• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

स्वदेशमा नै केही गरौं भन्ने दृढ संकल्पका साथ व्यवसाय संचालन गरेको हुँ : प्रतीक्षा आचार्य


  •   सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
  • सबै युवाको रोजाइ बिदेश हुँदै गर्दा तर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उदेश्यले भरतपुर १० स्थित सिर्जना चोक निवासी प्रतीक्षा आचार्यले भरतपुर १२ स्थित मालपोत चोकमा H20 जुस एण्ड स्मूथी क्याफे संचालन गर्दै आउनुभएको छ । ब्याचलरसम्म अध्ययन गर्नुभएकी आचार्य विवाह पश्चात् व्यवसाय थालनी गर्नुभएको हो । उहाँका श्रीमानले समेत स्वदेशमा नै जागीर गर्नुहुन्छ । सानै उमेरदेखि जिज्ञासु र चञ्चले स्वभावकी आचार्य पढाईमा समेत उत्तिकै रुचि राख्नुहुन्छ । शुन्दर आफ्नो देशमा अनेकौं सम्भावना भएको भन्दै आचार्यले स्रोत र साधनको अभावमा थुप्रै सम्भावनाहरु अधुरै रहेको उहाँको भनाइ छ । स्वदेशप्रति उहाँको मोह, माया अनि सम्भावनालाई समेटेर उहाँसंग गरिएको कुराकानी 

    Advertisement
    • उज्यालो टाईम्समा यहाँलाई हार्दिक स्वागत छ ?

    धन्यवाद !

    • आजभोलि के काममा व्यस्त हुनुहुन्छ ?

    भरखर भरखर व्यवसाय संचालन गरेको छु । अहिले यसैमा व्यस्त छु ।

    • यहाँमा कसरी आयो व्यवसाय गर्ने सोच ?

    मलाई बिदेश भन्दापनि स्वदेशमा केही गर्नुपर्छ भन्ने मेरो पहिलेदेखिकै सोच हो । स्वदेशमा नै केही गरौं भन्ने दृढ संकल्पका साथ सानो व्यवसाय संचालन गरेको हुँ । हेरौं अब कहिलेसम्म व्यवसायलाई निरन्तरता दिन सकिन्छ तबसम्म व्यवसायमा आबद्ध रहनेछु । मलाई लाग्यो यति धेरै मानिसहरू धन कमाउन बिरानो मुलुक जादै गर्दा पक्कै त्यहाँपनि मेहनत त गर्नुपर्छ । त्यसै बिदेश गएकै भरमा कमाई हुने त होइन, कमाई हुन राम्रो काम पाउनुपर्यो बरु त्यहाँ भन्दा आफ्नै देशमा घरपरिवारसंगै बसेर घरमा मिठोमसिनो जे पाक्छ त्यही खाएर व्यवसाय गरौं प्रतिफल एकदिन पक्कै मिल्छ भनेरपनि म आफ्नै देशमा बस्ने मेरो चाहना हो । मानिसका हरेक सपनाहरू हुन्छन् । सबैका एउटै र उस्तै चाहना हुन्छन् भन्नेपनि त छैन नि । हो धेरै म जस्ता युवाहरू बिदेश जानुभएको छ । तर हाम्रो देशमा सम्भावना नभएर त होइन । तर सम्भावनाको खोजी नहुँदा तपाईं हामी जस्ता युवाहरु आज पराईको देशमा जानुपरेको हो । सरकारले स्वदेशमा उद्योगधन्दा तथा कलकारखाना खोल्ने र भएका कलकारखानाको संरक्षण गर्ने हो भने त आज यतिका मानिसहरु बिदेश जानुपर्ने अवस्था पक्कै आउने थिएन । र आम युवाहरुलाईपनि स्वदेशमा नै केही गरौं भन्ने सुझाव दिन चाहन्छु ।

    • कस्तो चल्दै छ त, व्यवसाय ?

    भरखर मात्र संचालन भएकाले ठिकठिकै चलेको छ । किनभने भरखर सुरुवात भएकाले व्यापार राम्रै चलेको मान्नुपर्छ । आशा छ, पछि बिस्तारै व्यवसाय राम्रो हुँदै जाला जस्तो लाग्छ ।

    • कत्तिको सन्तुष्ट हुनुहुन्छ व्यवसायमा ?

    आफ्नो उदेश्य प्राप्तिका लागि ज्यादै ठूलो संघर्ष त गर्नुपर्छ । त्यसैले यो एउटा प्रयास हो, अहिले प्रतिस्पर्धाको जमाना छ । तरपनि जसोतसो व्यवसायलाई निरन्तरता दिने योजना छ । जेहोस् भरखरै सुरुवात गरेको व्यवसाय भएकाले सन्तुष्ट नै छु ।

    • व्यवसाय गर्दै गर्दा यो क्षेत्रमा कत्तिको चुनौती लाग्यो ?

