-कल्पना आचार्य
मानिस सामाजिक प्राणी हो यो समाजमा मिलेर बस्छ भनेर हामीलाई बच्चै देखी पढाउने लाइन यतिबेला हाँस्यास्पद लाग्न थालेको छ । बर्षोदेखि मिलेर रहेको समाज भत्कीएको छ । सामाजिक मान्यता, बिश्वास, धर्म परम्परा सब सब धुवामा उडीरहेका छन् यतिबेला । विहान बेलुका आरती बल्ने मन्दिरहरु नमाज पढ्ने मस्जिद हरु सब सबमा भोटे ताल्चा लगाइएको छ । साना साना नानीहरु पढ्ने स्कूलहरु यतिबेला क्वारेन्टिन बनेका छन् । विरामीको उपचार गर्ने अस्पताल आफै बिरामी भएर बसेको छ । कयौ दिर्घरोगीहरु उपचार नपाई मर्ने स्थिति आएको छ । मानिसले मास्क र सेनिटाइजर भित्र जिन्दगी खोजीरहेछन् । अझै कोरोना पुष्टी भएका भनिएका ब्यक्तिहरु र उनिहरुका परिवारको पीडा सुनीनसक्नु छ । उनिहरु मध्ये धेरै लाई रोगले केही गरेको छैन हाच्छ्यु समेत नआई एक गीलास तातो पानी समेत नखाई आफै ठीक भएका ब्यक्तिलाई गम्भीर अपराध गरेको ब्यक्तिलाई जस्तो लखेटीरहेछ समाज । उनिहरुलाई समाजले दिएको छिछि र दुरदुर रुपी अन्याय बिरुद्ध न्याय दिने अदालत ताल्चा मारेर क्वारेन्टिनमा छ सायद । आफन्तले नै आफन्तलाई कोरोनाको पोको बोकेर आए झै घुरेर हेर्ने दिन आएको छ, बिरामीको उपचार गर्ने चिकित्सकलाई पोजेटिभ देखिएपछि कोरोना संक्रमीतको घर भनेर मानसिक रुपमै कमजोर घोषणा गर्न तछाडमछाड गरिरहेका खबर हरु प्राप्त भैरहेछन् । सामान्य व्यक्तिलाई कोरोना लाग्दा समाजले गर्ने दुर्व्यवहारको अवस्था कति भयावह छ अनुमान गर्न गा–हो भएको छ । यति गंभिर सकं्रमित मानसिकताको दोषी को हो सोध्ने बेला भएको छ ?देशको अर्थतन्त्र धरापमा परेको छ लकडाउन स्पेशल भन्दै घरमै खुशीयाली मनाउने जमात लाई त ठीकै होला तर दिनभरि मेहेनत गरेमात्र बेलुका जाहान केटाकेटीको पेट भरिने समुदाय यतिबेला कुनै विकल्प नभएर आत्महत्या तर्फ उन्मुख हुदैछ एकजना पत्रकारले आत्महत्याको लागि उक्साएको आरोपको भरमा रबी लामीछानेलाई दिउसै कार्यकयक्षबाट पक्रेर ल्याउने सरकार अब यो समुदायको रोजीरोटीको लागि सरकारको तर्फबाट भएका पहलकदमीहरु के के हुन सार्वजनिक हुन ढीला भैरहेको छ। घर भित्र ढोका थुनेर बस भनेपछि के खाएर बस्ने हो भन्ने विकल्प दिनु सरकारको दायित्व हो । कोरोना आउनुभन्दा अगाडी एक दिन बन्द हुदा यति अर्ब नोक्सान भयो भनेर चिच्चाउने सरकार यति लामो लकडाउन हुदाको घाटा हिसाब गर्ने क्यालकुलेटर कता थन्काएको छ सोध्ने बेला भएको छ । बिगतमा नेपालको आम्दानी प्रमुख स्रोतको रुपमा रहेको रेमिटयान्स भित्राउने लाखौलाख युवाहरु यतिबेला बिदेशमा कामविहिन भएका छन् उनिहरु खानै नपाइ मर्ने अवस्थाको सृजना भएको छ । साथै कयौ नेपालमा छुट्टिमा रहेका हरु पनि आफ्नो काममा फर्कन चाहान्छन्,उनिहरुले यतिबेला आफ्नो देश भएको महसुस गर्न सकेका छैनन ।
