• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

पोखरामा माघ १० देखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ हुँदै


  •   मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
  • पोखरा/पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ३३ औँ संस्करणको रुपमा राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ हुने भएको छ । मेलाका सन्दर्भमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

    Advertisement

    सो अवसरमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ पनि आयोजना गरिएको छ । आउँदो माघ १० देखि माघ १७ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र, पोखरा–९,नयाँबजारमा मेला सञ्चालन गरिनेछ । मेलामा गण्डकी प्रदेशमा रहेका ठूला, मझौला र साना उद्योगका उत्पादनका अलावा रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी एवं अन्य प्रदेशका असल अभ्यासलाई पनि समावेश गर्ने पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए ।

    मेलालाई सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सुचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने गरी आयोजना गरिएको उनले बताए । गण्डकी प्रंदेशसँगको समन्वयमा आयोजना हुने भएकाले गण्डकी प्रदेश सरकारले अगाडि सारेको दोस्रो पञ्चवर्षीय योजनामार्फत् ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’को लक्ष्य प्राप्तिमा समर्पित रहनेछ ।
    लगानीको सम्वद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप आयोजना हुने मेलामा अन्य प्रदेशका निजी क्षेत्रले अलम्बन गरेका असल अभ्यासलाई पनि प्रदर्शन गरौँ, सहकार्यको नयाँ अध्याय सुरुवात गर्दै सो क्षेत्रको लगानी गण्डकी प्रदेशमा आकर्षित गरौँ भन्ने लक्ष्य लिइएको छ । सातवटै प्रदेशको पहिचान बोकेका औद्योगिक उत्पादन, त्यहाँको संस्कृति एवं मौलिक रैथाने परिकारलाई समेत पोखरामा आयोजना हुने मेलामा समावेश गर्ने तयारी छ । उत्पादन र संस्कृति प्रदर्शनीले निजी क्षेत्रबीच सहकार्य र सम्भावनाको नयाँ ढोका खुल्ने आयोजकको विश्वास छ ।

    क्यान कास्कीसँगको सहकार्यमा मेलामा समाहित गरिएको १२ औं क्यान इन्फोटेक २०२५ अन्तर्गत मेलामा सुचना प्रविधि क्षेत्रमा पछिल्लो पटक आएका नूतन आविष्कार, सुचना प्रविधि उद्योगमा देखिएका नयाँ सम्भावनासहित सफ्टवेयर निर्माण एवं यसको बजारलगायतका विषयको प्रदर्शनी रहने छन् । यसका अलावा आइटीसँग सम्बन्धी खेल र प्रतियोगिता पनि महोत्सवको आकर्षण बन्नेछ । विश्वस्तरमा चल्तीमा रहेका आर्टीफिसियल इन्टलिजेन्स ( एआई), (उन्नत सीसी टिभी सर्भिलेन्स पनि मेलामार्फत् प्रस्तुत गरिनेछ ।

    मोवाइल बितरक संघ, गण्डकीसँगको सहकार्यमा आयोजित चौथो मोवाइल एक्सपोअन्तर्गत मोवाइलहरुमा ५० प्रतिशतसम्म छुटमा खरिदको व्यवस्थासहित एक्सचेञ्ज अफर, किस्तामा मोवाइल फोन खरिदको सुविधा, एसोसरिजको बिक्री प्रबन्ध तथा हरेक दिन ५ वटा मोवाइल डोर प्राइजको रुपमा वितरणको व्यवस्थासमेत गरिएको छ । यसपटकको मेलामा अघिल्ला संस्करणजस्तै अटो, औद्योगिक, मेड इन नेपाल, मोवाइल मेला पनि समावेश छन् ।

    स्वस्थ मनोरञ्जनका लागि सातवटै प्रदेशको प्रतिनिधित्व गर्ने खालका सांस्कृतिक कार्यक्रम एवं खानाका स्टल पनि यहाँ राखिनेछ । महिला उद्यमशिलता विकासको लागि मेलामा महिला उद्यमीका उत्पादनको प्रदर्शन र बिक्रीको व्यवस्था मिलाइएको छ भने मेलास्थलमै सीप सिकाउने कार्यक्रम पनि तय भएका छन् । उद्यमशिलता विकास, नवपं्रवर्तनबारे जानकारी दिन, अर्थतन्त्रको वर्तमान अवस्था र आगामी बाटो एवं पोखराको पर्यटन प्रवद्र्धन, समुन्नत पोखरा निर्माणबारे गहन छलफलका निम्ति हरेक दिन मेलास्थलमै विज्ञ एवं सरोकारवालासँग ‘टक सो’ आयोजना गरिनेछ ।