    निश्चयी नै व्यवसाय हो । व्यवसायमा सधैं एकनास कदापिपनि हुँदैन । कहिले घाटा त कहिले नाफा दुबै हुन्छ । कुनैपनि व्यवसायीले घाटा होस् भन्ने चाहनाले व्यवसाय गरेको हुँदैन । नाफा नै होस् प्रतिफल राम्रो होस् भन्ने नै ध्यय व्यवसायीको हुन्छ । बजार मूल्य, बजारको अवस्था, बजारीकरण, बजारमा बस्तु तथा सेवाको माग राम्रो होस् भन्ने त चाहना सबैको हुन्छ । आजको यो प्रतिस्पर्धाको समयमा समयको माग अनुसार चल्न गाह्रो छ । बैंक आदिको कारोबारले व्यापार व्यवसाय संचालन गर्नेलाई झनै गाह्रो हुन्छ । त्यसैले व्यवसायमा चुनौती छैन भन्न म सक्दिन । किनभने व्यवसायीहरु घाटा, नोक्सानी सबै सहन बाध्य हुनुपर्छ ।

    • राज्यले युवाहरुका लागि कस्तो नीति ल्याउनुपर्ला के लाग्छ यहाँलाई आफ्नो बिचार राखिदिनुस् न ?

    राज्यले गर्नुपर्ने कामहरु धेरै छन् । हामी व्यवसायी र युवाहरुका लागि तर देशमा बढ्दो महँगी छ । यो बेला युवाहरु स्वदेशमा चाहेरपनि व्यवसाय संचालन गर्न सक्ने अबस्था अहिले छैन । कोरोना कहरपछि सुस्ताएको हाम्रो अर्थतन्त्र अझै लयमा आउन सकेको छैन । हामी सम्भावनाका कुरा गर्छौं तर त्यसको खोजी र प्रयोग गर्ने यन्त्र उपकरण हामीसंग छैन । जता हेर्यो उतै समस्या मात्रै छ । समस्याभित्र रुमलिएर बाँच्नुपर्ने हाम्रो बाध्यता छ । कृषि, पशुपालन, दुग्ध, माछा तथा मौरीपालन यी आदि सबै व्यवसायमा पनि खडेरी छ । त्यसैले सर्वप्रथ त, राज्यले युवाहरुका लागि किताबी ज्ञान मात्र नभई प्रविधियुक्त शिक्षा प्रदान गर्नुपर्छ । विद्यार्थीहरुका लागि पढ्दै कमाउदै पढ्न मिल्ने शिक्षा प्रदान गर्नुपर्छ । शिक्षा व्यबहारिक र सैद्धान्तिक हुनुपर्छ । सहुलियतपूर्ण ऋणको व्यवस्था राज्यले गर्नुपर्छ । स्रोत र साधनको परिचालन, बजारीकरण, बजार मूल्यमा एकरुपता आदि गराउन सक्नुपर्छ ।

    • यहाँको पसलको नाम के हो ?

    H20 जुस एण्ड स्मूथी क्याफे

    • यो कहाँ छ ?

    हाम्रै भरतपुर १२ स्थित मालपोत चोकमा छ ।

    • केके सेवाहरु दिदै आउनुभएको छ ?

    हामीकहाँ विभिन्न प्रकारका फलफूलबाट ग्राहकको चाहना अनुसार जुस तयार गरिनुका साथै विभिन्न किसिमका चिया कफी समेत पाइन्छ । ग्राहकको रोजाइ अनुसारका विभिन्न जुस तथा चिया कफी सस्तो र सर्वसुलभ मूल्यमा पाइने हुँदा पसलमा ग्राहकको आकर्षण समेत बढ्दै गएको छ । हाम्रो H2O जुस एण्ड स्मूथी क्याफेमा विभिन्न प्रकारका फलफूलहरु स्याउ, सुन्तला, लिची, भूइकठहर, उखु, आँप, अनार, अम्बा, स्टेबरी, अङ्गुर, नरिवल पानी तथा विभिन्न फलफूल मिसाई तयार गरिएका जुसहरु पाइनुका साथै (स्टवेरी, चकलेट बटर, कोको पाउडर, केरा, दुध र मुस्लीको साथ टोपिंग्स, चोकोस, नट, चियासीड र फलफूलहरू) समेतको स्मुथी वाउल उपलब्ध हुनका साथै विभिन्न स्वादहरुका ववल टी पनि उपलब्ध छन् । यसैगरी मह र दालचीनीसंग तातो लेमोनेड, कागती कालो चिया, ब्ल्यक कफी, दूध कफी, मसाला दूध चिया तथा बेकरी आईटम (कुकिज, डोनट, कप केक, क्रमरोल, स्यान्डविज) समेत सस्तो र सर्वसुलभ मूल्यमा पाइन्छ ।

    • यहाँले कतिको लागतमा व्यवसाय संचालन गर्नुभएको हो ?

    मैले १० लाख लगानी गरेर सो व्यबसाय गरेकी हुँ ।

    • अन्त्यमा के भन्न चाहनुहुन्छ ?

    सर्वप्रथम त, पहिला हजुर र हजुरको लोकप्रिय मिडिया उज्यालो टाईम्सलाई म धेरैधेरै धन्यवाद दिन चाहन्छु । हामी जस्ता युवाहरुलाई स्वदेशमा सम्भावना छ भन्नको लागि हामी जस्ता युवाहरुलाई प्रेरणा दिनको लागि हाम्रो अनुभव, भोगाइ र सम्भावना आदिलाई आम जनता समक्ष पुराउन यहाँले अन्तर सम्वाद कार्यक्रममा मलाई स्थान दिनुभएकोमा म यहाँलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।

    • हस् हाम्रो प्रश्नमा आफ्नो अमुल्य बिचार राखिदिनु भएकोमा यहाँलाई फेरिपनि धन्यवाद !

    हस् यहाँलाईपनि धन्यवाद !

    सोमबार, फागुन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.