चितवन जिल्ला खेलकुद बिकास समितीको आयोजानामा संचालित “आधारभुत भलिबल प्रशिक्षक प्रशिक्षण कार्यक्रम २०८१” को समापन गरिएको छ । रा. खे. प. खेल बिज्ञ शिबराम भट्ट तथा भलिबल प्रशिक्षण जगदिश भट्ट ज्युले नेपाल भरी बाट सहभागी ४५ जना भलिबल प्रशिक्षकलाई प्रशिक्षण दिनु भएको थियो । समापन कार्यक्रममा जिल्ला खेलकुद बिकास समिती अध्यक्ष राजन कार्की, सेन्ट्रल कलेजका प्रमुख यज्ञ बिलास पौडेल, कार्यलय प्रमुख रामजी ढकाल, खेलकुद बिकास समितिका सदस्य छवि तिमिल्सिना, राष्ट्रिय कराते रेफ्री बौद्ध लामाको उपस्तिथि रहेको थियो । यस कार्यक्रमले भलिबलको खेल बिकास र बिस्तारमा महत्वपुर्ण भुमिका खेलको बिश्वास लिएका छौ।
Advertisement





