भरतपुर/चितवन उद्योग संघ, युवा उद्यमी मञ्चको आयोजनामा चितवन उद्योग संघ, औद्योगिक पाठशाला कक्षमा “मैले जानेका कुरा २.०” कार्यक्रम सम्पन् भएको छ।
कार्यक्रमको अध्यक्षता चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष आश्विन गोलेले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवातमा चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका निर्देशक भरत दवाढीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा युवा उद्यमी श्री आशिष भण्डारीले “How Brand Identity Changes the People’s Perspective” विषयमा प्रस्तुति दिनुभएको थियो। उहाँले विशेषगरी ब्रान्ड डिजाइनिङ र लोगोमा रङको प्रभावका बारेमा प्रकाश पार्नुभयो। त्यस्तै, अर्का युवा उद्यमी तथा चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका निवर्तमान अध्यक्ष सुरेन्द्र कार्कीले “युवा अवस्थामा पढ्नैपर्ने ५ पुस्तक” विषयमा आफ्नो प्रस्तुति दिनुभयो। उहाँले डा. रोबर्ट बी. सियाल्डिनीको पुस्तक “The Psychology of Persuasion” को सारांश प्रस्तुत गर्नुका साथै अन्य पुस्तकहरू— “The E-Myth Revisited” by Michael E. Gerber, “Deep Work” by Cal Newport, “Anne Frank: The Diary of a Young Girl”, “The Lord of the Rings”, र “The Lean Startup” by Eric Ries— सिफारिस गर्नुभयो।
कार्यक्रममा सहभागी युवा उद्यमीहरूले प्रस्तुतकर्ताहरूसँग ब्रान्डिङ, लोगो डिजाइन, र पुस्तकहरूबाट प्राप्त ज्ञानलाई व्यवसायमा कसरी उपयोग गर्ने भन्ने विषयमा जिज्ञासा राखेका थिए। सहभागीहरूको जिज्ञासालाई प्रस्तुतकर्ताहरूले प्रस्ट्याउनु भएको थियो ।
कार्यक्रमको सञ्चालन चितवन उद्योग संघ, युवा उद्यमी संगिन सापकोटाले गर्नुभएको थियो । करिब २५ जना युवा उद्यमीहरुको उपस्थिति रहेको कार्यक्रमका प्रमुख अतिथि गजेन्द्र अधिकारीले आफ्नो अनुभव सहितको मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको समापन कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका चितवन उद्योग संघ, युवा उद्यमी मञ्चका अध्यक्ष अश्विन गोलेले धन्यवाद मन्तव्यसहित गर्नुभएको थियो।





