नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठलाई मंगलबार बिहान कार्यकक्षमै प्रवेश गरी एक समूहले कुटपिट गरेको छ। कार्यालयको डिजिटल बोर्डमा कसले, कसरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा लेख्यो भन्ने विषयमा छलफल गरिरहेका बेला कार्यालय प्रमुख श्रेष्ठलाई कुटिएको हो। ‘बेलैमा बिल तिरौँलगायत ग्राहकका लागि चेतनामूलक सूचना राख्ने गरिएको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको आपत्तिजनक विषयमा कसले ह्याक गर्यो र त्यस्तो कुरा राख्यो भन्ने विषयमा छलफल हुँदा श्रेष्ठमाथि कुटपिट भएको स्रोतले बतायो । तोडफोडको क्रममा कार्यालयको कम्प्युटर, गमला, ग्लास, शौचालयका ढोकालगायत सामान तोडफोड भएका छन्। सोमबार साँझ मात्र मन्त्रिपरिषद्ले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।
कुटिए विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख
कुटिए विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख
तपाईको प्रतिक्रिया




