भरतपुर/आमा बच्चा स्वास्थ्य नेपालको आयोजना भरतपुर महानगरपालिका गै.स.स.स.तथा सा.प.शाखाको सहयोग, मनकामना अस्पतालको प्राविधिक सहयोग र नारायणी पब्लिक कलेजको समन्वयमा लागु औषध, धुम्रपान तथा मद्यपान र प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
आमा बच्चा स्वास्थ्यकी अध्यक्ष कविता खतिवडाको अध्यक्षतामा सम्पन्न सचेतना कार्यक्रममा डा.रवि गुरुङ र नर्सिङ अफिसर रोजिना पौडेलले लागु औषध, धुम्रपान तथा मद्यपान र प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतना विषयमा प्रशिक्षण दिनुभएको थियो ।
Advertisement





