भरतपुर/चितवनस्थित भरतपुर १८ को गुन्जनगर माविले ६५ औँ वार्षिकोत्सव मनाएको छ ।शुक्रबार विद्यालयले विविध कार्यक्रम गरी वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो । विद्यालयका अध्यक्ष आशराम तामाङको अध्यक्षता रहेको वार्षिकोत्सव कार्यक्रममा भरतपुर १८ का वडाअध्यक्ष बाबुराम रानाको प्रमुख आतिथ्यता रहेको थियो ।प्रमुख अतिथिको रूपमा बोल्दै वडाअध्यक्ष रानाले विद्यालयले वडामा शैक्षिक उन्नयनका लागी योगदान गरेको बताए ।उनले आगामी दिनहरूमा समेत विद्यालयलाइ उत्कृष्ठ सामुदायिक विद्यालय बनाउन वडाको सहयोग रहिरहने विश्वास ब्यक्त गरे ।
विद्यालयको गौरवमय वार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थिहरूलाइ छात्रवृति प्रदान गरिएको प्रधानाध्यापक सुर्यभक्त वाग्लेले बताए ।उनका अनुसार करुणा निधि अर्याल स्मृति कोष,केदार पार्वती कोष,माया अधिकारी कोष,भु.पु विधार्थी कोष,जेष्ठ नागरिक मन्च कोषमार्फत छात्रवृति प्रदान गरिएको छ ।
यस्तै चनौलीको वेस्ट डेस्टीनेसन एजुकेशनका सन्जय कुंवरले समेत बीसहजार बराबरको छात्रवृति प्रदान गरेको विद्यालयका प्रधानाध्यापक वाग्लेले जानकारी दिए । भरतपुर १७ वडा कार्यालय र भरतपुर १८ का रेडक्रस शाखामा कार्यरत राज कुमार घिमिरेले समेत विद्यालयलाइ सहयोग गरेको उनको भनाइ छ ।
विद्यालयलाइ प्रत्यक्ष परोक्ष सहयोग गर्नेहरूलाइ वाग्लेले धन्यवाद दिए ।
विद्यालयलाइ हरपल सहयोग गरेको भन्दै बेस्ट डेस्टिनेशनका कुवंर सम्मानित
यसैगरी विद्यालयको ६५ औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा बेस्ट डेस्टिनेशन एजुकेशनका प्रबन्ध निर्देशक संजय कुवंर सम्मानित भएका छन् ।विद्यालयलाइ विभिन्न समयमा सहयोग गरेको भन्दै कुवंरलाइ विद्यालयले आज सम्मान गरेको हो ।विद्यालयको शैक्षिक उन्नयनका लागि सहयोग गरेको भन्दै विद्यालयका प्रधानाध्यापक सुर्यभक्त वाग्लेले कुवंरलाइ दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । सम्मानित हुँदै प्रबन्ध निर्देशक कुवंरले सामुदायिक विद्यालयले गरेको सम्मानले हौसाला बढेको बताउँदै विद्यालयलाइ धन्यवाद दिँदै आउनेदिनहरूमा समेत सहयोग गर्ने प्रतिबद्ता व्यक्त गरे ।उनले निजि संस्थाहरुले सामुदायिक बिद्यालयलाइ गरेको सहयोगले समाजमा सकारात्मक संदेश प्रवाह हुने विश्वास व्यक्त गरे ।
स्थानीय स्तरमा सरकारले आफ्नो तरिकाले बजेट बिनियोजन गर्दा समष्टिगत क्षेत्र समेट्न नसकेको बताउँदै सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर उकास्न नसकिएको जिकिर गरे । समाजमा रहेका निजि संस्थाले हातेमालो गर्दा टेवा पुग्न सक्ने उनको भनाइ छ ।आँफु समेत सामुदायिक बिद्यालयनै अध्ययन गरेर आएको कुरा स्मरण गर्दै त्यो समयमा यसरि सहयोग गर्ने कुनै संघ संस्था नभएकोले धेरै बिद्यार्थीहरु शिक्षाबाट बन्चित हुनुपरेको उनले सुनाए ।
पश्चिम चितवनको चनौलीमा मुख्य कार्यालय रहेको बेस्ट डेस्टिनेशन एजुकशेनलले विगतका दिनहरूमा समेत विद्यालयलाइ सहयोग गर्दै आइरहेको थियो। गत वर्ष विद्यालयको वार्षिकोत्सवमा १० जना विद्यार्थीलाइ छात्रवृति तथा सम्मान , कम्प्युटर साक्षरता अभियान अन्तर्गत १ वर्षिय पुर्ण र आंशिक छात्रवृति ,एसइइ दिने विद्यार्थीहरूलाइ नक्सा कार्यशाला, २० विद्यार्थीहरूलाइ भविष्य बोक्ने झोला वितरण गरेको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक,विद्यार्थी ,अभिभावक ,संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।विद्यालयको अभिभावक दिवसमा आयोजित विविध सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले प्रतिभा प्रस्फुटन गरे ।परमानन्द वैदिक गुरुकुलका वटुकहरुले वार्षिकोत्सवको स्वस्तिवाचन गरे ।




