भरतपुर/बागमती प्रदेश उद्योग परिसंघ महिला उद्यमी मंचले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा बिज्ञ तथा सरोकारवालासंग अन्तरक्रिया गरेको छ । कार्यक्रममा बोल्नुहुँदै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले महानगरमा उद्यमशिलता सम्बन्धि हालसम्म झन्डै ५ हजार जनालाई विभिन्न घरेलु तथा अर्थोपार्जन सम्बन्धिका तालिम प्रदान गर्दै आएको बताउनुभयो ।
Advertisement

विभिन्न गरिब तथा बिपन्न महिलाका लागि निशुल्क सीप मुलक तालिम र व्यवसाय संचालनका लागि घुम्ती कोष आदिको बिकासमा समेत जोड दिएको उल्लेख गर्नुभयो । आसन्न ०८२/८३ को बजेट निर्माणमा राज्यले महिला उद्यमीका क्षेत्रमा थुप्रै प्याकेजका कार्यक्रम ल्याउनुपर्ने सुझाव पेश गर्नुभयो । उत्पादनमुलक क्षेत्रमा जोडदिदै महानगरले कृषि र पशुपालन आदिका क्षेत्रमा समेत जोड दिएको पौडेलको भनाइ थियो ।
त्यस्तै नेपाल राष्ट्र बैंककी उपनिर्देशक रागनी सिंहले बैंक तथा बित्तीय संस्थाले समेत उद्यमशिलताका लागि जोड दिएको बताउनुभएको छ । उद्यमका लागि २० लाख सम्मको धितो कर्जा उपलब्ध गराउन सकिने समेत धारणा राख्नुभयो । महिला केन्द्रीत विभिन्न साना तथा ठूला उद्यमका कार्यक्रम ल्याउनुपर्ने महिलाको सहभागीता र समाबेशितामा समेत राज्यले जोड दिनुपर्ने सुझाव पेश गर्नुभयो ।
त्यस्तै कार्यक्रममा सफल महिला उद्यमी नुरानी ढुंगेलले अझैपनि महिलाहरु चुलोचौकोमा सिमित भएको बताउनुभयो । प्रविधिको बिकास भएपनि प्रविधिको प्रयोगमा महिलाहरु बञ्चित बनेको तर्क गर्नुभयो । व्यवसाय संचालनका प्रक्रिया अत्यन्त झन्झटिलो बनेको भन्दै उहाँले सवल र सहजीकरण बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कंडेल पूर्व बिभागीय प्रमुख अर्थशास्त्र बिभागका सहप्राध्यापक सूर्यनारायण पौडेलको समेत सहभागीता थियो ।कार्यक्रममा बोल्ने अधिकांश महिलाहरुले अझैपनि आफ्ना अधिकार सुनिश्चित नभएको बताएका थिए ।

राज्यले समाबेशीका कुरा गरेपनि विभिन्न तहमा अझै विभेद भएको बताएका छन् । उद्यमका क्षेत्रमा राज्यले ठूलो लगानी बढाउन आबश्यक भएको जनाउदै स्रोत साधन र बजारीकरणको व्यवस्थामा जोडदिनुपर्ने धारणा राखेका थिए । स्वदेशमा आत्मनिर्भर सम्बन्धिका कार्यक्रममा जोडदिदै निशुल्क सीप तालिम र रोजगारीको व्यवस्था राज्यले गर्नुपर्ने सुझाव समेत पेश गरेका थिए । कार्यक्रम बागमती प्रदेश उद्योग परिसंघ महिला उद्यमी मंचकी अध्यक्ष चन्दना कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।




