• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चितवनमा सुदृढ गणतन्त्रका विषयमा अन्तर सम्वाद : पूर्व राजालाई पनि गणतन्त्रप्रति आकर्षित गराउनुपर्नेमा जोड


  •   शनिबार, चैत १६, २०८१ मा प्रकाशित
  • चितवन/चितवनमा सुदृढ गणतन्त्र र संविधानको रक्षा विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न गरिएको छ । ‘प्रतिगामी चलखेललाई परास्त गरौं । लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं ।’ भन्ने मुल नाराका साथ नेकपा एमाले चितवनको आयोजनामा सम्पन्न अन्तरसंवादमा वक्ताहरुले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । चितवनमा सक्रिय राजनीतिक दल र नागरिक समाजको उपस्थितिमा सम्पन्न अन्तरसंवाद कार्यक्रममा वक्ताहरुले लोकतन्त्र भित्र देखिएका कमजोरीमा टेकेर राजावादीहरु सलबलाउन थालेको बताए ।

    Advertisement

    नेकपा एमालेका केन्द्रीय सदस्य जेएन थपलियाले लोकतन्त्रमा देखिएका कमजोरीलाई टेकेर बेलाबेलामा राजतन्त्र बिउँझन खोज्नु विश्व इतिहासमै रहेको बताए । गणतन्त्रलाई सुदृढ बनाउन मुलुकमा राजनीतिक स्थिरता ल्याउनुपर्नेमा जोड दिँदै नेता थपलियाले अब राजनैतिक दलहरुले राजनैतिक स्थायीत्व खोज्नुपर्ने बताए । राजावादीहरुले राजेनैतिक दललाई पुनः एक ठाउँमा ल्याउने अवसर समेत जुराइदिएको बताउँदै नेता थपलियाले तिमीहरु सच्चेनौं भने हामी आउँछौ भनेर राजावादीले दलहरुलाई देखाउन खोजेको उनले बताए ।

    नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले लोकतन्त्रिक व्यवस्था सञ्चालनमा केही कमजोरी पक्कै भएको बताउँदै उनले भने, ‘कमजोरीलाई सुधार्ने हो, व्यवस्था फेर्ने हैन ।’ नेपालका राजनीतिक दलहरुले लडेर लेराएका व्यवस्थामाथि कसैले ढुंगा हान्न खोज्छ भने त्यसको सबै मिलरे शसक्त प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए । नेकपा माओवादी केन्द्र चितवनका सचिव द्रोण शिवाकोटीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नसक्दा राजावादीले विरोध गर्ने ठाउँ पाएको बताए । उनले भने, ‘हामी लोकतान्त्रिक गणतान्त्रिक चरित्रका भएनौं । हामीमा राजतन्त्रको प्रभाव पर्याे ।’

    राजनीतिक दलका कार्यक्रममा युवा पुस्ता नेखिनु पनि अहिले समस्या भएको उनले बताए । विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई गणतन्त्रका बारेमा शिक्षा दिन नसक्नु कमजोरी भएको बताउँदै उनले यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।

    नेकपा (एमाले) चितवनका अध्यक्ष कमलराज पाठकले एउटा दलले अर्काे दललाई जथाभावी गाली गर्दा सबै दल गलत हुन भन्ने भाष्य समाजमा गएको बताए । उनले भने, ‘जसले गर्दा राजतन्त्र कस्तो थियो भन्ने थाहा नभाएका पुस्ता अहिले राजतन्त्र नै ठिक थियो की भन्नेमा पुगेका छन् ।’ अब दलहरुले गरेको कमजोरीलाई समिक्षा गर्दै स्वस्थ राजनीतिक प्रतिस्पार्धामा उत्रनुपर्नेमा उनको जोड थियो । संसारकै उत्कृष्ट व्यवस्था लोकतान्त्रिक गणतन्त्र भए पनि संचालनमा कमजोरी हुँदा जनतामा वितृष्णा आएको उनले बताए । कमजोरीलाई सुधार्दै लगि सुदृढ लोकतान्त्रिक गणतन्त्र बनाउनुपर्ने बताउँदै उनले राजा आउने कुरालाई कदापी स्वीकार गर्न नसकिने बताए ।

    कार्यक्रममा बोल्दै चितवनमा सक्रिय अन्य राजनीतिक दलका प्रतिनिधिहरुले पनि लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै लैजानु पर्ने बताए । कार्यक्रममा बोल्ने नागरिक समाजका वक्ताहरुले नेपालका राजनैतिक दलहरु सुध्रिन आवश्यक रहेको औंल्याए । राजनैतिक अस्थिरता, बेरोजगारी, जनताको जीवनस्तर उकास्न नसक्नु, संविधानले व्यवस्था गरेको कुरालाई अझै कार्यान्वयन गर्न नसक्नु जस्ता कुराले जनतामा वितृष्णा पलाएको बताउँदै वक्ताहरुले अब यसतर्फ राजनैतिक दलहरुले गम्भीर भएर सोच्नुपर्ने बताए । उनीहरुले पूर्व राजालाई पनि गणतन्त्रप्रति आकर्षित गर्नुपर्ने बताए । राजालाई पनि राजतन्त्र भन्दा त गणतन्त्र नै राम्रो रहेछ भन्ने पार्नुपर्नेमा उनीहरुको जोड थियो ।

    शनिबार, चैत १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.