• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

विर्सिएका प्रजातान्त्रिक जगहरु लोपयुक्त प्रतिविम्बको फ्ल्यासब्याक


  •   बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
  • हुँदैन बिहान मिर्मिरेमा
    तारा झरेर नगए
    हुँदैन सपना आँखाभरि
    आँसु बनेर नगए

    Advertisement

    विहिलेको समयमा [के भन्ने हाम्रो समय दशमोहर महिनाको कमाई हाम्रो युगको पानि राम्रो भनेझै] गीत संगीतको क्षेत्रमा पनि अंकुश जस्तै थियो जसवेला नि कता कता दमनको अत्याचार अब त् अति नै भयो भनेर जसले जे गर्न सक्छ र सक्थ्यो तत्कालिन समयमम सवैले आ-आफ्नो क्षेत्रबाट आफ्नो शिप अनि कला देखाउन शुरु भैसकेको थियो, यानिकी कलम चल्न थाले, आम नेपालीलाई निन्द्राबाट जगाउन वा रास्ट्रीय भावना भित्री मन देखि नै जुरामुराएर आफुलाई संघर्षको मैदानमा होमिन देशभावनाले ओतपोतभई बुलन्द आवाज सहितको जुलुसहरू निकिलिए जस्कालागि माथिका कालजयी गीती सब्दहरुको अतुलनीय योगदान रहेको थियो ।तर विडम्बना जसलाई अहिले त वर्षको एक एक दिन माघ १६ अनि फागुन ७ गतेका दिनमा कुनै कुनै नेपालि एफ एमले बजाएको यदाकदा सुन्न पाउछौ हामि । यहाँ बुझ्न जरुरि छ वा बुझाउन जरुरिछ स्कुले शिक्षा देखिनै कि प्रजातन्त्र को अंकुर के थियो, त्यसको बिजारोपण किन र कसरि गरियो अनि भयो, त्यसको आधार स्तम्भले बनाएको जग आज कहा छ, त्यो जगको धुरी मारियो कि नाइँ भनेर अर्थात विट। भानिन्छा आर सी सी भवन को आयु १०० वर्ष रे तर त्यो बलिदानको त् आयु नै हुदैन अजर अनि अमर हुन्छा तर आज ७५ ऑ प्रजातन्त्र दिवस सैनिक मंच टुडिखेलबाट मनाउदै गर्दा कतै बिर्सी सकिएका त छैनन् ति प्रजातन्त्रका अंकुरहरू, प्रहर, सिढीहरु अनि स्पन्दनहरू । स्मरण रहोस् नयाँ पिढीमावीर अमर सहिद, आम जनता, नेपाली त्यस समयको राजा त्रिभुवन बिर बिक्रम शाहदेव अनि भारतीय संरक्षण र सहयोग, नेपालि काँग्रेस पार्टी अनि बिश्वब्यापी चलेको क्रान्तिको लहड सबै २००७ साल लाइ इतिहास बनाउन सफल मियोहरु हुन् ।
    राणाशासनको उदय
    राणाशासनको सुरुवात नेपालमा १९४७ साल (१८४७ ई.) मा भएको थियो, जब जंग बहादुर राणाले कोत पर्वपछि राजकीय शक्ति हातमा लिए। उनले नेपालमा राणा वंशीय प्रधानमन्त्री प्रणाली स्थापन गर्दै शासकीय अधिकार केन्द्रीकृत गरे। यस व्यवस्थाले झण्डै १०४ वर्षसम्म नेपाललाई निरंकुश राणा शासन अन्तर्गत राख्यो।
    राणाहरूले मुलुकमा स्थायित्व ल्याए पनि उनीहरूको शासन निरंकुश, दमनकारी र जनतामाथि अन्यायपूर्ण थियो। शिक्षामा प्रतिबन्ध, प्रेस स्वतन्त्रतामाथि रोक, तथा केवल आफ्नो परिवार र निकट व्यक्तिहरूलाई मात्र सत्ता हस्तान्तरण गर्ने प्रवृत्तिले देशलाई पछाडि धकेल्यो।
    राणाकालिन राजाहरुको शाशन व्यवस्था
    राजाहरू र उनीहरूको शासनकाल :
    १) राजा सुरेन्द्र वीर विक्रम शाह (१८४७-१८८१)
    जंग बहादुर राणाले शक्तिशाली भएपछि राजा सुरेन्द्रलाई केवल औपचारिक रूपमा राखियो।
    शासनको सबै अधिकार राणाहरूको हातमा रह्यो।
    २) राजा प्रताप सिंह शाह (१८८१ – १९११)
    उनले बाल्यकालमै राजगद्दी सम्हाले, तर देशको शासन शक्ति पूर्ण रूपमा राणाहरूको नियन्त्रणमा रह्यो।
    यो अवधिमा चन्द्र शमशेर राणाले नेपालमा धेरै सुधारसहितका कडा नीतिहरू लागू गरे।

