नारायणगढ/चितवन तथा नवलपरासीका लागि यामाहा ब्रान्डको आधिकारिक बिक्रेता नविन अटो सेन्टर तथा कर्मचार्य ईन्टरप्राइजेज प्रा.लि. द्वारा आयोजित यामाहा मेघा एक्स्चेन्ज कार्यक्रम भरतपुर ओरालो सिजि ल्याण्डमार्कसँगै रहेको स्थानमा सञ्चालन भईरहेको छ । चैत्र ५ गतेदेखि शुरु भएको यामाहा मेघा एक्सचेन्ज कार्यक्रम चैत्र १५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा हालसम्म एकसय बढी यामाहाका मोटरसाइकल तथा स्कुटर विक्री भईसकेको नविन अटो सेन्टर तथा कर्मचार्य ईन्टरप्राइजेज प्रा.लि.का प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले जानकारी दिनुभयो ।

यामाहा मेघा एक्सचेन्ज कार्यक्रमका अन्तर्गत कुनै ब्र्रान्डका मोटरसाइकल तथा स्कूटर एक्स्चेंज गर्दा रु १० हजार थप मुल्यांकनको सुविधा रहेको छ । भने, नगद खरीदमा रु ६ हजार छुट तथा ७.९९% व्याजदरमा फाइनान्सको सुविधा उपलब्ध रहेको छ । त्यस्तै हरेक मोटरसाइकल तथा स्कुटरको एशोसेरिज निःशुल्क प्राप्त गर्न सकिने व्यवस्था समेत रहेको छ । यामाहा मेघा एक्सचेन्ज कार्यक्रम अन्तर्गत प्रत्येक दिन आउने ग्राहकहरुका लागि डोर इन्ट्री पुरस्कारको समेत व्यवस्था गरिएको छ । सो अन्तर्गत लक्की ड्रबाट गैंडाकोटको निवासी हेमन्त अधिकारीले पुरस्कार जित्न सफल हुनुभएको छ । कार्यक्रम अन्तर्गत फ्रि टेष्ट राइडको पनि व्यवस्था गरिएको छ । प्रत्येक टेष्ट राइडमा आकर्षक उपहारहरु राखिएको छ ।




