बारा /भारतीय सिमा नाकाबाट अबैध रूपमा अण्डा, कुखुरा, तयारी मासु चल्ला भित्रिएपछि नेपाल लेयर्स कुखुरापालक सघले २०८१ फागुन १९ गते बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र प्रहरी उपरीक्षक सन्तोष तमाङलाई भेटघाट गरि अवैध नियन्त्रणका आवश्यक सहयोग गरिदिन अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले सुरक्षा निकायलाइ कडा निर्देशन दिने बिषयमा आश्वास्त पार्नु भएको छ । भेटघाट कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक सघका अध्यक्ष बिनोद पोखरेल, नेपाल भेटेरिनरी एशोसियशन केन्द्रिय समितिका निवर्तमान अध्यक्ष डा सितलकाजी श्रेष्ठ, सघका महासचिव भेषराज अर्याल र सदस्य अमोद खनालको सहभागिता रहेको छ ।
Advertisement





