• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेपाल फेस्टिभल: मेलबर्नमा नेपाल खोज्नेहरू


  •   सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
  • -कल्पना आचार्य

    Advertisement

    मेलबर्नको मेलबर्न सिटिमा रहेकाे , फेडरेशन स्क्वायर जसलाई नेपालिहरुले रत्नपार्क भनेर चिन्छन् , त्यहि ,फेडेरेशन स्वाएरमा यसपालि NRNA अस्ट्रेलिया काे आयाेजनामा सम्पन्न भएकाे नेपाल फेस्टिभलमा सहभागि हुने सु अवसर जुट्याे —मेलबर्नकाे सगर्मि विहानै देखि देखिन्थ्याे कार्यक्रम हुने स्थानमा जहाँ नेपाल फेस्टिभलको ब्यानर ठडिएको छ। हजारौं नेपालीहरू, कोही परिवारसहित, कोही साथीभाइसँग, कोही आफूभित्रको नेपालको अभाव मेटाउन एक्लै आएर भिडमा हराएका भेटिन्छन ,, बाल्यकाल देखि भेट नभएका साथिहरु,, टुपलुक्क भेटिन्छ ,, बर्षाे भेट नभएका साथिभाई ईष्टमित्र सबै यतै भेटिन्छन यस्ताे लाग्छ मेराे हराएकाे देश यतै पाखामा फूलेकाे छ ,, सिटिकाे चारैतिर नेपाली झण्डा फहरिएकाे छ,—मादलको ताल, झ्याउरे भाका, र लोकदोहोरीको सुरिलो लय गुन्जाउदै विभिन्न जात जातिका भेष भुषामा सजिएका झाकी सहितकाे हजाराै संख्यामा आएका ब्यक्तिहरु सहितकाे र्यालिले सिटि परिक्रमा गर्छ।पञ्चेबाजा घन्किरहेका छन्। नेवार समुदायका पहेँलो पोतेसहितका महिला, मगर र गुरुङ संस्कृतिको पहिचान झल्काउने झाँकी, ढाका टाेपि र दाैरा सलवार गुन्युचाेलि लगायतका भेषभूषासहितका कलाकारहरू—सबैले मेलबर्नलाई केही घण्टाका लागि नेपाल बनाईदिन्छन,, सहर परिक्रमा पछि कार्यक्रमको उद्घोषण गर्दै उद्घाेषक भन्छन “नेपालको कला, संस्कृति, पहिचान जोगाउन यस्तो फेस्टिभल जरुरी छ।” भीडले ताली पिट्छ, केहीको आँखा रसाउँछनभीडभित्र हजारौं अनुहार छन्, जो एकआपसमा ‘दाइ, दीदी, भाइ, बहिनी’ भनेर बोलाइरहेका छन्। कतिपय दशकौं भइसक्यो नेपाल छोडेको, कतिपय भर्खर आएका। कोही उत्साहित छन्, कोही मनभित्र नेपाल खोजिरहेका छन् दिनभरि नै बिभिन्न सांगीतिक प्रस्तुतिहरूले माहोल ततायो। परदेशमा घर सम्झाउने गीत गुञ्जिए। स्थानीय कलाकारहरूसँगै नेपालका चर्चित कलाकारहरूको प्रस्तुति हुँदा माहोल अझै रङ्गिन बन्यो।भिक्टाेरिया स्टेटका अधिकारी हरु स्टेजमा चढ्छन ,, ढाका टाेपिमा अनि भन्छन नेपाल आमाकी जय भिडले पर्रर तालि पिट्छ भिडले समर्थनमा चिच्याउछ,, देश समृद्ध हुनुले कति फरक पार्छ परिवेशलाई , अनेक विचारहरु पाैडिन्छन हदयमा एकाएक समीक्षा अधिकारी स्टेजमा गएपछि सागंतिक माहेाल बन्छ,, “उनले अहिलेकाे चर्चित गित हट भएर ..देखि कुरा बुझ्न पर्च भन्ने गाउदा सम्म सायद धेरैले हामी बिदेश छाै भन्ने बिर्सिसक्छन,, मानौं, सबैले नेपालकै कुनै चोकमा बसेर सुन्दैछन्। शिव परियारको आवाजमा पिउदिन भन्दा भन्दै गाउदा सम्म ‘ बज्दा दर्शकको तालीले माहोल तताउछ,, मेलबर्न सिटि झुम्छ, जब उनि फेवातालमा साईली …. गाउन थाल्छन धेरै नेपालीको मन पोखरातिर दौडिन्छ। परदेशमा बसेर पनि नेपाल भेट्छन नेपाल महसुस गर्छन कन्दरा ब्याण्डले ‘तगाराेमा रुमाल राखि गितले ‘ …परदेशमा बसेर पनि नेपाल सम्झाउने शक्ति संगीतसँगै छ भन्ने महशुस गर्छन