उद्यमशील महिला समुह रत्ननगर वडा नं १४ वडा समितिको आयोजना, १४ नं वडा कार्यालय, डुम्रीचोक टोल विकास संस्था, कल्पदिप टोल विकास संस्थाको सहयोगमा डूम्रीचोकको गणेश मन्दिरमा पतञ्जली योग विज्ञान शिविर सुरु भएकाे छ । १४ नं वडा समितिकी अध्यक्ष विद्या खनालको अध्यक्षता,१४ नं वडा अध्यक्ष होमनाथ रानाभाटको प्रमुख आथित्यता, पतञ्जली योग समिति प्रदेश सदस्य रामप्रसाद वस्ती, वडा सदस्य धीरेन्द्र घिमिरेको विशिष्ट आतिथ्यता,जिल्ला सदस्य नरहरि अधिकारी,संस्थाकी नगर अध्यक्ष एवम् योग प्रशिक्षक गीता सिंखडा,टोल अध्यक्षहरुद्वय राजेन्द्र प्रसाद घिमिरे,नारायण बाबु नेपाल,सामाजिक व्यक्तित्व विपिन्द्र घिमिरे,गीता देवकोटाको आतिथ्यतामा उद्घाटन भएको सो कार्यक्रम संस्थाकी कार्यवाहक सचिव सरू अधिकारीले सञ्चालन गरेको कुरा नगर अध्यक्ष गीता सिंखडाले बताइन्।
Advertisement




