काठमाडौँ/वागमति प्रदेश शारीरिक सुसगठन तथा फिटनेस संघको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न एक कार्यक्रमका बीच सम्पन्न भयो ।
साधारण सभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कमिटि चयन भएको छ । जसको उपाध्यक्षमा जिवन मानन्धर, सचिवमा वाबुकाजी मानन्धर, कोषाध्यक्षमा सुनिल अधिकारी, सदस्यहरूमा हरिश श्रेष्ठ, राजेश मुल्मी, राकेश मान श्रेष्ठ, दिपेन्द्र लामिछाने, संजय श्रेष्ठ, सुजन श्रेष्ठ, फिरोज बजाचार्य, रमेश प्रजापति, उर्मिला श्रेष्ठ रहनु भएको छ।
वागमति प्रदेश शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष विजय लाल कायष्य प्रमुख अतिथि रहनु भएको कार्यक्रममा ओलम्पिक कमिटिका सचिव राम कृष्ण श्रेष्ठ बोस, काठमाण्डौ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष भाईकृष्ण बलामी, नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, काठमाण्डौ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सुरेश सुवेदी, ललितपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष प्रज्वल शाक्य भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष ज्ञानेन्द्र मानन्धर लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका सचिव तथा निर्वाचन अधिकृत दिनेश राजभण्डारीले सञ्चालन गर्नु भएको थियो ।




