• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चितवनमा महिला मोटर र्‍याली हुने


  •   सोमबार, चैत १८, २०८१ मा प्रकाशित
  • चितवन/ चितवनका पर्यटकीय क्षेत्रहरूमा पहिलोपटक महिला मोटर र्‍याली हुनेभएको छ। बागमती प्रदेश अटोमोवाइल्स संघले आगामी चैत २५ गते चितवनको विभिन्न पर्यटकीय क्षेत्रहरुलाई जोड्दै भरतपुर – मेघौली – गोलाघाट – जगतपुर – पटिहानी – सौराहमा महिला मोटर र्याली गर्न लागेको हो । आयोजकले आज रत्ननगरको सौराहमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । महिलाहरुलाई साहसिक क्षेत्रमा पनि अग्र स्थान दिनको लागि प्रतियोगिता गर्न लागिएको बागमती प्रदेश अटोमोवाइल्स संघका अध्यक्ष एवं कार्यक्रम संयोजक राजन पियाले जानकारी दिनुभयो । उहाका अनुसार यस र्यालीको ड्राइभ टुरिजम, महिला सशक्तिकरण तथा साहसिक  खेलकुदमा प्रवेश गर्ने पनि उद्देश्य रहेको छ।

    Advertisement

    समय, दुरि र गतिमा (टिडिएस)मा आधारित र्यालीमा सहभागी ड्राइभरहरूले तोकिएको रुटमा तोकिएको गति भित्र रहेर तोकिएको चेक–पोइन्ट पार गर्दै समयभित्र यात्रा सम्पन्न गर्नुपर्ने छ। मोटर रेसिंगको सर्ट सर्किट विधा स्पेशल स्टेज छोटो र साँगुरो अस्थाई सर्किट डिजाइन गरि कलात्मक हिसावले तयार गरिने छ। जहाँ ड्राइभरहरूले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्ने पाउनेछन्।

    कार्यक्रममा ड्राइभर, नेभिगेटर, मार्शन, मेकानिक, मेडिकल र अन्य अपिसियल गरि १०० जनाको सहभागीता रहनेछ । आगामी चैत्र २५ गते विहान ७ बजे देखि शुरुवात गरिने उक्त कार्यक्रममा प्रतियोगीत विजेतालाई शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै स्पेसल स्टेजमा उत्कृट २ जनालाई अन्तराष्ट्रिय खेलमा सहभागिताको अवसर प्रदान गरिने छ । नेपाल भरिका कुनै पनि स्थानका इच्ङ्गक महिला ड्राइभरहरुले अनलाइन मार्फत नाम दर्ता गर्ने सक्ने भए पनि नासा नेपालको स्पोर्टस् लाइसेन्स लिएको भने हुनुपर्ने भनीएको छ। कार्यक्रममा सवै किसिमका कार तथा जिपले भाग लिन पाउनेछन् भने प्रतियोगितामा महिलाहरुमात्र सहभागी हुन पाउनेछन । भरतपुरको नारायणी नदीतिर स्थित चितवन उद्योग वाणीज्य संघ छेउबाट प्रतियोगिताको शुरुवात गर्ने आयोजकले बताएको छ ।

    अध्यक्ष पियाका अनुसार प्रतियोगितामा सहभागीले दर्ता शुल्क वाफत १ हजार बुझाउनुपर्नेछ भने चितवन बाहिरबाट आउने सहभागिलाई १ रातको आवास व्यवस्था सामेत गरिने छ। साथै सुरुवात मै  सहभागिको लागि खेलकुद विमा, रेमिङ्ग तथा रोड सेफ्टीको ओरीन्टेसन गरिनेछ । महिलाको मोटर प्रतियोगिताका लागि करिव ११ लाख ६० हजार कुल लागत अनुमान गरिएको छ। प्रतियोगितामा उद्यमी, व्यवसायी तथा दर्ता शुल्क मार्फत बजेट व्यवस्थापन गरिने भनिएको छ । साथै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोवाल्स डिनर एसोसिएशन, बागमती खेलकुद विकास परिषद, राष्ट्रिय खेलकुद परिषद, रेवान सौरहा सहयोगी संस्थाको रुपमा रहनेछन् । उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण टेलिभिजनबाट गरिने छ ।

    पछिल्लो समय नेपाल र विश्वकै अत्यन्तै साहसिक र पृथक पहिचान बोकेको मोटर स्पोर्टसको विधा स्पेशल स्टेज सहितको समय, दुरि र गति (टिडिएस)मा आधारित र्याली पनि हो। विगत एक दशक देखि नेपालमा र चितवनमा समेत प्रिय हुदै आएको मोटर स्पोट्सको कैयौ इभेन्ट चितवनमा पनी सम्पन्न भइरहका छन् । नेपाल अटोमोवाइल्स एसोसिएसनका अन्तर्राष्ट्रिय तालिम मार्शलहरु ओरियन्टेसन गर्ने साथै निर्णायक समेत हुनेछन् । प्रतियोगितामा इच्छुक महिला ड्राइभरहरुले अनलाइन मार्फत फारम भर्न सक्नेछन्, हालसम्म १२ जना महिलाले आफ्नो स्थान सुरक्षित गरिसकेको आयोजकले बताएको छ।

    सोमबार, चैत १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.