तर, यो भिडको अनुहार हेर्दा प्रश्न उठ्छ—किन नेपालभित्र नेपाल खोज्न सकिएन? किन मेलबर्नमा नेपाल फेस्टिभल मनाउनुपर्ने बाध्यता आयो? किन तिनै नेपाली, जसले सानैमा बुबाआमासँग दशैंमा पिङ खेले, गाउँमा माटोको गन्धमा हुर्किए, तिनै डाडा पाखामा बाल्यकाल विताए तिनले आफ्नाै उर्वराशिल समय आफ्नै माटाेमा विताउन पाएनन ,,यसका कारणहरु केके हाेलान,, भनेर धेरै बेर घाेत्लिए नेपालमा रोजगारको सम्भावना सीमित छ। राजनीति गफमा मात्र सीमित छ, योजनाहरू कागजमै सकिन्छन्। लाखौं युवाले घाम-धुलो खाएर परीक्षा पास गरे, सर्टिफिकेट बोक्दै जागिरको ढोका धाए, तर अन्त्यमा ‘भाइ, तपाईंलाई बोलाउँछौं’ भन्ने सुनेर निराश भए। अन्ततः मेलबर्नको क्याफेमा भाडा माझ्नुपर्‍यो, कि त कुनै कम्पनीमा ‘सेल्स असिस्टेन्ट’ हुनुपर्‍यो,, उपचार गर्न, छोराछोरीको शिक्षा सहज बनाउन, परिवारलाई धान्न—नेपालले जब साथ दिएन, बिदेशले स्वागत गर्‍यो। जागिर खोज्न देश छोड्दा मन रोयो होला, त बाध्यतासँग सम्झौता गर्नुको विकल्प थिएन। तर मेलबर्न यतिकै मेलबर्न भएकाे हाेईन,,मेलबर्न एक गतिशील नगरी हो, यहाँ ,कामका लागि कसैकाे जयजयकार गाउन पर्दैन गुलामि गर्न पर्दैन नियम भन्दा ठुलाे काेहि हुन्न ,,,यहा नियम सबैका लागि बराबर लागू हुन्छ। सरकार जनता प्रति उत्तरदायी छ। यहाँ घुसखोरी छैन, सेवा लिन एक ठाउँबाट अर्को ठाउँ धाउनु पर्दैन। स्कूलको छात्रवृत्तिदेखि स्वास्थ्य उपचारसम्म, सबै पारदर्शि हुन्छ शिक्षा आधुनिक, व्यावहारिक, र विश्वस्तरीय छ। विद्यार्थीहरूले अनुसन्धानमुखी शिक्षा पाउँछन्। नेपालमा जस्तो ‘रट्नुपर्ने’ वा ‘घूस खुवाउनुपर्ने’ संस्कृति छैन। यहाँ स्वास्थ्य उपचार पहुँचयोग्य छ। सरकारी अस्पतालहरू सक्षम छन्, दर्ता गरेर उपचार गराउँदा महँगो शुल्क तिर्नु पर्दैन। सडक सफा छन्। ट्राम, बस, ट्रेन समयमै सञ्चालन हुन्छन्। सार्वजनिक यातायात व्यवस्थित छ, टिकट काटेर बस्दा कोही भाडा लिँदैन, झगडा हुँदैन। यहाँ सीप अनुसारको काम पाइन्छ। मेहनत गरेको पैसा सुरक्षित छ। , शहर सफा छ, व्यवस्थित छ। फोहोर मैला उठाउने निश्चित समय हुन्छ। हरियाली जोगाइन्छ, सहरका बीचमा पार्कहरू छन्,,यहाँ हिँड्दा डर हुँदैन। राति महिलाहरू एक्लै हिँड्न सक्छन्। अपराध न्यून छ। नेपाल फेस्टिभल सकिन्छ। साँझ परेपछि नेपालीहरू आफ्ना फ्ल्याटहरूमा फर्कन्छन्, आफ्नो मेलबर्नको दैनिकीमा फर्किन्छन्। भोलिपल्ट फेरि काम छ, विश्वविद्यालयको क्लास छ, संघर्ष उस्तै छ। तर, मनको कुनामा एउटा प्रश्न जीवित रहन्छ—यदि नेपालमै रहन सकिने अवस्था हुन्थ्यो भने, के हामी यहाँ हुन्थ्यौं? के नेपाल फेस्टिभल नेपालमै मनाउन सक्ने सपना पूरा गर्न सकिंदैन? तर, उत्तर स्पष्ट छ—जबसम्म नेपालका तर, उत्तर स्पष्ट छ—जबसम्म नेपालका नेताहरूले गफ मात्र हानिरहन्छन्, नीति-कानुनमा खेलवाड गरिरहन्छन्, र अवसर खोज्नेहरूलाई लुटिरहन्छन्, तबसम्म यो भिड यस्तै मेलबर्न, सिड्नी, न्युयोर्क, लन्डनमा नेपाल खोजिरहन्छ। नेपालबाट बिदा लिएर नेपाल मनाउनुपर्ने यो विडम्बना कहिलेसम्म?

    सोमबार, चैत ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.