भरतपुर/जिल्ला सहकारी संघको आयोजनामा मर्यादित सहकारी निर्माणमा संध संस्थाको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ६७ औँ सहकारी दिवसको अवसरमा गरिएको ५ दिने सहकारी मेला अन्तर्गत आासहकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएका हो। जिल्ला सहकारी संघका अध्यक्ष भक्तिराम अधिकारीको अध्यक्षतामा सो कार्यकम गरिएको छ।
अन्तरक्रिया कार्यक्रममा प्रारम्भिक सहकारी संघका अध्यक्ष, लेखा सुपरिवेक्षण समितिका संयोजक र बचत तथा ऋण उपसमितिका संयोजक र व्यवस्थापकहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजकर्ताका रुपमा केशव पोख्रेल हुनुहुन्थ्यो भने कार्यक्रमको सन्चालन जिल्ला सहकारी संघका सचिव सरदकुमार बर्तौताले गर्नुभएको थियो। मेलाको पहिलो दिन हिजो समुद्धाटन कार्यक्रम, आज १७ गते सहकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ भने भोलि १८ गते सहकारी सम्बन्धि हाजिरीजवाफ प्रतियोगीता तथा रक्तदान कार्यक्रम, १९ गते सहकारी सम्बन्धि सहकारी गित प्रतियोगिता र २० गते समापन कार्यक्रम रहेको छ।




