• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

साल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित


  •   सोमबार, माघ २८, २०८१ मा प्रकाशित
  • काठमाडौं/नेपाल व्यवस्थापन संघ (म्यान)ले वर्ष २०२४ का लागि प्रदान गर्ने ‘म्यानेजर अफ द इयर’ अवार्डबाट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ सम्मानित हुनुभएको छ। संघको ४४औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा उहाँलाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।साल्ट ट्रेडिङको वित्तीय सुदृढता, बजार विस्तार, तथा सामाजिक कल्याणका क्षेत्रमा उहाँले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै छनोट समितिले उहाँलाई ‘म्यानेजर अफ द इयर’ अवार्ड प्रदान गर्ने निर्णय गरेको संघले जनाएको छ । श्रेष्ठको नेतृत्वमा साल्ट ट्रेडिङ देशकै प्रभावशाली सार्वजनिक संस्थामध्ये एकका रूपमा स्थापित भई अग्रणी स्थानमा उभिन सफल हुनुभएकाले उहाँलाई ‘म्यानेजर अफ द इयर’ अवार्ड प्रदान गरिएको संघले स्पष्ट समेत पारेको छ । साल्ट ट्रेडिङमा श्रेष्ठको योगदान श्रेष्ठले विगत लामो समयदेखि साल्ट ट्रेडिङ कर्पोरेशनमा निरन्तर योगदान पु¥याउँदै आउनुभएको छ। उहाँले २००७ देखि संस्थाको सीईओको रूपमा नेतृत्व सम्हाल्दै संस्थालाई आर्थिक रूपमा मजबुत बनाउनुका साथै व्यवस्थापन क्षमतामा उल्लेखनीय सुधार ल्याउनुभएको छ । नेपालभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नु मात्र नभई, व्यापार विविधिकरण गर्दै साल्ट ट्रेडिङलाई दिगो आर्थिक वृद्धि र सामाजिक उत्तरदायित्वमा समेत अग्रणी बनाउने उहाँको भूमिका निर्णायक रहदै आएको छ। नेपालका शहरदेखि दुर्गम क्षेत्रसम्म आवश्यक मात्रामा नुन आपूर्ति सुनिश्चित गर्न रणनीतिक योजना लागू गर्ने कार्यदेखी संस्थालाई एकल व्यवसाय मोडलबाट बहुआयामिक व्यापारिक रणनीतितर्फ रूपान्तरण गर्दै आयआर्जनका स्रोतहरू फराकिलो पार्ने योजनामा उहाँले महत्वपूर्ण कार्य गर्नुभएको छ । त्यस्तै साल्ट ट्रेडिङलाई आर्थिक रूपमा सुदृढ र आत्मनिर्भर बनाउन दूरदर्शी नीति अपनाउनुका साथै समुदायलाई लक्षित विभिन्न कार्यक्रम तथा कल्याणकारी योजनाहरू सञ्चालन गर्नमा पनि उहाँको अह्म भूमिका रहदै आएको छ । कर्मचारी व्यवस्थापन, प्रविधिको अधिकतम उपयोग र सेवा सुधारमा विशेष ध्यान दिदै संगठनको चुस्त व्यवस्थापन कार्यमा उहाँको योगदान अतुलनिय छ । सम्मान ग्रहण पश्चात श्रेष्ठले प्रतिक्रिया दिदै योआफ्नो सफलता संस्थाका सम्पूर्ण कर्मचारी, व्यवस्थापन टोली र साझेदारहरूको साथ सहयोगबाट मात्र संभव भएको बताउनु भन्नुभयो ‘यो अवार्ड मेरो मात्र होइन, साल्ट ट्रेडिङ परिवारको सम्पूर्ण टिमको मेहनतको परिणाम हो। संस्थाको दिगो विकास, पारदर्शिता, र सामाजिक उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धता यही सम्मानका लागि प्रेरणा बनेको छ।’ उर्मिला श्रेष्ठको नेतृत्व, दूरदर्शिता र व्यवस्थापन कुशलता कर्मचारी र नेपाली व्यावसायिक क्षेत्रका लागि प्रेरणाको स्रोत रहदै आएको साल्ट ट्रेडिङका सहायक सिईओ ब्रजेश कुमार झाले बताउनुभएको छ। ‘म्यानेजर अफ द इयर’ अवार्डको महत्व नेपाल व्यवस्थापन संघले हरेक वर्ष व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने एकजना उत्कृष्ट व्यवस्थापकलाई यो अवार्ड प्रदान गर्दै आएको छ। यस अवार्डले नेपाली व्यवस्थापकहरूको पेशागत क्षमता र नेतृत्व प्रतिभालाई उच्च सम्मान गर्दै थप प्रेरित गर्ने उद्देश्य बोकेको छ। यस अवार्डलाई नेपाली व्यवस्थापकहरूको क्षमता र नवाचारलाई अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित गर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा हेरिदै आईएको छ।

    Advertisement

    सोमबार, माघ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • २.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ३.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ६.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ७.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ८.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.