गस्तिको क्रममा इलाका प्रहरी कार्यालयले गैडाकोट २ बस्ने बर्ष २७ का जयन्द्र शाही, सोही ठाउँका २५ वर्षीय सुरज खतिवडा र वडा नं. १ वस्ने वर्ष २६ का किशोर पौडेललाई पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिहरुको शरीर खानतलासी गर्दा जयन्द्र शाहिको साथ बाट डाईजेपाम २३ एम्पुल, फेनारगन २३ एम्पुल, नुफिन २३ एम्पुल गरी जम्मा ६९ एम्पुल र किसोर पौडेलको साथ बाट डाईजेपाम २ एम्पुल,फेनारगन २ एम्पुल र नुफिन २ एम्पुल गरी जम्मा ६ एम्पुल समेत गरी डाईजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल, नुफिन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागु औषध बरामद गरि ती व्यक्तीहरुलाई पक्राउ गरिएको थियो ।

उनीहरुलाई भदौ २० गतेदेखि लागु हुने गरी हिजो सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन वहादुर खाँणले जानकारी दिनुभयो ।