरणको केन्द्रको रूपमा अगाडि सारेको छ।

    Advertisement

    महरले पार्टीको महाधिवेशन विधानसम्मत निर्धारित समयमै हुनुपर्ने मागलाई आफ्नो उम्मेदवारीको प्रमुख आधार बनाएका छन् । हाल पार्टीभित्र महाधिवेशन नियमित समयमै (आगामी मंसिरसम्म नयाँ कार्यसमिति आउने गरी) गर्ने वा विशेष परिस्थिति देखाउँदै समय थपेर गर्ने भन्नेमा दुई धार स्पष्ट देखिन्छ । उनले राजनीतिमा माथिल्लो तहमा पुग्ने आकांक्षा स्वाभाविक भएको बताउँदै आफ्नो दाबीलाई लोकतान्त्रिक प्रतिस्पर्धाको अंशको रूपमा व्याख्या गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देखिएको उनको पुस्ताको जबर्जस्त हस्तक्षेपले समेत त्यो बुझ्न सकिन्छ। उनको यो उम्मेदवारीले पार्टीका स्थापित गुटभन्दा फरक, विधि र प्रक्रियालाई प्राथमिकता दिने धारलाई निकै उत्साहित बनेको छ । स्थापित शक्ति केन्द्र र गुटहरुको समेत आन्तरिक समीकरणको चर्चाको अहिले उनि “हट केक” बनेका छन् ।

    महामन्त्री पदका लागि विगत तीन वर्षदेखि तयारी गरिरहेको र यसक्रममा ७५ जिल्लाको भ्रमण सम्पन्न गरिसकेको महरले आफ्नो दावेदारीलाई आकस्मिक नभई सुविचारित भएको संकेत गरेका छन् । ‘मिसन महामन्त्री’ अभियानमार्फत उनले आफ्नो प्रचार र संगठन निर्माणलाई व्यवस्थित गर्ने प्रयास थालेका छन् । अहिले उनले व्यवस्थित रुपमा प्रचार प्रसार सुरु गरिसकेका छन् । नेविसंघको इकाइदेखि केन्द्रीय अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य र हाल शिक्षा विभाग प्रमुखको जिम्मेवारीमा रहँदाको अनुभवलाई उनले आफ्नो क्षमताको आधार मानेका छन् । उनको नेतृत्वमा रहेको शिक्षा विभागले सञ्चालन गरेको “स्कूल अफ डेमोक्रेसी” र नीति संवाद जस्ता कार्यक्रमले उनलाई पार्टीको तल्लो तहसम्म पुग्न र विचार निर्माणमा संलग्न हुन मद्दत पुगेको देखिन्छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि (PhD) गरिरहेको पृष्ठभूमिले उनलाई लोकतन्त्र, विकास र अर्थनीति जस्ता विषयमा वैचारिक स्पष्टतासहित प्रस्तुत हुन बल दिएको छ ।

    आफ्नो उम्मेदवारीलाई सार्थक बनाउन महरले १४-बुँदे एजेन्डा अघि सारेका छन्। यसले पार्टीमा संरचनागत, वैचारिक र कार्यशैलीगत सुधारको खाका प्रस्तुत गर्ने दाबी गर्दछ । यी एजेन्डामा ‘एक व्यक्ति, एक पद, दुई कार्यकाल’, प्रशिक्षणमा आधारित क्रियाशील सदस्यता, पार्टी र सरकार सञ्चालनका लागि विज्ञ समूह (थिङ्क ट्याङ्क) को स्थापना, बिपी विचारको समयसापेक्ष कार्यान्वयन, आर्थिक पारदर्शिता, युवा सशक्तिकरण, सुशासन, शिक्षा-स्वास्थ्यको पहुँच, लगानीमैत्री वातावरण, र राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीति जस्ता समसामयिक र संरचनागत विषयहरू समावेश छन् । यी एजेन्डाहरूले परम्परागत गुटगत राजनीतिभन्दा माथि उठेर मुद्दा र विचारमा आधारित राजनीतिको वकालत गर्छन्, जसले पार्टीभित्रका विभिन्न धारका तर परिवर्तन चाहने प्रतिनिधिहरूलाई आकर्षित गर्न सक्ने सम्भावना देखाउँछ र उनलाई मध्यमार्गी विकल्पको रूपमा स्थापित गर्न सहयोग पुऱ्याउँछ ।

    कांग्रेसमा महामन्त्री पदका लागि अन्य नेताहरू पनि आकांक्षी रहे पनि, महरले औपचारिक रूपमा पहिलो उम्मेदवारी घोषणा गरेर आगामी नेतृत्व प्रतिस्पर्धाको प्रारम्भिक विन्दु तय गरेका छन् । यसले महाधिवेशनको मिति निर्धारण गर्न नेतृत्वलाई थप दबाब सिर्जना गर्नेछ । साथै, यसले अन्य सम्भावित उम्मेदवारहरूलाई पनि छिट्टै मैदानमा उत्रन वा आफ्नो रणनीति स्पष्ट पार्न प्रेरित गर्न सक्छ । उनको उम्मेदवारी र मुद्दा-केन्द्रित अभियानले परम्परागत गुटबन्दीभन्दा फरक धार सिर्जना गर्ने प्रयास गरेको छ। कांग्रेस विधानले दुई महामन्त्री निर्वाचित हुने व्यवस्था गरेकोले, यस्तो मध्यमार्गी धारको उदयले प्रतिस्पर्धालाई थप जटिल र रोचक बनाउने देखिन्छ । महरको तयारीको स्तर र अवस्थाको आँकलन गर्दा निकै लाभको अवस्थाको रहेको सहजै कांग्रेसभित्र चर्चा चल्ने गरेको छ ।

    नैनसिंह महरको महामन्त्री पदमा उम्मेदवारी घोषणा केवल व्यक्तिगत आकांक्षाको प्रस्तुति मात्र नभएर नेपाली कांग्रेसभित्र महाधिवेशनको समयबद्धता, विधानको पालना, पुस्तान्तरणको बहस, र पार्टी रूपान्तरणको आवश्यकतालाई केन्द्रमा ल्याउने एक रणनीतिक कदमको रूपमा विश्लेषण गर्न सकिन्छ । उनको पृष्ठभूमि, तयारी, विधि-विधानप्रतिको प्रतिबद्धता र प्रस्तुत एजेन्डाले आगामी दिनमा पार्टीभित्र वैचारिक र सांगठनिक बहसलाई थप गहन बनाउने निश्चित छ । विशेष गरी, स्थापित गुटहरूसँग प्रत्यक्ष टकरावभन्दा मुद्दामा आधारित स्पष्ट अडान लिँदै, महरले महाधिवेशन लक्षित सम्भावित ‘मध्यमार्गी’ तर वैचारिक रूपमा स्पष्ट धारको आकर्षणको केन्द्र बन्ने प्रयास गरिरहेका छन्। यसले उनलाई परम्परागत ध्रुवीकरणभन्दा फरक, एक नयाँ र प्रभावकारी शक्तिको रूपमा स्थापित गर्दै चौतर्फी प्रभाव विस्तार गर्ने सम्भावना बढाएको छ।

    शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.