• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चालु आवको ९ महिनमा ९३ वटा आगलागीका घटना नियन्त्रणमा


  •   बुधबार, चैत २७, २०८१ मा प्रकाशित
  • आशिष अधिकारी

    Advertisement

    भरतपुर/हिउद लागेसगै बनजगंलमा लाग्ने आगलागी र डढेलोको प्रकोप दिनप्रतिदिन बढदो क्रममा रहेको छ । सुक्खा खडेरी र प्रतिकुल मौसमका कारण आगलागीका घटना बढदै गएको देखिन्छ । हिउँदबाट सुरु भएको आगलागी वर्षायाम सुरु नहुन्जेलसम्म चलिरहन्छ ।

    चितनवको भरतपुर महानगरपालिकाले आगलागीका घटना हुन नदिन र यसबाट बच्न र बचाउन भन्दै सजगता अपनाएको छ । महानगरपालिकाले अहिले दुइ स्थानबाट आगलागी नियन्त्रणको प्रयास गर्दै आइरहेको छ । महानगरपालिकामा रहेका दमकलको सहायताबाट चालु आर्थिक बर्षको साउन देखि हालसम्म अर्थात चैत २७ गतेसम्म ९३ वटा आगलागीका घटनाहरुलाइ नियन्त्रणमा लिएको जनाएको छ । जस अन्तर्गत महानगरबाट ६७ वटा र वडा नं २० चनौलीमा रहेको बरुणयन्त्रको सहायताबाट २६ वटा आगलागीका घटनाहरुलाइ नियन्त्रणमा लिएर काम गरिसकेको छ । महानगरले अहिले तिन वटा दमकल परिचालन गरिरहेको छ ।

    विपद् व्यवस्थापन शाखा प्रमुख बालकृष्ण थपलियाले गर्मीयामको समयमा हुन सक्ने आगलागीमा उद्दार, राहत तथा व्यवस्थापन कार्य सम्बन्धि सचेतनाका लागि कृत्रिम घटनाका अभ्यासहरु मार्फत आमनागरिकलाइ सचेत बनाइएको बताए । अधिकृत थपलियाका अनुसार अभ्यासमा आगलागीको अवस्थामा घरहरुबाट घाईतेहरुको उद्धार गर्ने अभ्यास, अग्नि नियन्त्रणद्धारा अगलागी नियन्त्रण अभ्यास, ग्यास सिलिण्डरबाट हुने आगलागी तथा जोखिम नियन्त्रणको डेमोस्ट्रेशन तथा हुन सक्ने क्षति र त्यसको त्रासबाट मुक्त गराउनको लागि सुरक्षात्मक उपायहरु अपनाउने तरिकाको नमुना अभ्यास गरिएको छ ।

    भुकम्प, बाढी पहिरो, आगलागी जस्ता विपदमा सिमित स्रोत साधानका वावजुद पनि पिडितको उद्वार, राहत तथा अस्थायी आवास निर्माण कार्यमा भुमिका निभाउदै आएको र आगामी दिनमा पनि विपद पिडितहरुको उद्वार विपद जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा महानगर रहेको थपलियाको भनाइ छ ।

    उनले आगलागीजन्य घटना तथा विभिन्न स्थानमा सिलिन्डर ग्यासमा आगलागी हुने घटना भइरहेकाले यसबाट सुरक्षित रहने उपायहरूको बारेमा सबै जना सचेत हुन आवश्यक रहेको पनि बताए ।

    महानगरका बरुणयन्त्र अधिकृत देवेन्द्र राज रेग्मीले साना ठूला सबै आगलागीका घटनाहरुमा महानगर सगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्णमा ल्याउने गरिएको बताए । कहीँ कतै आगलागी हुने बित्तिकै बरुणयन्त्र शाखाको हटलाइन नम्बरमा फोन आउँछ अधिकृत रेग्मीले भने अनि महानगरका सबै साधन स्रोत र जनशक्ति हामीले परिचालन गर्छौ ।

    बदलिदो मौसमको कारण हुन सक्ने आगलागीको घटनालाई मध्येनजर गरी बिपद् पूर्व तयारी अनुरुप सरोकारवाला निकायहरुको समन्वयमा महानगरपालिकाले काम गर्दै आइरहेको छ ।

     

    नेपालमा आगलागीमा परेर बर्षेनी सयौंको संख्यामा मानिसहरुको ज्यान जाने गरेको र झन्डै दुइ अर्व रुपैयाँ भन्दा धेरैको भौतिक क्षति हुने गरेको गृह मन्त्रालयको तथ्याकंमा उल्लेख छ । बर्षेनी डढेलोको कारण हजारौं हेक्टर बनक्षेत्र बिनास समेत हुने गरेको मन्त्रालयको तथ्याकंले देखाउछ ।

    अक्सिजन र इन्धनसगँ घर्षण वा ताप मिसिँदा हुने रासायनिक प्रतिक्रयाबाट उत्पन्न हुने तापिय शक्ति नै आगो हो ।

    नेपाल आगलागी जोखिमको हिसाले उच्च जोखिममा छ । विश्वव्यापी जलवायु जोखिम सूचकांकका अनुसार नेपाल आगलगी जोखिमको हिसाबले विश्वको तेस्रो, भुकम्पीय जोखिमको हिसाबले ११ औँ र बाढि पाहिरोको हिसाबले ३० औँ स्थानमा छ ।

    वर्षेनी हुने शितलहर, आगलागी, अतिबृष्टि, अनावृष्टि, हिमपातलगायतको कारणले सयौँको ज्यान जाने गरेको छ ।

    बुधबार, चैत २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.