• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ३. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

स्ववियु निर्वाचन तोकिएकै समयमा हुनुपर्छ : नैनसिंह महर

  •   मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
  • काठमाडौं/नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन्। नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका महरले नेविसंघ पब्लिक यूथ क्याम्पस काठमाडौंले आयोजना गरेको वृहत्त खेलकुद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

    Advertisement

    निश्चित समयमा हुने जुनसुकै आवधिक निर्वाचनले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले स्ववियु चुनाव पनि समयमै हुनुपर्ने महरको धारणा छ। ‘स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिनी पार्ल्यामेन्टको निर्वाचन हो। राजनीति मात्र नभएर विद्यार्थीका अतिरिक्त क्रियाकलाप, वृत्ति विकास, व्यक्तित्व र नेतृत्वको क्षमता अभिवृद्धि गर्नका लागि पनि स्ववियु निर्वाचन आवश्यक छ,’ उनले भने।

    त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन तालिका सार्वजनिक गरिसकेकाले तयारीमा जुट्न उनले देशभरका नेविसंघ नेता कार्यकर्तालाई आग्रह गरेका छन्। ‘तपाईंहरू जित्नेगरी स्ववियु तयारीमा जुट्नुहोस्। विद्यार्थीहरूको मन जित्ने काम गर्नुहोस्। पार्टी पूर्णरुपले नेविसंघको साथमा छ। कांग्रेस र यसका भ्रातृ संस्थाले तपाईंहरूलाई विजयी गराउन भूमिका खेल्नेछन्,’ उनले भने।

    वैधानिक रुपमा समयमै स्ववियु निर्वाचन सम्पन्न गर्न विश्व विद्यालय र सरकार थप गम्भीर भएर कामगर्न आवस्यक रहेको उनले बताएका छन्। कतैबाट पनि स्ववियु निर्वाचनलाई प्रभावित गर्ने कार्य गर्न नहुने र त्यस्तो भएको खण्डमा कांग्रेसलाई स्वीकार्य नहुने उनको चेतावनी छ।

    ‘विद्यार्थी नेता र विद्यार्थीको हकहितका लागि काम गर्ने संस्था स्ववियुको निर्वाचन प्रभावित हुनु हुँदैन। यसमा विश्व विद्यालय र सरकार गम्भीर हुनुपर्छ। निर्वाचन कुनै बहानामा प्रभावित भएमा हामी कडा प्रतिवाद गर्ने छौं,’ उनले भने।

    समयमै नयाँ नेतृत्व चयन हुँदा त्यसमा ऊर्जा भरिएको हुने र क्याम्पस तथा विद्यार्थीको हकका लागि निकै लाभदायक हुने उनको भनाइ छ। ‘स्ववियुका माध्यमले नयाँ नेतृत्व चयन हुने र शिक्षामा गुणस्तरियता कायम गर्न सहयोग समेत पुग्ने भएकाले ,देशमा परिवर्तनको सम्बाहक बन्न, योग्य नेतृत्व लिन आकांक्षा बोकेर देशभर छरिएरका साथीहरू लाई चुनावमा होमिनुहोस ।स्ववियु जितेर तपाईंहरू नवीन ऊर्जाका साथ काम गर्नुहोला,’ उनले भने।

    लोकतान्त्रिक मुलुकमा वैधानिक रुपले तोकिएकै समयमा चुनाव हुन आवश्यक रहेको समेत महरले औंल्याएका छन्। यस्तो हुन सके मात्र प्रजातन्त्र र लोकतन्त्र बलियो हुने उनको भनाइ छ।
    त्रिभुवन विश्वविद्यालयले चैत ५ गते हुने गरी स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरि सकेको छ।
    निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ। २१ गते मतदाता सूची प्रकाशन गरिने र २७ गते उम्मेदवारी दर्ता गर्ने गरी मिति तय गरिएको छ। उम्मेदवारको चैत २ गते राति १२ बजेपछि मौन अवधि लागू हुनेछ। चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने तालिकामा उल्लेख छ।

    मङ्गलबार, फागुन १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.