• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सुनको मूल्य वृद्धिका कारणहरु र नेपाली सुन बजारमा परेको प्रभाव : टुलकप्रसाद विश्वकर्मा


  •   सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
  • Advertisement

    -टुलकप्रसाद विश्वकर्मा

    गएको तीन चार वर्षमा सुनको साविक मूल्यमा एक सय प्रतिशत भन्दाबढी मूल्य वृद्धि भई करिब दुई लाखको हाराहारी पुगिसकेको छ । यो दर अन्यन्त्रित ढंगले अझै बढ्ने क्रम जारी छ र बढ्दो दर कहाँनिर पुगेर स्थिर हुने हो कसैले अनुमान गर्न सक्ने अवस्था छैन्।

    मूल्य वृद्धिले विश्व सुनचाँदी बजारलाई पारेको प्रभावहरु देखिन थालेको छ। विशेषगरि सुनचाँदीको गरगहनाको व्यापार गर्ने दक्षिण एशियाली मुलुकहरु नराम्रो संग प्रभावित भइसकेको छ। त्यसमा पनि निम्न र मध्यम वर्गीय उपभोक्ताको वाहुल्यता भएको नेपाली बजार अहिले लगभग ठप्प प्रायः भइसकेको अवस्था छ। अन्त्य कस्तो हुन्छ थाहा छैन् तर अहिले पनि नेपाली सुनचाँदी क्षेत्र कोमामा पुगेको अवस्थामा छ भन्दा अत्युक्ति नहोला।

    कारण र तर्क थुप्रै होलान तर यतिबेला सुनचाँदीको यो हविगत पुग्नुको मुख्य कारण सुनचाँदीको मूल्यवृद्धि नै हो। सुनचाँदीको मूल्य यसरी दिन दुई गुना र रात चौगुना वृद्धि हुनुका मुख्य कारणहरू खोतलौ न त।

    विश्व बजारमा सुनको मूल्य वृद्धि हुनुका कारणहरु देहाय बमोजिम रहेका छन् ।
    १) व्यापार युद्ध (trade war) :  विगत एक दशक देखि महाशक्ति र शक्ति सम्पन्न राष्ट्रहरु बिच विश्व बजारमा कसले कति प्रभुत्व जमाउने भन्ने शीतयुद्ध चलिरहेको भएता पनि पछिल्लो चरणमा कर युद्ध (Tarrif war) मा परिणत भएको छ। यसको मुख्य नेतृत्व अमेरिकाले गरिरहेको छ भने प्रतिरोध र प्रतिरक्षामा पहिलो पंक्तिमा चीन छ। अमेरिकामा डोनाल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको चुनाव जिते संगै आफ्नो पहिलो कार्यकालमा  trade war लाई निरन्तरता दिने विज्ञहरुले गरेको अनुमान झैँ पुनः दोस्रो पटकको सत्तारोहण पछि सुरु गरेका छन्। उनले एकैसाथ ९० भन्दा बढी देशहरुबाट अमेरिकामा आयात गरिने वस्तुहरूमा भन्सार शुल्क (Tarrif) वृद्धि गरि १२५ प्रतिशत बनाएको थियो। व्यापक विरोधपछि अन्य देशहरुका लागि वृद्धि गरेको शुल्क ३ महिनाको लागि स्थगित गरेतापनि अर्को ठूलो निर्यातकर्ता देश चीन माथि लगाएको १२५ र विषादीयुक्त औषधीजन्य निर्यात गरेकाले धेरैको ज्यान जोखिममा परेको आरोपमा अतिरिक्त २० प्रतिशत थप गरि १४५ प्रतिशत भन्सार दर कायम राखेपछि बदलामा चीनले पनि अमेरिकाबाट आयात गरिने वस्तुहरूमा १२५ प्रतिशत भन्सार दर तोके पछि अमेरिकाले चीनले थप गरेको भन्सार घटाउन दबाब दिँदै केहि दिन पूर्व पुनः २४५ प्रतिशत पुर्याए पछि चीनले भन्सार दर वृद्धिको अंकगणितिय होडमा नलाग्ने भन्दै अमेरिकाको दबावको प्रतिरक्षा गर्न भन्दै अमेरिकामा स्मार्टफोन, विधुतीय सामाग्री र सुरक्षा क्षेत्रमा उपयोग हुने हातहतियार निमार्णका लागि अत्यावश्यक अर्ध चालक (Semiconductor materials) अति दुर्लभ धातुजन्य पदार्थहरु REE ( Rare earth elements) जसको चीनसंग ७० प्रतिशत भण्डारन छ, को निर्यातमा रोक लगाइएको छ। जसको कारण यतिबेला अमेरिकाले बल चीनको कोर्टमा रहेको र  चीनले अमेरिका माथि लगाएको भन्सार शुल्क बाट पछि हट्न दबाब सृजना गरेको छ भने चीन कुनै वार्ता र छलफलमा नबस्ने अड्डी लिएकाले विश्व बजार तरंगित भएको छ। यहि मुख्य कारणले विश्वभरका लगानीकर्ता र बैंकहरुले सुनमा लगानी बिस्तार गरेकाले सुनको मूल्य अन्यन्त्रित वृद्धि भएको हो र यो क्रम तुरुन्तै नरोकिने सुन विशेषज्ञहरुको प्रक्षेपण छ।