कोरोना एक भाइरस हो हाम्रो शरीर दिनदिनै कोरोना जस्ता अनेक अनेक भाइरस सँग लडीरहेको छ । हामीलाई बचाइरहेको छ । भाइरसहरु हिजो पनि थिए आज पनि छन् भोलि पनि रहनेछन् भाइरसहरुबाट शरिरलाई अलग्याउन संभव छैन भनेर बिज्ञहरु सधै भनिरहेछन् । शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु भन्दा हामी सँग अरु केही बिकल्प छैन । हामी डाक्टरहरु भगवान हुन भन्छौ, अस्पताल हरु मन्दिर हुन भन्छौ अनि अस्पताल खोल्न प्रेरित गर्छो हामी १००० शैयाको अस्पताल खोलौला तर रोग यसरी बढ्ला की फेरी अर्को ५००० शैयाको अस्पतालको आवश्यकता पर्ला अनि कति बढाउदै जाने अस्पताल ??कति खेल्ने प्रकृति सँग पौठेजोरी । अब फरक तरिकाले पो सोच्ने हो की । हामी अस्पताल जानका लागि बाध्य हुने रोग हामी समक्ष आउनै नदिनका लागि तयार हुने हो की । हाम्रा आहार बिहार सोच बिचारहरु पनि बदल्नु पर्ने हो की चाहे चाडबाड होस चाहे कुनै शुभकार्य हाम्रो व्यवहार खाना सँग गएर ठोकिन्छ हामी कति स्वस्थ्य खाने बहस गर्देनौ हामी कति टेस्टी खाने कति आइटम खाने बहस गर्छो । अनि रोग लागे अस्पताल छदै छ नि भन्ने मानसिकतामा पनि फेरबदल ल्याउने हो की । नराम्रो तेल हाले इन्जिन बिग्रन्छ भनेर राम्रो तेल खोज्न चाहार्ने हामी आफ्नो अमुल्य शरीरको इन्धनका लागि यति हेलचक्राई किन गरिरहेछौ ।यस्तो व्यवहार सुधार गर्ने हो कि जसले गर्दा अस्पताललाई मन्दिर बनाएर आफ्नो जिवनलाइ मन्दिरमा फूल चढाए झै डाक्टरलाई समर्पण गर्न नपरोस ।
यतिबेला बिश्व नै लकडाउन छ ठुला ठुला अर्थतन्त्र भएका देशहरु छीटै नै आफुलाई समृद्ध बनाउलान तर गरिब देशहरु धेरै नै पछाडी धकेलिएका छन् । प्रदीप आचार्य जापानको यदोगावा कु टोकीयो मा बस्छन् बीगत ७ बर्षदेखी उनी त्यो ठाउमा परिवार सहित बस्दै आएका छन् उनी पेशाले कुक हुन् । प्रदिपले म सँगको कुराकानीमा भनेका छन् जापानमा कहिल्यै पनि लकडाउन भएन शुरुका हप्ताहरुमा सरकारको तर्फबाट सुचना आयो बेलुका आठ बजे पछि होटल, रेष्टुरेष्ट,क्लब फिल्महल आदि धेरै भिडभाड हुने ठाउ बन्द गर्नु त्यहि अनुरुप अलिकति समय सबै बन्द भयो त्यसपछि सबै सामान्य जनजिवन मा फर्कियौ । हामी सबै काममा जान्छौ आउछौ मान्छेमा कुनै डर त्रास छैन । जापानमा