-तारा गैरे
काठमाडौं/मेरो बाबालाई धन्यवाद! म छोरी छु भनेर थाहा पाएर खुसीले गद गद हुँदै मेरो घरमा छाेरी हुँदै छिन् है भनेर आमालाई स्याहार गर्न तिर लाग्नु भो । तर बाबा , मेरो भावना हजुरलाई आज , मेरी आमा गर्वावस्था हुँदा उहाँमाथि धोका नहोस् है, आफ्ना बहएका भावनाहरुलाई सम्हाल्ने गर्नु है। कुनै पनि स्त्रीमाथि खराब नियत नजावस् है,कुरा यो मानव सम्वेदना को हो , मेरी छोरी हुँदै छिन् भनेर आफूमा मा सुधार तिर भन्दा पनि आफ्नो पहिचानको ख्याल राख्नु होला । छोरी को पिता बन्दै गर्दा आफूले आफ्नो सन्तानबीचमा कस्तो परिचय बनाउने भन्ने कुराको हेक्का होस्।।तपाईं जुनसुकै पेसा सँग आवद्ध हुनुहोला, मेरो उपस्थिमा मात्र पिताको कर्तव्य याद नरहोस् ।श्रीमती वा अन्ने व्यक्ति को गैरहाजिरिमा,कुनै परस्त्रीसँग को सामीप्यता कतिको उचित हो भन्ने कुराको हेक्का सधैं रहोस्।

बाबा,समाज राम्रो छैन रे ,हो? म समाजमा धेरै पढे लेखेर मेरो पढाई यस्तो हो मलाई यो चाहियो त्यो चाहियो भन्ने तिर भन्दा पनि समाजमा रहेका मजस्ता धेरै चेलीहरुसँग समानताको ध्वज फर्फराउँदै समता तिर हिँड्न चाहन्छु।समाज धेरै दुर्गन्धित सोचले भरिएको छ यो दुर्गन्धित सोच रूपी समाजको दलदलमा कमलको फूल बन्न चाहन्छु । मेरो जरा तपाईं हो ,बलियो आधार तपाईं हो तपाईं कमजोर हुन पाउनुहुन्न है, तपाईं नैतिक ,चारित्रिक तवरले छोरीको बुवा मात्र होइन एउटा असल व्यक्तित्व हुनुपर्छ।
समाजले तेरो पिताले गर्नु गर्यो भनेर तिरस्कार रूपी नजरले मलाई गिज्याउनु भन्दा पनि तेरो पिता साँच्चै समाजको लागि सकारात्मक सोचको प्रतीक हो भनेर सुन्न ,देख्न पाउँ। बाबा जालझेल जसले पनि गर्न सक्छ, वच्नु होला,र जानीजानी गल्ती गर्दै हुनुहन्छ भने मलाई मेरो आँखा खोल्ने रहर छैन किन कि म मेरो पिताको दृष्टिकोणमा मेरी जीवित आमा बाहेक अन्ने स्त्रीलाई हेर्न चाहान्न र यदि मेरो पिताले भावनाका वेगलाई सम्हाल्न सकेनन् भने छोरीको संस्कारमा पक्कै चुक्ने छन् भन्ने दृढताले मलाई गर्वास्थमै श्वास हिन हुनेछु। एक चेली