    राजा त्रिभुवन वीर विक्रम शाह (१९११ – १९५०)
    राणाशासन अन्त्य गर्ने प्रयास गर्ने पहिलो राजा।२००७ सालको प्रजातान्त्रिक आन्दोलनमा संलग्न भई भारत शरण लिए।जनक्रान्तिपछि नेपाल फर्के र राणाशासनको अन्त्य भयो।
    राणाशासनको अवधिभर राजाहरू केवल प्रतीकात्मक रूपमा दरबारभित्र सीमित थिए, जबकि प्रशासनिक, सैन्य, र आर्थिक शक्ति राणाहरूलेनै सञ्चालन गर्थे।राणाकालीन प्रधान्मत्रीहरु अनि कार्यकाल, सुधारवारी राणाप्रधान्मत्रीहरु अनु सुधारका कामहरू राणाकालीन प्रधानमन्त्रीहरू नेपालका वास्तविक शासक थिए, जसले करिब १०४ वर्ष शासन गरे। उनीहरू जीवनभरिका लागि सत्तामा बस्ने व्यवस्था गर्थे।

    राणाकालीन प्रधानमन्त्रीहरू र कार्यकाल:
    राणाशासन मूलतः निरंकुश भए पनि केही राणाहरूले शिक्षा, कानुन र भौतिक पूर्वाधारमा योगदान गरे।
    १) जंग बहादुर राणा (१८४६-१८७७)
    कोत पर्वमार्फत सत्ता हातमा लिए।
    मुलुकी ऐन (१८५४) जारी गरी कानुनी संरचना सुधार गरे।
    विदेश भ्रमण (बेलायत) गरी नेपाललाई अन्तर्राष्ट्रिय चिनारी दिलाए।
    २) रणोद्दीप सिंह राणा (१८७७-१८८५)
    कोतपर्वको घटनालाई व्यवस्थित गर्दै प्रशासनमा केही सुधार ल्याए।
    तर, परिवारभित्रैको षड्यन्त्रका कारण हत्या गरिए।
    ३) वीर शमशेर राणा (१८८५-१९०१)
    विद्युत् र सञ्चार प्रणालीको विकास गरे।
    श्री ५ रणोद्दीप पुस्तकालय स्थापना गरे।
    ४) देव शमशेर राणा (१९०१ – केही महिना)
    उदार नीतिका कारण अल्पकालीन शासन।
    पहिलो नेपाली पत्रिका गोरखापत्र प्रकाशन गरे।
    ५) चन्द्र शमशेर राणा (१९०१-१९२९)
    स्लावेरी उन्मूलन (१९२५) गरे(दास, सतीप्रथा उन्मुलन लगायत…) ।
    त्रिचन्द्र कलेज, सिंहदरबार निर्माण।
    ६) जुद्ध शमशेर, पद्म शमशेर, मोहन शमशेर (१९२९-१९५१)
    जुद्ध शमशेरले भूकम्पपछिको पुनर्निर्माण गरे।
    पद्म शमशेरले प्रजातान्त्रिक सुधारका प्रयास गरे।
    मोहन शमशेरको पालामा राणाशासनको अन्त्य भयो।