कोरोना भाइरस नआउदै देखि मास्क लगाउने चलन थियो जुन अहिले पनि छ तर सरकारको तर्पmबाट मास्क लगाउ नलगाउ केही सुचना आएको छैन , जापानमा सचेतना बढी छ बढी भिडभाड हुने ठाउमा मानिसहरु आफै जादैनन् । अनि सबै सार्बजनिक ठाउहरुमा यहाँ भाइरस छैन भन्ने संकेत टास्न अनिबार्य गरिएको छ जसले गर्दा मानिसहरु सहज आवतजावत गरिरहेछन् यो लेख तयार पार्दा सम्म जापानमा कुल संक्रमीतको संख्या ५८५०१ छ भने मृत्यु हुनेको सख्या जम्मा ११४४ छ । १२ करोड जनसंख्या भएको राष्ट्रमा यो सख्या अत्यन्तै न्यून हो । बिश्व स्वास्थ्य संगठनले लक डाउन नगरे जापानले ठुलो क्षति व्यहोर्न पर्ने चेतावनी दिएको थियो । तर परिणाम निकै सकारात्मक देखिएको छ । त्यस्तै सागर पौडेल टर्की को स्तानबुल भन्ने ठाउमा बस्छन् । उनी भन्छन् टर्की मा कहिल्यै पनि लक डाउन भएन मानिसलाई भीडभाडमा नजान भनियो शुरुवाती अवस्थामा बृद्धाहरुलाई शनीबार र आइतबार मात्रै बाहिर निस्कन भनियो र त्यो दिन बृद्धाहरु बाहेक अरु कोही पनि बाहिर निस्कन दिइएन ।पछि त्यो पनि हटाइयो त्यो बाहेक अरु केही गरिएन सेनीटाइजर सरकार द्धारा निशुल्क बितरण गरियो मास्क चाहि अनिबार्य लगाउन भनियो यो लेख तयार पार्दा सम्म टर्कीको संक्रमीत २५५७२३ भएपनि मृत्यु ६०८० को मात्रै छ विना लकडाउन त लाखौ मान्छे मर्नु पर्ने हैन र ? जब मर्ने तथ्याकं यति कम छ भने संक्रमीतको अंकगणीतले खासै अर्थ राख्छ जस्तो लाग्दैन जुन रोग लाग्छ निको हुन्छ यो त सामान्य प्रकृया नै हो । केशव ढकाल दक्षीण कोरीयामा काम गर्छन उनी ३ बर्ष अगाडी त्यहा गएका हुन् त्यहा पनि कुनै लकडाउन भएन सामान्य सुरक्षाका बिधिहरु अपनाइयो जनजिवन सामन्य रुपमा चलिरहेको छ यो लेख तयार पार्दा सम्म त्यहा कुल सक्रमीत १७००२ छ । मृत्युहुनेको संख्या ३०९ छ बिना लकडाउन त लाशको खात लाग्नु पर्ने होइन र ? त्यस्ता धेरै देशहरु छन् जहा लकडाउन छैन कोरोना भाइरस हुदा हुदै पनि जनजिवन सामान्य चलिरहेको छ। अनि मृत्युदर पनि लकडाउन गर्ने देशहरुको तुलनामा कम छ । त्यसैले हामी काहानिर चुकीरहेका छौ सोच्ने बेला भएको छ ।
सरुवा रोगहरु हिजो पनि थिए आज पनि छन् भोलि पनि रहनेछन् तुलनात्मक रुपमा बिगतमा पनि सार्स मर्स जस्ता सरुवा रोगहरु संक्रमण फैलिसकेको छ । तुलनात्मक रुपमा यसको मृत्युदर एकदमै कम छ भन्ने कुरा तलको डाटाले देखाउछ ।
रेबिज–९० प्रतिशत
एड्स–८०–९० प्रतिशत
इबोला–८७ प्रतिशत
बिफर–६५ प्रतिशत
प्लेग–५२ प्रतिशत
टिटानस–५० प्रतिशत
हैजा–५० प्रतिशत
