• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

सरकारले कृषि ऐन जारी गर्ने तयारीमा रहेको : कृषि मन्त्री अधिकारी


  •   शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
  • चितवन/भरतपुरमा रहेका चितवन प्रदर्शनी केन्द्रमा आजदेखि सुरु भएको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्नुभएको छ ।
    प्रदर्शनीको उद्घाटन गर्दै अधिकारीले सरकारले कृषि ऐन जारी गर्ने तयारीमा रहेको बताउनुभयो । किसानहरुको सुझावलाई आफूहरु कृषि ऐनमा समेट्न तयार रहेको भन्दै मन्त्री अधिकारीले आवश्यक र समय सान्दर्भिक सुझावहरु दिनका लागि आग्रह गर्नुभयो । ‘सरकारले ल्याउन लागेको कृषि ऐन आएपछि नेपालका कृषकहरुले हामी सक्षम छौँ, हामी गरिब भएर तथा खान नपाएर कृषिमा लागेका होइनौँ भन्ने भावनाको विकास हुन्छ’ उहाँले भन्नुभयो, ‘कृषि पेसालाई सम्मानित बनाउनेगरी ऐन जारी गर्न लागिएको छ ।’
    दूधबाट दही, मोही, घ्यु र कुराउनी मात्रै बन्छ भन्ने आम धारणा भएको भन्दै मन्त्री अधिकारीले दूधबाट धेरै उत्पादनहरु तयार हुन्छ भन्ने बुझ्नुपर्ने बताउनुभयो । ‘दूधबाट धेरै प्रकारका उत्पादनहरु बन्ने रहेछ, त्यसबाट शरीरलाई कहिल्यै नोक्सानी हुँदैन’ उहाँले भन्नुभयो, ‘दूधबाट बन्ने परिकार प्रयोग गर्न सकेमा मात्रै पनि हामी दीर्घ जीवन बाँच्न सक्छौँ ।’ पशुपालन र डेरीमा प्रविधि भित्र्याएर उत्पादनमा विविधीकरण गर्न सकेमा किसानहरुको जीवन परिवर्तन हुनसक्ने उहाँले बताउनुभयो ।
    किसानहरुलाई अत्यन्त पीडा भएको भन्दै मन्त्री अधिकारीले त्यो पीडालाई व्यवस्थापन गर्नका लागि हामी सबैमा इमानदारिताको जरुरी भएको बताउनुभयो । ‘कृषि कर्म गर्नेहरु पनि तीन तहका सरकारसँग पाएसम्म लिन सक्ने बताउनुभयो’ उहाँले भन्नुभयो, ‘इमानदारिता कामय गर्न सक्यौँ भने कृषि कर्म गर्नेका लागि सरकारबाट राम्रै सहयोग भएको छ ।’
    आजदेखि सुरु भएको पोल्ट्री एक्स्पोको बारेमा जानकारी दिँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले पशुपालनमा भित्रिएका आधुनिक प्रविधिहरुको प्रदर्शनी गरिएको बताउनुभयो । दूधको विविधिकरणका लागि आवश्यक पर्ने उपकरण तथा दूधबाट बन्ने परिकारको प्रदर्शनीसहितका ५२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टलहरु प्रदर्शनीमा राखिएको बगालेको भनाइ छ । दूध किसानहरुको समस्या समाधन गर्ने, पशुपालनमा प्रविधिको प्रयोग गर्दै उत्पादन लागतमा न्यूनीकरण गरी दुग्धजन्य पदार्थको निर्यात गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रदर्शनी माघ २७ गतेसम्म सञ्चालन हुने उहाँको भनाइ छ ।
    दूधको बजारीकरणमा सहजता होस् भनेर एक्स्पो सञ्चालन गरिएको बगालेले बताउनुभयो । यस प्रदर्शनीमा डेरी उद्योगका लागि आवश्यक पर्ने सफ्टवेयर, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरण, पशुपालन आहार सम्बन्धीका स्टलहरु, पशु औषधि तथा भेटनरी सेवा सम्बन्धीका स्टलहरु, डेरीलाई उपयोग हुने प्याकेजिङ उद्योगका स्टलहरु, बैंक तथा बिमा कम्पनीहरु, स्टार्टअप प्याभिलियनलगायतका स्टलहरु रहेका छन् । प्रदर्शनी अन्तर्गत कार्यशाला र तालिम, बिटुबी मिटिङ, सफल व्यवसायिक किसान, डेरी उद्यमी आदिको अनुभव तथा सफलताको कथा, पुरस्कार वितरण, डेरीजन्य नयाँ प्रोडक्टको लन्चलगायत कार्यक्रम हुनेछन् ।
    प्रदर्शनीको क्रममा भोलि शनिबार पशुसेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, नेपाल डेरी उद्योग संघ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको बीचमा समूहगत छलफल हुने बताइएको छ । त्यस्तै, माघ २७ गते अन्तर दुग्ध सहकारी संस्थाबीच हाजिरीजवाफ प्रतियोगिता हुने अध्यक्ष बगालेले जानकारी दिनुभयो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा ५० हजार भन्दा बढी दर्शकको उपस्थिति हुने अनुमान गरिएको छ ।
    चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष त्रिलोचन कँडेल, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीलगायतले मन्तव्य राख्नुभएको थियो ।
    https://youtu.be/mkf9KRUG0S0

    Advertisement

    शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.