    पतनको जननी :
    जनआन्दोलन र असन्तुष्टि; लामो समयसम्म निरंकुश शासनका कारण जनता, सेना, तथा बौद्धिक वर्ग असन्तुष्ट हुँदै गए।राजा त्रिभुवनको सक्रियता ; राजा त्रिभुवनले प्रजातन्त्रवादी शक्तिहरूसँग मिलेर राणाहरूको विरोध गरे।नेपाली कांग्रेसको संघर्ष ; नेपाली कांग्रेसले सशस्त्र क्रान्ति गर्दै प्रजातन्त्रको माग गर्‍यो। भारत सरकारको भूमिका; भारतले प्रजातन्त्र पक्षधर शक्तिलाई सहयोग गर्‍यो र नेपालमा परिवर्तनको समर्थन गर्‍यो।अन्तर्राष्ट्रिय दबाब ; द्वितीय विश्वयुद्धपछि विश्वभर लोकतन्त्रको लहर चल्दा नेपालमा पनि यसको प्रभाव पर्यो; अशिक्षा र सामाजिक अन्याय ; राणाहरूले शिक्षामा रोक लगाउँदा जनता सचेत हुन थाले र विरोध बढ्यो।
    २००७ सालको प्रजातन्त्र स्थापनाका गर्ने रोल मोडेलहरू:
    **सहिदहरूकोबलिदान**
    गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्द नेपालका वीर सहिदहरू हुन्, जसले राणा शासनको निरंकुशता अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन अर्पण गरे। उनीहरू नेपालमा जनताको स्वतन्त्रता, मानव अधिकार र समतामूलक समाज स्थापनाका पक्षधर थिए।
    शुक्रराज शास्त्री समाज सुधारक तथा राजनीतिज्ञ थिए, जसले नेपालमा प्रजातान्त्रिक विचारधाराको प्रचार गरे। उनले जनता शिक्षित हुनुपर्छ र शासकहरूलाई प्रश्न गर्नुपर्छ भन्ने अवधारणा फैलाए, जसका कारण उनलाई १९९७ सालमा फाँसी दिइयो। धर्मभक्त माथेमा प्रजातान्त्रिक आन्दोलनका एक प्रमुख अभियन्ता थिए, जसले युवा पुस्तालाई सचेत गराउँदै राणा शासनविरुद्ध संगठित गरे। उनलाई राणाहरूले बलिबीच झुन्ड्याएर हत्या गरे।
    गंगालाल श्रेष्ठ तथा दशरथ चन्द राष्ट्रप्रेमी युवाहरू थिए, जसले राणा शासनको अत्याचारविरुद्ध संघर्ष गरे। उनीहरूलाई सैनिक अदालतले मृत्युदण्डको सजाय सुनायो, तर अन्तिम क्षणसम्म पनि उनीहरूले न्यायको पक्षमा दृढ अडान लिए।
    यी वीर सहिदहरूको बलिदानकै कारण नेपाली जनतामा प्रजातन्त्रप्रति जागरुकता फैलियो र अन्ततः २००७ सालमा नेपालले निरंकुश राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र प्राप्त गर्न सफल भयो। उनीहरूको योगदान नेपाली इतिहासमा सधैं अमर रहनेछ।
    *नेपाली जनता र सेनाको भूमिका**
    • जनताले क्रान्तिमा सहभागिता जनाउँदै प्रदर्शन तथा संघर्ष गरे।
    • नेपाली सेनाभित्र राणाविरोधी धारणा बढ्दै गएपछि दबाब सिर्जना भयो।
    **राजा त्रिभुवन**
    • राणा शासनको अन्त्यका लागि सक्रिय रूपमा लागे।
    • नेपाली कांग्रेससँग सहकार्य गर्दै भारत सरकारको समर्थन लिए।
    • २००७ साल माघ ४ गते दिल्ली सम्झौताका लागि पहल गरियो।राजा श्री ५ विर विक्रम शाहदेव भारत जादा राजा श्री ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाइ सानै छादा राज गद्दीको उत्तराधिकारी राख्न देशमै छोडेर भारत जाने योजना बनाएर जानु भएको थियो ।
    **नेपाली कांग्रेस (नेता र भूमिका)**
    • बिपी कोइराला – क्रान्तिको विचारधारात्मक नेता, सशस्त्र संघर्षको समर्थन गर्दै भारतीय भूमिबाट संगठन विस्तार गरे।
    • सुभर्ण शमशेर राणा – आर्थिक तथा कूटनीतिक सहयोग जुटाउने कार्य गरे।
    • गणेशमान सिंह – क्रान्तिको संगठनात्मक नेतृत्व गर्दै भूमिगत आन्दोलन चलाए।
    ** भारत सरकार**
    • भारतले नेपाली क्रान्तिकारीहरूलाई सहयोग गर्दै वार्तामा मध्यस्थता गर्‍यो।
    • राणाहरूलाई सत्ताबाट हटाउन दबाब दियो।