क्षयरोग–४३ प्रतिशत
ठेउला–३० प्रतिशत
सार्स–१२ प्रतिशत
स्पेनिश फ्लु–१० प्रतिशत
जाइका भाइरस–१० प्रतिशत
दादुरा–२।५ प्रतिशत
स्वाइन फ्लु–२।१ प्रतिशत
कोभीड १९ –०।१ प्रतिशत
प्रस्तुत डाटाअनुसार पनि यसको मृत्युदर अत्यन्तै कम छ त्यसैले पनि समाजमा फैलिएको कोरोना हाउगुजीले रोगले भन्दा शोकले र भोकले मान्छे मार्ने निश्चीत छ ।
यतिबेला समाजमा सकारात्मक सन्देशको खाँचो छ । नकारात्मक खबरले मान्छेलाई भित्रभित्रै जलाउछ । ठीकै छ मास्क लगाउ तर मास्कले तपाइको मुख नाक छोपीयोस बिवेक नछोपीयोस । सेनिटाइजर पनि प्रयोग गरौ । सेनीटाइजरले किटाणु मारोस तपाइको आत्मबिश्वास नमारोस । सामाजिक दुरी पनि कायम गरौ यसले रोगलाई पर सारोस तपाइको सम्बन्धलाई झन मजबुत बनाओस । स्वास्थ्यकर्मिले पी.पी.इ लगाउनुहोस ,पी.पी.इ ले किटाणुलाई छेकोस मान्छेको आशा र भरोसालाई नछेकोस । रेडियो कोरोनाको मृत्युको तथ्याकं सुनाउछ सरकारले बाहिर ननिस्कन, कसैसँग नभेट्न ह्वीप जारी गर्छ । डाक्टरहरु साबधानी नअपनाए लाशको खात लाग्ने कुरा सुनाउछन् अनि फेसबुके बिद्धानहरु ल आयो दैलामा आयो अब घरमा बस्ने की अस्पतालमा बस्ने की भित्ताको फोटोमा भनेर खतराको बिउ छर्दीन्छन् । अनि सामान्य मान्छेलाई बिरामी हुनका लागि आत्मबिश्वास गुमाउनका लागि यति नै काफी छैन र ? यति संक्रमीत भए भन्नु भन्दा कुल संक्रमित मध्ये यति सन्चो भए भन्नुले पनि ठुलो अर्थ राख्छ किनकी सकारात्मक सन्देशले पनि मानिसमा आत्मबिश्वास बढाउछ शरीरमा रोग प्रतिरोगात्मक क्षमता बढाउछ ,यतिबेला मनोरोगले माहामारीको रुप लिदै छ , चितवनमा कार्यरत मनोचिकित्सक खगेन्द्र काफ्ले भन्छन् “अहिले स्वाथ्यकर्मी हरु नै तनाव सँग सम्बन्धित समस्याबाट ग्रसित छन् । अनिद्रा,अपच,स्मरणशक्ति ह्रास,भोक नलाग्नु ,टाउको दुख्नु आदि जस्ता समस्याले ग्रसित स्वास्थ्यकर्मिको दिनहुँ फोन आइरहेको छ समुदायमा पनि मानसिक रोग बढीरहेको छ ।”
आत्मबल भन्दा ठुलो औषधी दुनीयामा अर्को कुनै छैन । आफ्नो जिवनको सबभन्दा ठुलो चिकित्सक हामी आफै हो । अब कोरोना संक्रमीतका कुरा सुनौ उनिहरुले कसरी कोरोनालाई जिते त्यसको खबर फैलाऊ उनिहरुलाई हिंसा होइन प्रेम बाडौ । कोरोना सँग भाग्ने होइन त्यो बिरुद्ध लड्न शरीरलाई तयार गरौ प्राकृतिक चिकित्सालाई ध्यान दिऔं । योग गरौ । हाम्रै घरआँगनमा पाइन्ो बर्षेादेखि नेपाली समाजमा चलन चल्तिमा रहेका अमुल्य जडीबुटीहरुको नियमति प्रयोग गरौ समाजमा फैलीएको भय र आतंकबाट मुक्त हुनका लागि हातेमालो गरौ ।




