• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह


  •   बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
  • चितवन/गर्मी समय सुरु भएसँगै निकुञ्ज र वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि सरोकारवालाहरु चनाखो वन्न आग्रह गरिएको छ । फागनु लागेपछि वन क्षेत्रमा हुन आगलागीका कारण बिभिन्न समयमा धनजनको क्षती हुने भएकाले निकुञ्ज र वन क्षेत्रमा आगलागी हुन नदिन सबैलाई अनुरोध गरिएको हो । डिभिजन वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्जले वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि सबैलाई तयारी हुन आग्रह गरेका छन् । वन कार्यालयका सूचना अधिकारी देविप्रसाद पौडेलका अनुसार कार्यालय मातहतका सब डिभिजनहरुलाई पत्राचार गरिसकिएको छ । सबै सवडिभिजनमा अग्नि नियन्त्रण समुह गठन गरी आगो निभाउन, अग्नी नियन्त्रण रेखा स्थापना गर्ने लगायतका कामहरु भईरहेको उहाँले बताउनुभयो । बरण्डाभार क्षेत्रमा बढिमात्रामा आगोको जोखिम रहेकाले सबै क्षेत्रमा अग्नि रेखा कायम गरी यसलाई स्थापित गर्न आग्रह गरिएको छ ।

    Advertisement

    स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरु बीचको अन्तरक्रिया सहित अग्नि नियन्त्रणका लागि परिचालन गर्न लागिएको उहाँले बताउनुभयो । यसै अभियानका लागि कार्यालयले हरित स्वयमसेवक छनोटको काम समेत सकेको उहाँले जानकारी दिनुभयो । वन रक्षक सहित हरित स्वयमंसेवकले डढेलोका कारण हुन सक्ने क्षती न्यूनिकरण, डढेलो नियन्त्रण लगायतका क्षेत्रमा काम गर्नेछन् ।

    पौडेलले भन्नुभयो “डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री समुदाय स्तरमा पुर्‍याईएको छ भने केही पुर्‍याउन बाँकी रहेको छ । हरेक सवडिभिजन क्षेत्रमा रहेको नेपाल प्रहरी एवं सुरक्षाकर्मीहरुलाई अग्नि नियन्त्रक सामग्री उपलव्ध गराउने तयारी गरेका छौ ।” पानीको ट्याङ्की, फायर स्वाटर, वाटर व्याग, वाइन्डव्लोर लगायतका सामाग्री खरिद गरी वितरणको प्रक्रिया सुरु गरिएको उहाँले बताउनुभयो ।

    वन क्षेत्रमा घाँसदाउरा गर्न जाँदा चुरोट खाएर ठूटा ननिभाई फाल्ने, आगो लगाएर ननिभाई हिड्ने जस्ता कार्यले गर्दा आगो वस्तिमा समेत पस्ने गरेको उहाँले बताउनुभयो । यसलाई रोक्नका लागि डिभिजन वन कार्यालय अन्तर्गत रहेका सामुदायीक वन, कवुलियती वन, धार्मीक वन र संरक्षित क्षेत्र परिषदका उपभोक्ताहरुलाई सचेतनाका लागि अभियान चलाईएको उहाँले जानकारी दिनुभयो । वन कार्यालय माताहतमा ५४ हजार हेक्टरभन्दा बढि जमिनमा रहेको वन रहेको छ ।

    यस्तै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरले मध्यवर्ती क्षेत्रबाट डढेलो सल्किने गरेको भन्दै उपभोक्ताहरुलाई सजग रहन आग्रह गर्नुभयो । निकुञ्जको कुल क्षेत्रफल ९५२ दशमलब ६२ वर्ग किलोमिटर रहेको भए पनि मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न आउनेले आगो लगाईदिदा निकुञ्जको चुरे क्षेत्र बढि प्रभावित वन्ने गरेको उहाँले बताउनुभयो ।

    कतिपय स्थानमा निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि आफै डढेलो लगाउने गरेको भए पनि अनियन्त्रीत डढेलोका कारण वन र वन्यजन्तुमा नकारात्मक प्रभाव पर्ने भएकाले डढेलो लाग्न नदिने उपायको बारेमा स्थानीय उपभोक्ताहरुसँग छलफल गरिएको उहाँले बताउनुभयो । अहिले निकुञ्जमा फायरलाईन निर्माण, सरसफाई, अग्नि नियन्त्रण सामग्रीको मर्मत लगायतका कामहरु भईरहेको उहाँले जानकारी दिनुभयो । निकुञ्जमा प्रयाप्त मात्रामा अग्नि नियन्त्रणको समाग्री नभए पनि भएका सामग्रीहरुबाट काम लिइदैं आइएको छ ।

    बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.