    २) डलर अवमूल्यन: अमेरिकाको अर्थतन्त्र कमजोर हुँदै गइरहेको र अमेरिकाको लगभग ३६ ट्रिलियन डलर भन्दा बढी ऋण पुगेको र उनिहरुको वार्षिक टोटल जिडिबि ले उक्त ऋणको ब्याज पनि तिर्न गाह्रो पर्ने स्थिती रहेको जानकारहरु बताउँछन् यो कारणले उनिहरुको डलरको भ्यालु पनि कमजोर हुँदै गइरहेकोले डलर प्रतिको विश्वसनियता पनि कम हुँदै गएकोले विश्वका ठुला लगानीकर्ताहरुले सुनमा लगानी बिस्तार गर्ने र बैंकहरुले डलरको संचतिकरण घटाउँदै लग्ने र त्यसको सट्टामा सुनको सँचिति र भण्डारण बढाउँदै लगेकाले सुनको माग बढ्न गइ विश्व बजारमा सुनको मूल्यमा अस्वभाविक बढोत्तरी भएको हो भने विश्लेषकहरुको धारणा छ।
    ३) आर्थिक मन्दी : कोरना कहरपछि उत्पन्न विश्वव्यापी आर्थिक मन्दीसंगै समग्र विश्व अर्थतन्त्रमा ठुलो असर परे संगै विश्व अर्थतन्त्रलाई चलायमान बनाइराख्ने शेयर बजार, रियलस्टेट, बीटक्वाइन लगायतका क्षेत्रहरू ठुलो गिरावट आएपछि विश्वासिलो र सुरक्षित लगानीको क्षेत्र सुनचाँदी भएकोले ठुला लगानीकर्ताहरुले सुनचाँदीमा लगानी बढाएकाले पनि सिन्को मूल्य वृद्धि हुनुको एउटा कारण बनेको सुन विश्लेषकहरुको धारणा छ।

    ४) युद्ध: विगत केहि बर्ष देखि इन्धन उत्पादनमा दखल भएका  राष्ट्रहरु इजरायल र हमास तथा रुस र युक्रेन बीच चलिरहेको लामो युद्धको कारणले पनि विश्व अर्थतन्त्रमा अस्थिरता  बढेको र सुनचाँदी लगायतका धातुजन्य वस्तुहरूको उत्पादन र यातायात लागत बढ्ने भएकोले पनि सुनचाँदीको मूल्य वृद्धि आएको भन्ने धारणा छ।

    के सुनको मूल्यमा गिरावट आउँला त ?
    उपर्युक्त कारणहरुले सुनचाँदीको मूल्य वृद्धि नरोकिएको भएतापनि स्विस बैंक, फ्रान्स, जर्मन, रुस ,जापान र विश्व बैंक लगायतले बिभिन्न समयमा गरेका अनुमान र भविष्यवाणीलाई आधार बनाएर भारतीय संचार माध्यमहरुले यो सुनको हालको वृद्धिदर सन् २०२५ को अन्त्य वा २०२६ को मध्यसम्म कायम रहेपनि तत्पश्चात घट्दै हालको दरमा ४० प्रतिशतले गिरावट आइ पुग्ने र नेपाली बजारमा प्रतितोला एक लाख वरिपरि सम्म आइपुग्ने प्रक्षेपण गरेका छन् । कारणहरु छन् विश्वमा सुन धेरै भण्डारण गर्ने देश मध्ये एक अमेरिका पनि भएकोले आफ्नो विग्रेको आर्थिक व्यवस्था मिलाउन आफ्ना सुनहरु विक्रीका लागि बजारमा ल्याउने र बजारमा सुनको मात्रा बढी हुनगई सुनको मूल्यमा भारी गिरावट आउने बताएको छ भने अर्को छ अमेरिका र चीनबीचको यो ट्रेड टसल लामो समय नजाने र सन २०१८ मा जस्तै चीन वार्तामा आउने र हालको समस्याहरु समाधान भइ फेरि सबै सामान्य हुने र संगै सुनको अत्याधिक वृद्धि पनि घट्ने धारणा राख्दै भरोसा दिलाएको छ। कामना गरौं यस्तै होस्।

    अन्त्यमा, यो स्थितिमा हामी व्यवसायी र हाम्रा संघ संस्थाहरूले केहि गर्न नसक्ने भए पनि गर्न सक्ने चाहि कम तौलका हलुका , २४ क्यारेट भन्दा अन्य क्यारेटका र कम लागत र प्रविधिको प्रयोग गरेका गरगहनाहरु उत्पादन बढाई उपभोक्ताको सुन प्रतिको आकर्षण र मोह र लगाव कायम राख्ने गरि व्यवसाय जोगाउ अभियानमा लाग्नुपर्दछ।  जय सुनचाँदी ।

    (लेखक नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव हुनुहुन्छ।)

    सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.