    २००७ सालको प्रजातन्त्रको विधिगत घोषणा
    नेपालमा २००७ सालको प्रजातन्त्र घोषणा लामो संघर्ष, सशस्त्र विद्रोह, राजकीय सक्रियता, र कूटनीतिक पहलको परिणामस्वरूप सम्भव भयो।
    १. राजा त्रिभुवनको भारत पलायन
    • राजा त्रिभुवनले राणा शासनविरुद्ध स्पष्ट रूपमा आफ्नो असन्तुष्टि जनाए।
    • राणाहरूले त्रिभुवनलाई हटाएर गोपाल शमशेरलाई राजा बनाउन खोजे।
    • २००७ साल कार्तिक २१ गते राजा त्रिभुवन राजपरिवारसहित भारततर्फ निर्वासनमा गए।
    • भारतले त्रिभुवनलाई नै नेपालको वैधानिक राजा मानेर राणाहरूलाई दबाब दिन थाल्यो।
    २. नेपाली कांग्रेसको सशस्त्र संघर्ष
    • नेपालमा राणा शासनको निरंकुशता र जनतामाथि दमन हुँदै गएको थियो।
    • राणा शासनविरुद्ध नेपालभित्र र भारतमा रहेका नेपाली क्रान्तिकारीहरू संगठित हुन थाले।
    • नेपाली राष्ट्रिय कांग्रेस (बिपी कोइरालाको नेतृत्वमा) र नेपाल प्रजा परिषद् (विप्लव समूह) एकीकरण भएर नेपाली कांग्रेस बनाइयो।स्थापनाकर्ताहरू बिपी कोइराला, सुभर्ण शमशेर राणा,मातृका प्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरीजा प्रसाद कोइराला अन्य थिए ।
    • २००७ साल माघ २ गते नेपाली कांग्रेसले बिनासंघर्ष सत्ता हस्तान्तरण नहुने भन्दै विराटनगर, धनकुटा, र अन्य ठाउँमा सशस्त्र विद्रोह गर्‍यो।
    • देशभरि राणाविरोधी आन्दोलन चर्कियो, जसका कारण राणाहरू कमजोर हुँदै गए।
    ३. दिल्ली सम्झौता (२००७ माघ ४)
    • भारतको मध्यस्थतामा राणा प्रतिनिधि, राजा त्रिभुवन, र नेपाली कांग्रेसबीच दिल्लीमा वार्ता भयो।
    • सम्झौताअनुसार राणाशासन अन्त्य हुने, लोकतान्त्रिक सरकार बन्ने, र नेपाली जनताको अधिकार सुरक्षित गरिने सहमति भयो।
    • मोहन शमशेरलाई कार्यकारी प्रधानमन्त्री बनाई नेपाली कांग्रेसका नेताहरूसहित अन्तरिम सरकार बनाउने निर्णय भयो।
    ४. प्रजातन्त्रको औपचारिक घोषणा (२००७ फागुन ७)
    • राजा त्रिभुवन २००७ साल फागुन ४ गते नेपाल फर्किए।
    • २००७ साल फागुन ७ गते सिंहदरबारबाट राजा त्रिभुवनले “नेपालमा प्रजातन्त्र स्थापना भएको छ” भनेर औपचारिक रूपमा घोषणा गरे।
    • नेपाली जनता तथा सेनाले राणाशासनको अन्त्यलाई खुसीयालीसाथ मनाए।