    मेला सम्पन्न गर्न ५०१ सदस्यीय मुल आयोजक र कार्य सम्पादन समिति, सल्लाहकार समिति, विभिन्न २७ वटा उपसमितिहरु गठन गरिएको छ । मेला अवलोकनको लागि ५० रुयैयाँको प्रवेश शुल्क तोकिएको छ । संघका साधारण सदस्य, जेष्ठ नागरिक, अपाङ्ग, पोशाकमा रहेका राष्ट्रसेवक सुरक्षाकर्मी र विद्यार्थीको हकमा भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

    मेलाको संरक्षकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन् । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको मेलामा क्यान कास्की, नेपाल मोवाइल वितरक संघ गण्डकी, सिएसआइटी एसोसियसन, पोखरा औद्योगिक क्षेत्र उद्योग संघको सहकार्य रहेको छ । होम एप्लाएन्सको अग्रणी ब्राण्ड बाल्ट्रा मुख्य प्रायोजन, समृद्धि स्टिल्स, लक्ष्मी इन्टरकन्टिनेन्टल (हुण्डाइ), सुजल डेरीको सफल दूधबाट सहप्रायोजन छ ।

    पोखरामै स्थापित क बर्गको बैंक माछापुच्छ्रे बैंक लिमिटेड प्रायोजक रहँदा पोखरा इन्टरनेट प्रालि, कर्माचार्य ग्रुप, अन्नपूर्ण फुड एण्ड बेभरेज, कृषि विकास निर्देशनालय गण्डकी, युनाइटेड अजोड इन्स्योरेन्स, बन्दीपुर केबलकार, यती एयरलाइन्स, डिजिटल वालेट खल्ती, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल टेलिकम, बागमती प्लाष्टिक, फिस्टेल ड्रिम पार्क, डाबर नेपाल, कामना सेवा विकास बैंक लिमिटेड, ग्रिन डेपलपमेण्ट बैंक, याक ब्रोइङ कम्पनी लिमिटेड,सारस बेभरेज, होटल चौतारी बुटिक, कुटी रिसोर्टलगायतका प्रतिष्ठानसँग सहकार्य रहेको छ ।

    मेला र महोत्सवहरु आर्थिक गतिविधि बढावा दिन एवं अर्थतन्त्रलाई गति दिन सहायक हुन्छन् भन्ने ठहरका साथ संघकै अगुवाइमा २०४२ सालमा पोखरामा संगठित रुपले मेला आयोजना भएको थियो । सो मेला नै नेपालको च्याम्बर इतिहासमा पहिलोपटक व्यवस्थित रुपले आयोजित मेला थियो । त्यसपछि २०४९ सालमा अझ व्यवस्थित रुपले ‘औद्योगिक मेला २०४९’ को आयोजना भयो । त्यो मेलालाई जर्मन सहयोगी संस्था जेडटीएच र सिंगापुरको टेक्निकल सपोर्ट प्रोग्रामबाट सहयोग प्राप्त भएको थियो ।

    संघको ३९ औं वार्षिकोत्सवको अवसरमा माघ २५ देखि २९ गतेसम्म आयोजित मेलामा जम्माजम्मी ३० वटा स्टलहरु रहेका थिए । तीमध्ये नेपाल हस्तकला संघ र महासंघका दुई स्टलबाहेक अन्य स्टलहरु सबै पोखराकै उद्योग तथा व्यवसायसँग सम्बन्धित थिए । त्यसलगत्तै संघले २०५२ सालमा पोखराको बसुन्धरा पार्कमा नेपालभरकै औद्योगिक उत्पादनलाई समेटेर ‘पोखरा महोत्सव २०५२’ आयोजना ग¥यो । त्यो महोत्सवमा देशैभरका आद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाइएको थियो । त्यसपछि देशैभर मेला र महोत्सव आयोजना गर्ने लहर चल्यो ।

    पोखरा उद्योग वाणिज्य संघको सिको गर्दै अन्य उद्योग वाणिज्य संघहरुले मेला, महोत्सव आयोजना गर्न थाले । मेला र महोत्सव अर्थतन्त्र चलायनमान बनाउने औजार बन्यो । संघले हस्तकला मेला –२०५३, पुष्प प्रदर्शनी– २०५५, हस्तकला तथा पुष्प मेला–२०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला–२०५९, औद्योगिक व्यापार मेला–२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा–२०६२, महिला उद्यमी मेला २०६८ र २०७० र २०७४ तथा २०६३ सालदेखि राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा मेलालाई निरन्तरता दिँदै आएको छ ।

    मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.