चितवन/प्रेस चाैतारी नेपाल, बागमती प्रदेशकाे दाेश्राे अधिवेशन फागुन ११ गते चितवनमा सम्पन्न हुने भएकाे छ । अधिवेशनकाे नारायणगढ स्थित नारायणी कलामन्दिरकाे सभाहलमा उद्घाटन सत्रकाे आयाेजना गरिएकाे प्रेस चाैतारी बागमती प्रदेशका अध्यक्ष राधेश्याम खतिवडाले बताउनुभयो । अधिवेशन उद्घाटन फागुन ११ गते दिउँसो ३ बजे नारायणी कलामन्दिरमा सम्पन्न हुने छ भने बन्दसत्र पुल्चोकस्थित गँगाेत्री हाेटलमा साँझ ६ बजेबाट शुरुहुने अध्यक्ष खतिवडाले जानकारी दिनुभयाे । अधिबेशनमा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल,प्रचार विभाग प्रमुख राजेन्द्र गाैतम, प्रेस चाैतारीका अध्यक्ष गणेश बस्नेत लगाएका नेताहरुकाे उपस्थिति रहने समेत खतिवडाले बताउनुभयो । अधिवेशनमा आतिथ्यता प्रेस चाैतारी नेपाल चितवन शाखाले गरेकाे चाैतारी चितवन अध्यक्ष सुवास पण्डितले जानकारी दिनुभयो ।
Advertisement




