• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभलको तयारी तीव्र


  •   सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
  • काठमाडौं/नेपाली खानाको मौलिकता र सांस्कृतिक पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ। विश्वभर छरिएर रहेका नेपाली सेफहरूको पहलमा नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा यो भव्य कार्यक्रम वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजना गरिनेछ। यस ऐतिहासिक कार्यक्रममा मध्यपूर्व, युरोप, अमेरिका लगायत ३६ देशमा कार्यरत करिब ५ हजार नेपाली सेफ प्रतिनिधिहरू सहभागी हुनेछन्। नेपाली पर्यटन प्रवर्द्धनको दिशामा यो महत्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास लिइएको छ। नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयको समेत सहयोग रहने यस कार्यक्रममा नेपाली खानाको स्वाद चाख्न र नेपाली पाककला प्रवर्द्धन गर्न विभिन्न गतिविधिहरू समेटिएका छन्। कार्यक्रममा ‘प्रथम केन्द्रीय अधिवेशन तथा फुड फेस्टिभल – २०१५’ को आयोजना गरिनेछ, जसअन्तर्गत नेपाली खानाको स्तर उन्नति र नेपाली सेफहरूको व्यक्तित्व विकासमा केन्द्रित विभिन्न गतिविधि समावेश गरिनेछ। फेस्टिभलको प्रमुख आकर्षणमध्ये सेफ अवार्ड वितरण, सामाजिक अवार्ड प्रदान, सोसाइटीको आफ्नै पुस्तक विमोचन, मौलिक तथा लोपोन्मुख सांस्कृतिक झाँकी प्रदर्शन, अन्तर्राष्ट्रिय सेफ सम्मेलन, इन्टरकलेज फुड प्रतियोगिता, र नेपाली खानाको प्रदर्शनी प्रमुख रहनेछन्। फेस्टिभलको दौरान विभिन्न देशका नेपाली सेफहरूद्वारा तयार पारिएका ४० ओटा खानाका स्टलहरू राखिने छन्, जसमा नेपाली परम्परागत परिकारदेखि आधुनिक परिकारसम्मको प्रदर्शनी गरिनेछ। नेपाली खानाको माध्यमबाट नेपालका सांस्कृतिक पक्षहरूलाई विश्वसामु चिनाउने लक्ष्य रहेको आयोजकहरूले बताएका छन्। साथै, कार्यक्रममा सेफहरूबीच ज्ञान आदान–प्रदान हुने र उनीहरूको पेशागत उन्नतिमा टेवा पुग्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका केन्द्रीय संयोजक अरुण अधिकारीका अनुसार, “यो फेस्टिभलले नेपाली सेफहरूलाई एकताबद्ध गर्न मात्रै होइन, नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न पनि ठूलो योगदान दिनेछ।” त्यस्तै, सोसाइटी नेपालका महासचिव गिरिराज भट्टले पनि यस फेस्टिभलले नेपालका पाक उद्यमलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने बताउँदै, “नेपाली खानाका परिकारहरूलाई विशेष रूपमा प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनेछ” भन्ने धारणा राखे। यस फेस्टिभलसँगै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम महाधिवेशनको तयारी पनि तीव्र रूपमा भइरहेको छ। महाधिवेशनमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ। हालसम्म ११ देशमा अधिवेशन सम्पन्न भइसकेको र अन्य मुलुकहरूमा प्रक्रिया जारी रहेको जानकारी प्रवक्ता युवराज तामाङले दिए। नेपाली सेफ सोसाइटीले नेपालभित्र र बाहिर रहेका नेपाली सेफहरूलाई एकसाथ जोड्ने कार्य गरिरहेको छ। २०१८ मा युएईबाट सुरु भएको यो संस्था हाल ३६ देशमा फैलिइसकेको छ। नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भइसकेको यस संस्थाले नेपाली खानाको प्रवर्द्धन गर्दै सेफहरूको हकहितको लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ। यस भव्य फेस्टिभलले नेपाली खानाको लोकप्रियता अन्तर्राष्ट्रिय स्तरमा अझ फैलाउने र नेपाली पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

    Advertisement

    सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.