• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

आन्तरिक उडान भदौ १६ देखि

"नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, पिसीआर रिपोर्ट नेगेटिभ भएका क्वारेन्टिनमा बस्नुनपर्ने "

  •   बुधबार, भदौ १०, २०७७ मा प्रकाशित
  • -सिबी अधिकारी 

    काठमाडौं । सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ ।

    Advertisement

    बन्दाबन्दीको पाँच महिनापछि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको सरकारले आन्तरिक उडान पनि सोही मितिदेखि शुरु गर्ने भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दशैं, तिहारजस्ता चाडपर्वलाई मध्यनजर गर्दै छिट्टै आन्तरिक उडान पनि शुरु गरिने बताउनुभयो । पर्यटनमन्त्री भट्टराईले केही पहाडी तथा हिमाली जिल्लाबाट आन्तरिक उडान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले देशका विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञाको स्थिति भएकाले आन्तरिक उडान चलिहाल्ने अवस्था छैन ।

    तर पनि मन्त्रालयकोतर्फबाट केही पहाडी र हिमाली जिल्लाबाट उडान सुचारु गर्नका लागि छलफलमै छौँ । निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजान्छौँ ।”

    कोभिड–१९ महामारीको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तत्कालै तराईका जिल्लाका विमानस्थलमा आन्तरिक उडान नहुने पनि मन्त्री भट्टराईले स्पष्ट पार्नुभयो ।

    यसअघि भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको सरकारले कोभिड–१९ को सङ्क्रमण राजधानीसहित विभिन्न जिल्लामा बढेपछि पुनः उडान स्थगन गरेको थियो ।

    “अहिले देशभर कोरोना सङ्क्रमण बढीरहेको छ, आन्तरिक हवाई उडानबाट आउने जाने प्रायः काठमाडौँबाट तराई र तराईबाट काठमाडौैँ जाने नै बढि हुने भएकाले सम्भावित जोखिमलाई ध्यान दिदैँ अहिलेलाई मन्त्रालयले केही पहाडी र हिमाली जिल्लामा पूर्वदेखि पश्चिमसम्मका क्षेत्रमा आन्तरिक उडान परीक्षणको रुपमा सञ्चालन गर्ने गृहकार्य गरिरहेको छ । यो भदौ १६ बाटै हुन्छ”, पर्यटनमन्त्री भट्टराईले भन्नुभयो ।

    नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

    पर्यटन मन्त्रालयले भदौ १६ अर्थात सेप्टेम्बर १ देखि ३० सम्म हुने एक महिनाको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । उडान तालिका अनुरुप एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर उडान हुने भएका छन् ।

    मन्त्रालयका अनुसार नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।

    त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । अर्को हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुदाबीमा उडानको अनुमति दिइएको छ ।

    यो एक महिनाको अवधिमा १० विदेशी र दुई नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्नेछन् । सरकारले सहजै रुपमा कोरोना परिक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर उडान गर्ने शर्तसहित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो । दैनिक ५०० यात्रु नबढ्नेगरी अन्तर्राष्ट्रिय उडान हुनेछ ।

    मन्त्रालयले मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई कोभिड–१९ को माहामारी कायमै भएकाबेला सरकारले तोकेका नियम तथा शर्तहरु पालना गराउँदै उडान गराउन निर्देशन दिएको छ । त्यसैगरी मन्त्रालयले कोभिड–१९ को परीक्षण सहज नभएका मुलुकबाट नियमित उडान खुला गरेको छैन ।

    तर, ती मुलुकमा अलपत्र परेका नेपाली ल्याउन एक महिनामा २७ वटा चार्टर उडान गर्न अनुमति दिएको छ । चार्टर उडान हुने गन्तव्यमा माल्दिभ्स, दोहा, कुवेत, जेद्दा, दमाम र रियाद छन् । यी गन्तव्यबाट नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, कतार एयरवेज, जजिरा एयर र सलाम एयरले चार्टर उडान गर्ने छन् ।

    त्यसैगरी नियमित तथा चार्टर उडानबाट नेपालमा भएका सबै दूतावासका कर्मचारी, संयुक्त राष्ट्र संघका १८ वटा एजेन्सी र नेपालमा काम गरिरहेका १५ वटा विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई पनि आउन दिने मन्त्रालयले जनाएको छ ।

    नेपालमा १० चैतबाट सबै प्रकारका व्यवसायिक उडान बन्द छन् । चैत ११ देखि साउन ६ गतेसम्म देशभर बन्दाबन्दी लागू गरिएको थियो ।

    पिसीआर रिपोर्ट नेगेटिभ भएका क्वारेन्टिनमा बस्नुनपर्ने

    विदेशबाट पिसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ लिएर आउनेहरुले नेपालमा होटल क्वारेन्टिनमा बस्नुनपर्ने भएको छ । विदेशबाट आउने यात्रुले पिसीआर रिपोर्ट नेगेटिभ रहेमा उनीहरु सिधै विमानस्थलबाट होम क्वारेन्टिनमा जानसक्ने पर्यटनमन्त्री भट्टराईले बताउनुभयो

    सरकारले विभिन्न देशबाट स्वदेश फर्किने नागरिकले नेपाल आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ ।

    कोरोना सङ्क्रमणको दर कम भएका र पिसीआर परीक्षण सहज भएका मुलुकबाट पिसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने मन्त्री भट्टराईको भनाइ छ ।

    “पिसीआर गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित घर जान दिइन्छ”, उहाँले भन्नुभयो ।

    पिसीआर परीक्षण नगरी नेपाल आउने नागरिकले होटल क्वारेन्टिनमा बस्नुपर्ने छ । मन्त्री भट्टराईका अनुसार रु ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने प्याकेज बनाएको छ ।

    सम्बन्धित मुलुकबाट आउने यात्रुले नेपाल आउनुपूर्वनै होटल बुकिङ गर्नुपर्नेछ । होटलहरु पर्यटकस्तर, बुटिक होटल र महङ्गा तारे होटल तय गरिएको छ । पर्यटनमन्त्रीले विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकलाई भने सरकारी खर्चमा उद्धार गरिनेछ ।

    “विदेशमा अलपत्र परेका, फर्किने कुनै आधार नभएका व्यक्तिलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट पनि काटिदिने व्यवस्था मिलाएको छ ।

    यहाँ आएर होटल क्वारेन्टिनको विषय पनि सरकारले व्यहोर्छ र पिसीआर खर्च पनि सरकारले व्यहोर्छ”, उहाँले भन्नुभयो । (रासस)

    बुधबार, भदौ १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.