• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

हाम्रो फूड फेस्टिभलले नेपाली खानालाई विश्व बजारमा लोकप्रिय बनाउनका लागि मार्गप्रशस्त गर्नेछ : महासचिव भट्ट


  •   शनिबार, चैत २३, २०८१ मा प्रकाशित
  • नेपालको मौलिक खानाको विविधता, सांस्कृतिक धरोहर, र परम्परागत स्वादलाई विश्वसामु चिनाउने उद्देश्यले आउँदो वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी मार्गमा पहिलो अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ.

    Advertisement

    नेपाल तथा विदेशमा कार्यरत नेपाली सेफहरूको समन्वयमा नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त पहलमा हुन लागेको यस ऐतिहासिक फेस्टिभलका विविध पक्षबारे अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव श्री गिरिराज भट्टसँग गरिएको विशेष संवाद.

    यहाँहरुले संस्थागत रुपमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल गर्दै हुनुहुन्छ। यसको मूल भावना र उद्देश्य के हो ?

    यस फेस्टिभलको मूल उद्देश्य नेपाली खानाको मौलिकता जोगाउँदै यसको अन्तर्राष्ट्रियकरण गर्नु हो। विश्वभर रहेका नेपाली सेफहरूलाई एकै थलोमा ल्याएर अनुभव, सीप, र प्रविधिको आदानप्रदान गराउँदै नेपाली खानालाई ग्लोबल ब्राण्डका रूपमा स्थापित गर्नु नै हाम्रो प्रमुख लक्ष्य हो। साथै, हामी पाककला पर्यटनको प्रवर्द्धनमार्फत नेपालको आर्थिक र सांस्कृतिक पहिचानलाई सशक्त बनाउने प्रयासमा छौं।

    फेस्टिभलमा सहभागी हुने सेफहरूको पृष्ठभूमि कस्तो छ र कति देशका सेफहरूले सहभागिता जनाउँदैछन् ?

    अहिलेसम्मको तयारीअनुसार करिब ३६ देशका नेपाली सेफहरू सहभागी हुनेछन्। सेफहरू जापान, अमेरिका, अस्ट्रेलिया, बेलायत, कोरिया, मलेसिया लगायतका मुलुकहरूबाट आउने क्रम सुरु भएको छ। प्रवासी नेपाली सेफहरुको आगमनले हामीलाई उत्साहित बनाएको छ । फुड फेस्टिभलको मंचमा सेफसहित संबन्धित व्यक्तिहरूले आफ्ना अनुभव साट्ने, अन्तर्राष्ट्रिय भान्सामा नेपाली खानाको प्रयोगबारे चर्चा गर्ने र विभिन्न नयाँ परिकारहरू प्रदर्शन गर्नेछन्। उनीहरूको योगदानले नेपाली खानालाई विश्व बजारमा लोकप्रिय बनाउनका लागि मार्गप्रशस्त गर्नेछ।

    अहिले नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन कस्ता चुनौतीहरू छन् ?

    नेपाली खानाको सही ब्रान्डिङ र बजार व्यवस्थापनमा अहिले पनि ठूलो अभाव छ। हामीसँग स्वादमा गहिरो परम्परा छ, तर आधुनिक प्रविधिसँग मेल खाने शैली र प्रस्तुतीकरणमा अझै सुधारको खाँचो छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नेपाली खानालाई व्यावसायिक रूपमा प्रस्तुत गर्न आवश्यक छ। साथै, खाद्य सामग्रीको गुणस्तर, निर्यात नीतिमा सुधार, र अन्तर्राष्ट्रिय प्रमाणीकरण प्राप्त गर्ने प्रक्रियामा पनि चुनौती छन्।

    फेस्टिभलमा सहभागीहरूका लागि विशेष आकर्षणहरू के रहनेछन् ?