    उपलब्धि: प्रजातन्त्रपछिको नेपाल अधिराज्यको राजकाज
    २००७ सालमा प्रजातन्त्रको स्थापनासँगै नेपालमा शासन प्रणालीमा नयाँ परिवर्तनहरू भए। यद्यपि, पूर्ण लोकतान्त्रिक व्यवस्था आउन अझै धेरै संघर्ष आवश्यक थियो।
    अन्तरिम सरकार र शक्ति संघर्ष (२००७ – २०१७)
    • २००७ साल फागुन ७ पछि राजा त्रिभुवनले प्रजातन्त्रको घोषणा गरे।
    • मोहन शमशेरको नेतृत्वमा नेपाली कांग्रेससहितको अन्तरिम सरकार बनाइयो।
    • तर, राणाहरूले सत्ता छोड्न नचाहेपछि २००८ सालमा मोहन शमशेरले राजीनामा दिए।

    नागरिक अधिकारको विकास, बहुदलीय प्रणालीको थालनी, शिक्षा र सामाजिक विकास

    उपसंहार:
    हो यसरि बनेको सिङ्गो देश नेपाल, सबैले स्थान पाएको अनि बक्सिस दिएको इतिहास बोकेको हामि । श्री ३, श्री ५, १९९७ साल, २००७ साल, २०१७ साल, २०३६ साल, २०४६ साल, २०५८ साल, २०६२/६३ साल अनि २०६५ साल २०७२ साल अहिले त हामि राजनैतिक गठबन्धन को युग देखिरा छौ, नयाँ शक्ति अनि व्यक्ति उदय भइ रहेका छ । कोहि संस्थागत भए कोहि हुदै छन, कोहिले अवसर पाए कोही निमोठीदै छन् ।कस्तो इतिहास बोकेको हामी अहिले हाम्रो इतिहास लाइब्रेरी गएपछि मात्र था हुने भए । धेरै बने बनाए तर त्यसको बदलामा चार गुना पहिलेनै सकिएका रहेछन समबृद्दीका पुराना स्तम्भ अनि जगहरु अवसेस सुन्न पाउछौ कहिलेकाही । प्रजातन्त्र ले बार्हखरी सिकायो, २०१७ सालले लड्न सिकायो, तर अहिले का रिल अनि टिकटक का भिडियो मा देख्छु राजाकाज सम्बन्धि भिडियो अन्तरा, पुराना इतिहासविदहरुको पुस्तक पढछु, अन्तर्वार्ता देर्छु, लेख पढछु, कहिँ फेक हो कि सहि था छैन तर प्रजातन्त्रले दिएको उपज स्वरूप विगतका राष्ट्रप्रमुखहरूको अगाडि झुकेका बिदेशी रास्ट्रको प्रमुखहरुको शिर अहिले एकादेश को कथा झैँ भए । अझै नाशी सेको छैन भत्किनु अघि केहि गर है ।

    हरि ओम अर्याल- समाज सेवी/सामाजिक अभियान्ता
    तार्केश्वोर न पा काठमाडौं
    hariom.aryal2024@gmail.com

    पाचौ शृंखला सम्वत् २०८१ साल फागुन ७ रोज ७ शुभम्

    बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.