• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

“नेपालको वर्तमान आर्थिक परिदृश्य : औद्योगिक विकासका सम्भावना, अवरोध र समृद्धिका उपायहरु” शीर्षकमा प्यानल छलफल हुने


  •   बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघको आयोजनामा नवौं संस्करणको रुपमा मिति २०८१ चैत्र १४ गतेदेखि १८ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा हुने नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।
    भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले जानकारी गराउनु भयो । प्रदर्शनीमा औद्योगिक मेशिनरी तथा प्रविधि (प्रोसेसिङ, पोल्ट्री, डेरी, फुड एण्ड वेभरेज, चिया) निर्माण उद्योगका मेशिनरी तथा प्रविधि र निर्माण सामग्रीहरू, पेन्ट इन्डष्ट्रिज, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, पोल्ट्री, कृषि, चित्रकला, हस्तकला र मह उद्योगका प्रविधि, मेशिनरी तथा उत्पादनहरु, लघु, घरेलु, साना र मझौला उद्योगका उत्पादनहरु, सोलार ऊर्जा र वैकल्पिक ऊर्जा कम्पनीहरू, फोहोर व्यवस्थापन र पुनः प्रयोग कम्पनीहरू, विद्युतीय सवारी साधन, स्टार्टअप र प्राविधिक कलेजका प्रोजेक्ट डेमो, शैक्षिक परामर्श, रोजगार व्यवस्थापन कम्पनी तथा वृत्ति परामर्शदाताहरु, औद्योगिक व्यवसायिक साझेदार (बैंक, बिमा, व्यवसायिक परामर्शदाता, ट्रान्सपोर्ट, एजेन्सी सेवा प्रदायक) निर्यातजन्य उत्पादन, फुटवेयर, गार्मेन्ट लगायतका करीब २०० स्टलहरु रहने कार्य बाहक अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
    प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमी व्यवस्था तथा प्रशासन मन्त्रालय, बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सुदुर पश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोगमा प्रदर्शनीको आयोजना हुँदैछ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ५० हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अनुमान गरिएको घिमिरेले बताउनुभयो ।
    प्रदर्शनीको तेश्रो दिन “नेपालको वर्तमान आर्थिक परिदृश्य ः औद्योगिक विकासका सम्भावना, अवरोध र समृद्धिका उपायहरु” शीर्षकमा विषय विज्ञ र सरोकारवाला निकायहरुको उपस्थितिमा प्यानल छलफल कार्यक्रम समेत हुनेछ । प्रदर्शनीमा विभिन्न औद्योगिक उत्पादन लन्च गर्दा जादुकलाको प्रयोग गरी मनोरञ्जन समेत गराईने योजना रहेको चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी तथा व्यवसाय प्रबद्र्धन विभागका विभागीय प्रमुख दिनुप कुमार बरालले जानकारी दिनुभयो ।
    प्रदर्शनीमा उद्योग÷व्यवसायका सञ्चालक, लगानीकर्ताहरू, लघु, घरेलु तथा साना उद्यमीहरु तथा निर्यातकर्ताहरू, अन्तर्राष्ट्रिय उद्योगी, प्रविधि प्रदायक र लगानीकर्ता प्रतिनिधिहरू, स्थानीय, प्रदेश र संघीय सरकारका कर्मचारी तथा जनप्रतिनिधिहरू, व्यवसायिक साझेदार तथा परामर्शदाताहरू (इन्जिनियर, अडिटर, बैंक अधिकारी, वित्तीय विशेषज्ञहरू, मध्यस्थकर्ता, व्यवसायिक ढुवानीकर्ताहरु, अन्य व्यवसायिक साझेदारहरु), उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीहरू र स्टार्टअप प्रतिनिधिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रविधि उत्पादक र आपूर्तिकर्ताहरू, उद्यमशिलताको क्षेत्रमा रुचि राख्ने विद्यार्थी तथा खोज अनुसन्धानकर्ताहरु, प्राध्यापक तथा कर्मचारीहरु, उद्योग÷व्यवसायका उच्च व्यवस्थापकहरु, पर्यटन व्यवसायीहरू र सेवाग्राही संस्थाका प्रतिनिधिहरू, आईटी तथा सूचना प्रविधिका उद्यमी र व्यवसायीहरू, औद्योगिक उत्पादन तथा सेवा क्षेत्रमा रुचि राख्ने व्यक्तिहरू, सञ्चारकर्मी, मिडिया प्रतिनिधिहरू र प्रचारप्रसार विशेषज्ञहरू, उपभोक्ता तथा आमनागरिकहरू अवलोकनकर्ताको रुपमा रहने विभागीय प्रमुख दिनुप कुमार बरालले जानकारी दिनुभयो ।
    प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने, कृषिजन्य उद्योग, पर्यटन, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, बिटुबि तथा बिटुसि मिटिङका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पु¥याउने, नव प्रवर्तन र नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने, प्रदर्शनीका क्रममा स्वदेशी एवम् विदेशी उद्योगीहरूका वीच प्रत्यक्ष भेटघाटका माध्यमबाट हुने छलफलबाट औद्योगिक उत्पादनको चरणमा वस्तुको बजार र उपभोक्ता आकर्षण गर्न, ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग, प्रक्रियाका सम्बन्धमा ज्ञान अभिवृद्धि गर्न तथा व्यवसायिक सम्बन्ध स्थापित गर्न सहयोग गर्ने, तीनै तहका सरकारका औद्योगिक कार्यक्रमहरुको लक्षित उद्योगीहरुसम्म पु¥याउन सहयोग गर्ने उद्देश्य रहेको छ । प्रदर्शनीको बैकिङ्ग पार्टनरको रुपमा राष्ट्रिय वाणिज्य बैंक, फर्निचर पार्टनरको रुपमा फर्निटेक प्रा.लि., कुलिङ पार्टनरमा ब्लु स्टार ए.सी. रहेको छ । भने, प्रदर्शनीमा प्रायोजक तथा साझेदारको रुपमा अन्य विभिन्न उद्योग, प्रतिष्ठानले सहकार्य गर्दैछन् ।

