• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

डा. शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन, यस्ता छन् कार्ययोजना


  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
  • काठमाडौं/साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तनमा सक्रिय संस्था ‘साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल’ (CSRI Nepal) ले नयाँ नेतृत्व पाएको छ । बुधबार सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सूचना प्रविधिविज्ञ डा. शालिग्राम पराजुलीको अध्यक्षतामा नयाँ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    Advertisement

    नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्राध्यापक गजेन्द्र शर्मा, उपाध्यक्षहरूमा विजय कुमार रोय, राजकुमार महर्जन र डा. अमृता शर्मा चयन हुनुभएको छ । महासचिवमा डा. भोजराज घिमिरे निर्वाचित हुनुभएको छ भने सचिवहरूमा सरला कार्की, आभास अधिकारी, गंगा भण्डारी र तेजप्रसाद धमला चयन हुनुभएको छ । कोषाध्यक्षको जिम्मेवारी कमला अधिकारी अर्यालले सम्हाल्नु हुनेछ ।

    त्यस्तै सदस्यहरूमा रिता पोखरेल, जयन्ती माला चापागाईँ, डा. शान्तिकला सुवेदी र ओमकार बस्नेत रहनु भएको छ । संस्थाको पहिलो बैठकले कार्यसमितिमा थप तीन जना थप्ने जनाइएको छ ।

    सो अवसरमा संस्थाको प्रेसिडेन्ट काउन्सिल समेत गठन गरियो । काउन्सिलमा संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा निवर्तमान अध्यक्ष प्रा.डा. सुवर्ण शाक्य र वर्तमान अध्यक्ष शालिग्राम पराजुली (सदस्य-सचिव) रहनु भएको छ । त्यस्तै सल्लाहकार समितिमा चिरञ्जीवी अधिकारी, प्रा.डा. सुवर्ण शाक्य, रोजाकिरण बासुकला र भीमध्वज श्रेष्ठ रहनु भएको छ ।

    साधारणसभामा महासचिवको वार्षिक प्रगति प्रतिवेदन तथा लेखा समितिको आर्थिक प्रतिवेदनमा छलफल गरी पारित गरिएको थियो ।

    दुई दशकभन्दा लामो समयदेखि नेपालको सूचना प्रविधि क्षेत्रलाई योगदान दिनुभएका नवनिर्वाचित अध्यक्ष डा. शालिग्राम पराजुलीले साइबर सुरक्षा क्षेत्रमा नेपाललाई सशक्त बनाउन कार्ययोजना अघि बढाइएको बताउनुभयो । उहाँले शैक्षिक संस्थाहरू, उद्योग क्षेत्र तथा सरकारी निकायहरूसँग सहकार्य गर्दै साइबर सुरक्षा सम्बन्धी अनुसन्धान, नीति निर्माण तथा जनचेतना अभिवृद्धि गर्ने योजना प्रस्तुत गर्नुभयो ।

    “नेपालमा प्रविधिको तीव्र विकास भइरहँदा साइबर सुरक्षामा अझै धेरै गर्नुपर्ने छ । हाम्रो उद्देश्य भनेको नेपाललाई साइबर सुरक्षाको क्षेत्रमा अग्रणी बनाउनु हो । यसका लागि सीएसआरआई नेपालले अन्य सरोकारवालासँग सहकार्य गरी अनुसन्धान, नीति निर्माण र जनचेतना कार्यक्रममार्फत डिजिटल सुरक्षालाई बलियो बनाउनेगरी कार्यक्रम ल्याउने  छौँ,” सञ्चार तथा सूचना प्रविभि मन्त्रालयका आईटी विज्ञसमेत रहनुभएका अध्यक्ष डा. पराजुलीले भन्नुभयो ।

    उहाँले सीएसआरआईको अगुवाइमा साइबर सुरक्षा सम्बन्धी पूर्वाधार निर्माण, जनचेतना कार्यक्रम, नीति निर्माणमा सहकार्य तथा अनुसन्धान प्रवर्द्धन गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

    संस्थाका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिका hiरीले सीएसआरआईले स्थापनाकालदेखि नै शैक्षिक अनुसन्धान र उद्योग क्षेत्रको आवश्यकताबीचको खाडल पुर्ने, नवीन समाधानहरू विकास गर्ने र वास्तविक सुरक्षाका चुनौतीहरू समाधान गर्न काम गरिरहेको जानकारी दिनुभयो ।

    नवनिर्वाचित सचिव सरला कार्कीले सीएसआरआई र कोरियास्थित इन्फर्मेसन टेक्नोलोजी एप्लिकेसन्स एन्ड म्यानेजमेन्ट (आईटीएएम) सोसाइटी बीच सहकार्य हुने सम्भावना रहेको जानकारी दिँदै उक्त समझदारीले अनुसन्धान र नवप्रवर्तनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

    त्यस्तै सीएसआरआईका नवनिर्वाचित महासचिव डा. भोजराज घिमिरेले डिजिटल युगमा साइबर सुरक्षा कुनै विकल्प नभई आवश्यकता भएको बताउँदै यो क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य जरुरी रहेको बताउनुभयो । डा. घिमिरेले सरकारी तथा निजी क्षेत्र, शैक्षिक समुदाय, तथा अन्य सरोकारवाला निकायहरूलाई सीएसआरआई नेपालसँग सहकार्य गर्न आग्रह गर्नुभयो ।

    सीएसआरआई नेपालबारे

    सन् २०१८ मा स्थापना भएको सीएसआरआई नेपालले नेपालमा साइबर सुरक्षा क्षेत्रको अनुसन्धान तथा नवप्रवर्तनका लागि विभिन्न कार्य गर्दै आएको छ । यसअन्तर्गत अनुसन्धान केन्द्रको स्थापनाका पहलदेखि नीति निर्माणका लागि परामर्श, साइबर सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम तथा प्रविधि नवप्रवर्तनलाई प्राथमिकता दिँदै आइएको छ । डिजिटल युगको बढ्दो खतरालाई न्यूनीकरण गर्दै साइबर सुरक्षालाई सशक्त बनाउन संस्थाले दीर्घकालीन योजना अघि सारेको छ ।

    सीएसआरआईले उद्योगका अग्रणी व्यक्ति, सरकारी निकाय र प्रविधि विज्ञहरूसँग सहकार्य गर्दै सुरक्षा जोखिम पहिचान गर्ने, साइबर हमलाको पहिचान प्रणाली सुधार गर्ने र डिजिटल क्षेत्रलाई सुरक्षित बनाउन अग्रणी भूमिका खेलेको छ । अनुसन्धानलाई व्यवहारिक प्रयोगसँग जोडेर संस्थाले साइबर सुरक्षाका चुनौतीहरू समाधान गर्न, डेटा सुरक्षा प्रवर्द्धन गर्न र सुरक्षित डिजिटल वातावरण निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

    शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.