    फेस्टिभलमा करिब ४० स्टलहरू रहनेछन् जहाँ परम्परागत रैथाने परिकारदेखि आधुनिक नेपाली परिकारहरूको प्रदर्शनी हुनेछ। ‘नेपाली सेफ अवार्ड’ वितरण, विशिष्ट सम्मान, सांस्कृतिक झाँकी प्रदर्शन, इन्टरकलेज फुड कम्पिटिसन , अन्तर्राष्ट्रिय सेफ सम्मेलन लगायतका गतिविधिहरूले कार्यक्रममा विविधता ल्याउनेछन्। यी सबै आकर्षणले यस फेस्टिभललाई सम्पूर्ण पाककला उत्सव बनाउनेछ।

    इन्टरकलेज फुड कम्पिटिसनबारे पनि केही जानकारी गराईदिनुस न ?

    फेस्टिभल अन्तर्गत आगामी ४ वैशाख २०८२ मा ‘एकेडेमी अफ कलिनरी आर्ट्स’, लगनखेलमा इन्टरकलेज कुकिंग कम्पिटिसन आयोजना हुनेछ। यो प्रतियोगिता युवा सेफहरूका लागि ठूलो प्लेटफर्म हुनेछ। यसका लागि कलेजहरुलाई सहभागी हुन आव्हान गरिसकिएको छ । आवेदन दिने क्रम जारी छ । हामी विजेता टोलीलाई इनाम स्वरुप प्रथम पुरस्कार रू। १ लाख, दोस्रोलाई रू। ७५ हजार र तेस्रोलाई रू। ५० हजार नगद, मेडल, ट्रफी, र प्रमाणपत्र प्रदान गर्नेछौं। यसले युवा प्रतिभालाई प्रोत्साहन गर्नेछ।

    अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले पर्यटन प्रवर्द्धनमा कस्तो भूमिका खेल्न सक्छ ?

    खाना केवल पेट भर्ने कुरा होइन, यो अनुभव हो। नेपालमा आउने पर्यटकहरू नेपाली खानाको स्वाद लिएर जान चाहन्छन्। हामी नेपाली खानालाई फुड टुरिजमको रूपमा प्रवर्द्धन गर्दै नेपाललाई ग्लोबल नेप्लिज फुड आइन्ड टुरिजम को रूपमा ब्राण्डिङ गर्दैछौं। सेफ सोसाइटीमार्फत हामी अन्तर्राष्ट्रिय रेस्ट्रोरेन्टमा नेपाली परिकार समावेश गराउने, नेपाली स्वादको प्रामाणिकता कायम राख्ने, र अन्तर्राष्ट्रिय पाक सम्मेलनहरूमा सहभागिता जनाउने योजनामा छौं।

    केन्द्रीय अधिवेशनको तयारी कसरी हुँदैछरु कस्ता रणनीतिक निर्णयहरू अपेक्षित छन् ?

    फेस्टिभलसँगै पहिलो केन्द्रीय अधिवेशन पनि आयोजना हुँदैछ। यस अधिवेशनमा नयाँ कार्यसमिति चयन हुनेछ र आगामी वर्षको नीति तथा कार्यक्रमहरू तय गरिनेछन्। विशेष गरी सेफहरूको हकहित सुनिश्चित गर्ने, प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने, नेपाली खानाको स्तर उन्नति गर्ने, र अन्तर्राष्ट्रिय नेटवर्क विस्तारका योजना बनाइनेछ।

    अन्त्यमा, नेपाली सेफहरूलाई तपाईंको सन्देश के छ ?

    नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धन एक साझा प्रयास हो। हामी सबै सेफहरूले आफ्नो सीप क्षेमता रचनात्मकता, र बौद्धिकता प्रयोग गरेर यो अभियानलाई सफल बनाउनुपर्छ। नेपाली स्वादलाई विश्वभर पुर्‍याउन अब हामी पछि हट्ने होइन, सँगै एकीकृत भई अझ अघि बढ्ने बेला हो। म सबै अभियन्ता सेफहरूलाई यो अभियानमा सक्रिय सहभागिता जनाउन हार्दिक आह्वान गर्न चाहन्छु।

    शनिबार, चैत २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.