• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

ट्रमा सेन्टर बनाउन देवचुलीमा ६४६ रुख कटानी गरिने

  •   बुधबार, माघ २३, २०८१ मा प्रकाशित
  • नवलपरासी/नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ट्रमा सेन्टर स्थापनाका लागि बाटो खुलेको छ । जिल्लाको देवचुली नगरपालिका–१७ मा ट्रमा सेन्टर निर्माणस्थलमा रहेका रुख हटाउनेगरी सम्झौता भएपछि निर्माणको बाटो खुलेको हो । हालै वन तथा भू–संरक्षण विभाग र देवचुली नगरपालिकाबीच ट्रमा सेन्टर रहेको स्थानका रुख कटानको सम्झौता भएको छ । दुई हेक्टर जग्गा ट्रमा सेन्टरका लागि छुट्याइएको थियो । जग्गा छुट्याइएको क्षेत्रमा ६४६ रुख कटान गर्नेगरी सम्झौता भएको देवचुली नगरपालिका नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

    Advertisement

    गत साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले ट्रमा सेन्टरका लागि देवचुली–१७ झरही खोला नजिक राष्ट्रिय वनको दुई हेक्टर जग्गा उपलब्ध गराउने र उक्त क्षेत्रमा पर्ने रुख कटानको स्वीकृति दिने निर्णय गरेको थियो । जग्गा प्राप्तिका लागि देवचुली नगरपालिकाले रु एक करोड ६० लाख सात हजार सट्टाभर्नास्वरूप वन तथा भू–संरक्षण विभागमा बुझाएर प्रक्रिया अगाडि बढाएको थियो ।

    सम्झौतापत्रमा देवचुली नगरपालिकाका तर्फबाट नगरप्रमुख न्यौपाने र देवचुली–१७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले तथा वन तथा भू–संरक्षण विभागका व्यवस्थापन महाशाखाका उपमहानिर्देशक धनञ्जय लामिछाने र उपसचिव रामवालकप्रसाद यादवले हस्ताक्षर गर्नुभएको छ । सम्झौतापत्रमा रुख कटान गर्ने, त्यसको व्यवस्थापन गर्ने र ट्रमा सेन्टरको काम अघि बढाउने विषय उल्लेख भएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

    ट्रमा सेन्टर निर्माणका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनमार्फत ठेक्का प्रक्रिया अगाडि बढ्ने नगर प्रमुख न्यौपानेले बताउनुभयो । बहुवर्षे योजनाअन्तर्गत यस वर्ष रु १० करोडको स्रोत सुनिश्चित भएको उहाँको भनाइ छ । रुख कटानको काम अब तत्काल अघि बढ्ने र ट्रमा सेन्टर निर्माण अगाडि बढ्ने बताउनुभयो ।

    देवचुलीका लागि बहुप्रतिक्षित योजनाका रूपमा रहेको ट्रमा सेन्टर निर्माणको काम अब थालनी हुने हुँदा यो सम्पूर्ण नगरवासीका लागि खुसीको विषय भएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । पूर्वपश्चिम राजमार्गसँगै ट्रमा सेन्टर बन्दा आगामी दिनमा यहाँ बिरामीले सहज रूपमा समयमा उपचार पाउने हुँदा देवचुलीमात्र नभई सबैका लागि यो योजना महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । रासस

    बुधबार, माघ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • २.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ३.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ६.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ७.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ८.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.