• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

सुदृढ गणतन्त्र र संविधानको रक्षाका लागि चितवनमा एमालेको जागरण सभा

  •   सोमबार, चैत १८, २०८१ मा प्रकाशित
  • चितवन/सुदृढ गणतन्त्र र संविधानको रक्षाका लागि नेकपा (एमाले) चितवनले जिल्लामा जागरण सभा गरेको छ । ‘प्रतिगामी चलखेललाई परास्त गरौं । लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं’ भन्ने मुल नाराका साथ भरतपुरको गेष्ट हाउस चौरबाट र्याली सुरु गरी अस्पताल रोड हुँदै चौबीसकोठीमा पुगेर जागरण सभा गरिएको थियो । र्यालीमा गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिँसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौं, नेकपा (एमाले) जिन्दावाद, दाश र रैती बन्न मञ्जुर छैन, हत्यारालाई कारबाही गर, शान्ति सुव्यवस्था कायम गर, सामाजिक अराजकता मुर्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद लगायतका नारा लगाइएको थियो ।

    Advertisement

    सभामा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले राजा आए भने देशमा के हुन्छ भन्ने कुरा काठमाडौंको तिनकुनेमा राजावादीले गरेको हर्कतबाट प्रष्ट भइसकेको बताए । उनले भने, ‘निजी घरमा आगजनी गर्दा रहेछन्, पत्रकारलाई जलाउँदा रहेछन्, सञ्चारमाध्यममा तोडफोड गर्दा रहेछन्, राजनीतिक दलका कार्यालयमा आगजनी र तोफोड गर्दा रहेछन्, राजतन्त्रको चरित्र के हो भनेर उनीहरुले देखाइसकेका छन् ।’ अब यस्तो राजतन्त्र पुनः फर्काउँछु भन्नेहरु पागलहरुको जमात हो भनेर सबैले बुझ्नुपर्ने उनको भनाइ छ ।

    हिजो राजतन्त्र हुँदा ५४ प्रतिशत नागरिक गरिबीको रेखा मुनि रहेको बताउँदै उनले अहिले त्यो तथ्यांक १५ प्रतिशतमा झरिसकेको बताए । राजतन्त्रका पालामा बिजुली ८ प्रतिशतले पनि बाल्न पाउँथेनन् भन्दै नेता ज्ञवालीले अहिले ९५ प्रतिशतको घरमा बिजुली पुगेको बताए । ३७ प्रतिशत साक्षरता दरबाट अहिले ७६ प्रतिशत साक्षरता दर पुगेको उनले बताए । राजाको पालामा प्रतिव्यक्ति आय १८५ डलर रहेको बताउँदै उनले अहिले १४१० डलर पुगेको बताए । राजतन्त्रका बेलामा ७ हजार किलोमिटर पनि बाटो पिच नभएको बताउँदै उनले अहिले एक लाख ३१ हजार किलोमिटर बाटो पिच भएको बताए । नेता ज्ञवालीले गणतन्त्र आएपछि यस्ता थुप्रै सकरात्मक परिवर्तन भएको बताउँदै यस व्यवस्थाप्रति निराश नहुन आग्रह गरेका छन् । समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियान जारी रहेको बताउँदै नेता ज्ञवालीले भने ‘देश बन्दै छ ।’

    एमाले केन्द्रीय सदस्य एवम् बागमती प्रदेश एमाले संसदीय दलका नेता जेएन थपलियाले नेपाली जनताहरुले अब निरंकुशता नचाहने बताए । उनले जब जब नेकपा (एमाले) ले देशमा नेतृत्व गरी विकासको लहर ल्याउन खोज्छ तब तब देशमा यो वा त्यो बाहनामा विकासको लहरलाई रोक्न असन्तुष्टि पैदा गराउने तत्वहरु सक्रिय हुने गरेको बताए । अहिले राजावादीहरुले यसो गरिरहेको उनको भनाइ छ । एमाले चितवनका अध्यक्ष कमलराज पाठकले जनताको ठूलो बलिदानीपूर्ण आन्दोलनबाट यो व्यवस्था ल्याइएको बताउँदै यसलाई कसैले त्यति सहजै फर्काउने सपना नदेख्न चेतावनी दिए ।

    सोमबार, चैत १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.