    Advertisement

    प्रदेश स्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी –२०८१ ः
    प्रदर्शनी अन्तर्गत बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयको प्रबद्र्धन सहयोगमा, नेपाल कमर्शियल आर्टिष्ट संघ बागमती प्रदेशसँगको सहकार्यमा प्रदेश स्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी –२०८१ आयोजना गरिदैंछ । चित्रकला प्रतियोगितामा बागमती प्रदेशका ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय सम्पदाहरुको चित्रण हुने गरी प्रदर्शनी स्थलमा नै प्रत्यक्ष रुपमा कोरिएका चित्रहरुका बीच प्रतियोगिता हुनेछ । चित्रकला प्रतियोगितामा प्रथम हुनेलाई रु३०,०००।– नगद र प्रमाण पत्र, दोश्रो हुनेलाई रु२०,०००।– नगद र प्रमाण पत्र, तेश्रो हुनेलाई रु१०, ०००।– नगद र प्रमाण पत्र र सान्त्वना हुनेलाई रु५,०००।– नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिनेछ ।
    स्वदेशी जुत्ता चप्पल प्रबद्र्धन तथा व्यापार मेला ः
    प्रदर्शनी अन्तर्गत नै स्वदेशी उत्पादनको प्रबद्र्धन, आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन गर्ने उद्देश्यका साथ नेपाली जुत्ता घर प्रा.लि. को आयोजनामा नयाँ वर्ष २०८२ लाई लक्षित गरी चितवन प्रदर्शनी केन्द्रमा मिति २०८१ चैत्र १४ गतेदेखि २०८२ साल वैशाख ९ गतेसम्म स्वदेशी जुत्ता चप्पल प्रबद्र्धन तथा व्यापार मेला आयोजना हुँदैछ ।
    मेलामा नेपालमा उत्पादित विभिन्न कम्पनीका एक हजार पाँच सय भन्दा बढी मोडलका १५ भन्दा बढी ब्राण्डका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चाका लागि आकर्षक डिजाइनका उत्पादनहरु विक्री वितरण गरिनेछ ।
    स्वदेशी जुत्ता, चप्पलका बारेमा आम उपभोक्तालाई जानकारी गराउने, स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचार प्रसार गर्ने, विदेशी जुत्ता चप्पल तथा छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी जुत्ता चप्पल तथा छालाका वस्तु उत्पादनका क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउने, वास्तविक उत्पादक र ग्राहकको प्रत्यक्ष भेटघाटको माध्यमबाट स्वदेशी उत्पादनको गुणस्तर वृद्धिका लागि पृष्ठपोषण संकलन गर्ने, उद्यमी बीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तरमा सुधार ल्याउने वातावरण तयार गर्नु मेलाको मुख्य उद्देश्य रहेको छ ।
    मेलामा करीब १५ हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । मेलामा प्रत्यक्ष कम्पनीहरुले सहभागिता जनाउने हुँदा आकर्षक छुटका साथ प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई विभिन्न स्किमहरुको व्यवस्था गरिनेछ । उक्त मेलामा १ लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।
    वर्तमान समयमा सुस्ताएको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८१, प्रदेश स्तरीय चित्रकला प्रतियोगिता तथा प्रदर्शनी –२०८१ र स्वदेशी जुत्ता चप्पल प्रबद्र्धन तथा व्यापार मेला ले सहयोग पु¥याउने विश्वास रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलन कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.