चितवन/चितवनमा हुने भव्य सांगीतिक कन्सर्टको तयारी तिब्र छ।आउने नयाँ वर्षको अवसरमा हुने साङ्गित्तीक कन्सर्टले भरतपुरस्थित नारायणी किनार गुञ्जायमान हुँदैछ । नेपाली नयाँ वर्षको स्वागत गर्दै यस वर्षको अन्तिम दिनमा हुने भव्य सांगीतिक कन्सर्टले नारायणी किनार गुन्जीन लागेको हो। सङ्गीतमार्फत सन्देश र मनोरन्जन एकसाथ दिने उद्देश्यले भव्य सांगीतिक कन्सर्ट आयोजना गरिएको एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले जनाएको छ। आयोजकका अनुसार कन्सर्टमा युवाहरुमाझ लोकप्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ।साथै नेपालकै चर्चित ब्याण्डहरुले समेत विशेष प्रस्तुति दिने आयोजकको भनाई छ।
कन्सर्टमा मन्त्र ब्याण्ड , द एक्स ब्यान्ड , कुटुम्ब ब्यान्ड , समिर श्रेस्ठ एन्ड गुड ब्वाईज र केहर एन्ड जोय को भब्य साङ्गीतिक प्रस्तुति रहनेछ। एस डी ईभेन्ट्स एंड म्यानेजमेन्टले आउने नेपाली नयाँ वर्षमा मिसन रेड न्यू ईएर इभ कन्सर्ट गर्न लागेको हो। कन्सर्टमा हजारौं दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।कन्सर्टको तयारी तिब्र रुपमा भइरहेको समेत आयोजकले जनाएको छ।




