• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

आईसोलेसनबाटै अस्पताल हाँक्दै : मेसु डा. तिवारी


  •   बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
  • भरतपुर/सके र भएसम्म कोरोना रोगको उपचारको जिम्मेवारीबाट निजी क्षेत्र पन्छिन चाहिरहेका छन् । देशैभर सरकारी स्वास्थ्य संस्थाले कोरोना रोगको उपचारमा नेतृत्व गरिरहेका छन् । यस्तै नेतृत्व गर्दै आइरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले दुई सातादेखि आफै कोरोना सङ्क्रमण सँग लड्दै अस्पताल हाँकी रहनुभएको छ ।

    बाह« दिन अघि अस्पतालमै खटिरहँदा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भयो । स्वाब दिएको तीन दिनमा नतिजा आउँदै गर्दा त्यसबीचमा गरिएका अस्पतालका बैठकमा सहभगी, दैनिक अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सबै त्रसित भएका थिए । तिवारीमा पनि लक्षण देखिएको थियो ।

    राती घरमै भएका बेला सङ्क्रमण देखिएपछि भोलिपल्ट सबेरै अस्पतालमै आएर आइसोलेसनमा बसेर उहाँले उपचार गर्न शुरु गर्नुभयो । उहाँले भन्नुभयो “चार दिनसम्म त मलाई गाह्रो भयो, त्यसपछि फोनबाट काम गर्न थालें ।” शुरुका दिनमा खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जाँगर नचल्ने, खाने कुरामा स्वाद थाहा नपाउनेजस्ता समस्या उहाँमा देखिएको थियो ।

    Advertisement

    तिवारीमा सङ्क्रमण देखिएलगत्तै निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी डा. जगन्नाथ तिवरीलाई दिइएको छ । कोभिड व्यवस्थापनका लागि डा. प्रमोद पौडेलको संयेजकत्वमा कोभिड क्लिनिकल टिम परिचालन भइरहेको छ । अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी पनि नियमित अस्पतालमा खटिरहनुभएको छ । कामको उच्च चापका कारण तिवारी अइसोलेसनबाटै टेलिफोन गरेर अधिकांश काममा जुटिरहनुभएको छ ।

    तिवारीले भन्नुभयो, “अध्यक्ष ज्यूदेखि मन्त्रालयसम्म समन्वय गर्ने काम फोनबाटै गरिरहेको छु ।” जसले जे जिम्मेवारी पाए पनि अन्तिम निचोड लिँदा प्रमुखसँग समन्वय गर्ने गर्दछन् । सामान्यदेखि ठूला समस्या सुरुमा आफुमै आएर ठोक्किनेहुँदा काम गर्दिन भनेर सुख पाउने ठाउँ पनि नहुने उहाँको भनाइ छ । अईसोलेसनमै रहनुभएका तिवारीले टेलिफोनमा भन्नुभयो, “मन्त्रालयले हामीलाई पाँच थान भेन्टिलेटर खरिदको सुनिश्चितत गरेको छ ।” भेन्टिलेटर थपिदैं गर्दा उपचारमा सहज हुने भन्दै उहाँले खुशी प्रकट गर्नुभयो ।

    हाल अस्पतलको १० शै्ययाको कोभिड सघन उपचार कक्षमा दुई वटा र २० शै्ययाको साधारण सघन उपचार कक्षमा चारवटा मात्र भेन्टिलेटर छन् । तिवारीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले टेलिफोन गरी स्वास्थ्य लाभको कामनासँगै सङ्कटमा जुट्ने स्वास्थ्यकर्मीको मुल्याङ्गकन राज्यले गर्ने बताउनुभएको भन्दै उहाँले खुशी प्रकट गर्नुभयो । भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी गरि १५ जनालाई सङ्क्रमण देखिएको छ ।

    तिवारी अघिल्लो वर्षको असार अन्तिमसाता यहाँ प्रमुख भएर आउनुभएको हो । गएको चैत महिनाबाट उहाँ निरन्तर कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिदै आउनुभएको छ । उहाँले भन्नुभयो “अहिले पनि मेरो ध्यान कसरी आम सर्वसाधारणलाई उपचार दिने भन्नेमै केन्द्रित छ ।” पछिल्ला दिनमा कोरोना भएका र नभएकालाई कसरी सुरक्षित उपचार गर्ने भन्नेमा आफुहरु लागि परेको तिवारी बताउनुहुन्छ ।

    भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । परोपकार प्रसूति गृहपछि सबैभन्दा धेरै प्रसूति गराउने यस अस्पतालले भरतपुर कोभिड–१९ प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले प्रमुख तिवारी आइसोलेसनमा रहँदा पनि समन्वय गरेरै काम गरिरहेको बताउनुभयो । सबैको समन्वय र सहयोगले अस्पताल सहजरुपमा अघि बढेको उहाँको भनाइ छ ।

    यही मंगलबार पुनः परिक्षण गर्दा तिवारीमा सङ्क्रमण कायमै छ । भरतपुर अस्पतालमा वार्षिक चार लाख भन्दाबढी बिरामीले सेवा लिन्छन् । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी गरी सात सय हाराहारी कार्यरत छन् । अस्पतालक सूचना अधिकारी लिलाधर पौडेल देशकै महत्वपूर्ण अस्पताल भएकाले यसको व्यवस्थापन आफँैमा चुनौतिपूर्ण रहेको बताउनुहुन्छ । रासस

    बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.