चितवन/राष्ट्रिय युवा संघ नेपाल भरतपुर २५ को अध्यक्षमा सागर थापा चयन भएका छन् । संघको वडा अधिवेशनले सर्वसम्मतबाट २५ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा महेन्द्र गहतराज, सचिवमा युकेश रेग्मी, उपसचिवमा विशाल पुन र कोषाध्यक्षमा शर्मिला क्षेत्री चयन भएका छन् ।
Advertisement
अधिवेशनमा युवा संघका केन्द्रीय सदस्य अविरल पोखरेल, एमाले चितवनका जिल्ला कमिटी सदस्य सुदिप रेग्मी, एमालेका वडा नम्बर २५ का इन्चार्ज माधव आचार्य, युवा संघका प्रदेश कमिटी सदस्य कृष्ण प्रसाद अधिकारी, युवा संघ चितवनका उपाध्यक्ष सन्तोष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।




