• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

लोकतन्त्र संस्थागत गर्न अर्थतन्त्रको सृदृढीकरणमा जोड दिनुपर्ने


  •   सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
  • चितवन/लोकतन्त्रको  सस्थागतका लागि अर्थतन्त्रको सृदृढीकरणमा जोड दिनुपर्ने  विज्ञले सुझाव दिएका छन् । एफइएसले  (मंगलबार)भरतपुरमा आयोजना गरेको आर्थिक विकासको माध्यमबाट लोकतन्त्रको सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र पेश गर्दै अर्थविज्ञहरुले नेपालको आर्थिक व्यवस्थापनको सुशासनमा समेत चुनौती थपिएको बताएका हुन् ।योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज पोख्रेलले नेपालले आर्थिक विकासमा हिसाबले आंशिक प्रगती गरेपनि सन्तोष मान्ने स्थिती नरहेकोे बताए । ‘नेपालको खर्च गर्ने क्षमता प्रतिवर्ष घटिरहेको छ । विकासका दृष्टिकोणले सन्तोष मान्ने अवस्था होइन्’उनले भने ‘नेपालको राजनीति र व्यवसायबीच सम्बन्ध सुमधुर नहुँदा पनि आर्थिक विकास भइरहेको छैन ।’
    उनले कानुन र योजना बनाउँदा विकासमा ध्यान दिएर बनाउनुपर्ने बताए । ‘नेपालमा एक करोड कमाउनेले ३९ लाख कर तिर्नुपर्छ । भारतमा ३० लाख तिरे पुग्छ’, नेपालको कर प्रणालीको अवस्थालाई चित्रण गर्दै डा.पोख्रेलले भने ‘धेरै कर तिर्नुपर्ने भएपछि मानिसहरु नेपाल किन बस्ने ।’ नेपालमा पुँजिवाद विरुद्ध बोल्नुभन्दापनि सुधार गर्दै लैजानुपर्ने बताउँदै उनले उद्योगमा लगानी बढाउने वातावरण बनाउन सरकार लाग्नुपर्ने धारणा राखे ।एफइएस नेपालका चन्द्र बहादुर भटट्ले नेपालको अर्थतन्त्र र लोकतन्त्रमा समस्या देखिएको बताएका छन् । ‘अर्थतन्त्र जति कमजोर हुन्छ । लोकतन्त्र त्यति नै कमजोर हुन्छ,’ उनले भने ‘नेपालको अर्थतन्त्र पछिल्ला वर्षमा कमजोर हुँदै गएको छ ।’ कृषि विज्ञान विभागकी साहायक प्राध्यापक डा रमा पौडेलले राजनीतिक दलले दिगो विकासका लागि योजना बनाएर काम गर्नुपर्ने बताइन् । कृषिबाट नेपालको आर्थिक विकास सम्भव रहेको बताउँदै उनले राज्यले कृषिमा लगानी बढाउनुपर्ने बताइन् । नेपालको निर्वाचन प्रकृया मङ्गो बन्दै गएको बताउँदै उनले लोकतन्त्र समेत खतरामा पर्ने स्थिति रहेको बताइन् । ‘नेपालमा निम्न स्तरको मानिस चुनाव लड्न सक्ने अवस्था छैन । पैसाले चुनाव जितेर गएका व्यक्तिले लोकतन्त्र कति सुरक्षित होला?,’ उनले प्रश्न गर्दै भनिन् ‘सही मान्छे छनोटका लागि नलाग्ने हो भने लोकतन्त्र धरासायी बन्छ ।’

    Advertisement

    काठमाडौँ विश्वविद्यालयका प्रोफेसर विनय मिश्रले आर्थिक विकासका लागि संघियाता आवश्यक नरहेको बताए । संघियता माग गर्ने व्यक्तिहरु नै संघमा केन्द्रित भएको भन्दै प्रदेश र केन्द्रको अधिकार स्थानीय तहमा दिनुपर्ने बताए ।
    नेकपा एमाले चितवनका नेता  कृष्णप्रसाद भुर्तेलले राजनीतिक पार्टीले जनताको समस्या समाधान हुनेगरी काम गर्न नसकेको बताए । विभिन्न कानुनका कारण विकास निर्माणमा समस्या भएको भन्दै उनले विकास हुनेगरी कानुन बनाउन सरकार लाग्नुपर्ने बताए ।

    उद्योग वाणिज्य संघ चितवनका सदस्य इमान्दु बरालले उद्योग खोल्ने व्यक्तिलाई राज्यले प्रोत्साहन गर्न नसक्दा यहाँको विकास हुन नसकेको बताए । ‘विदेशमा उद्योग धन्दा खोल्ने व्यक्तिलाई प्राथमिकता दिइन्छ,’ उनले भने ‘यहाँ उद्योग खोल्नका लागि घुस खुवाउनु पर्छ ।’

    कार्यक्रममा प्राध्यापक संघका केन्द्रिय उपाध्यक्ष अन्नतराज ढुगांना , विरेन्द्र क्याम्पस भरतपुरमा अध्यापन गर्नुहुने , सुरक्षा रेग्मी सापकोटा नेपाली कांग्रेस चितवन महिला विभाग प्रमुख कलावती भटराई नेकपा मावोवादी चितवनका नेता सुमन बराल ,राप्रपा चितवनका  रास्वपा चितवन सचिव विशाल कोइराला चितवन च्याम्बरका विशाल भटटराई ,सहकारी संघ चितवनका लेखा विभागका आनन्द राउत, शिक्षक तेजेन्द्रप्रसाद भूषाल, सामाजीक व्याक्तित्व रविभद्र शर्मा खनाल लगायत उद्योगी , व्यावसायि ,शिक्षक, राजनीतिज्ञ हरु १ सय १३ जनाले सहभाागिता जनाएका  थिए । सो क्रममा उनीहरुले लोकतन्त्र आएपनि राजनीतिक दलले देशलाई आर्थिक समृद्धि तर्फ अगाडि बढाउन नसकेको बताएका थिए । कार्यक्रमको सहजिकरण  बालकुमारी क्पापसमा अध्यापनरत शारदा खनाल  , पत्रकार रविन सुवेदी र मिस नेपाल २०२३ की फाइनलिस्ट सुधा देवकोटाले गरेका थिए । कार्यक्रममा एफइएस नेपालका कार्यक्रम संयोजक समिरा पौडेल , एफइएस नेपालका दिपिका ढकालको उपस्थिती रहेको थियो ।

    सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.