• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चितवनमा जिओ कृषि सेवाको शुभारम्भ


  •   सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
  • रत्ननगर/सामाजिक उद्यमी महिला सञ्जाल (सेवा) नेपालले सामाजिक उद्यमी महिला सहकारी र त्यसमा आबद्ध किसानहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरणको लागि जिओ कृषि सेवा शुभारम्भ गरेको छ । सामाजिक उद्यमी महिला सञ्जाल (सेवा) नेपाल, हेफर इन्टरनेशनल नेपाल र पाथवे टेक्नोलोजी सर्भिसेस प्रा.लि.बीचको त्रिपक्षीय सहकार्यमा मोवाइल एप्समा जिओ कृषि सेवा सञ्चालनमा ल्याएको हो । आज भरतपुरमा आयोजिक एक औपचारिक कार्यक्रमका बीच सेवा नेपालकी संस्थापक अध्यक्ष पार्वती न्यौपाने, हेफर इन्टरनेशनल नेपालका क्षेत्रीय प्रवन्ध निर्देशक कृष्ण कट्टेल र प्रा.लि.का प्राविधिक निर्देशक विकास डंगोलले सयुक्त रुपमा जिओ कृषि सेवाको उद्घाटन गरेका थिए । तीन बर्षमा देशभरका ३ सय सामाजिक उद्यमी महिला सहकारीहरुले प्रयोगमा ल्याउने गरी विहीबार जिओ कृषि सेवा उद्घाटन गरिएको हो ।

    Advertisement

    पहिलो बर्ष ३० वटा, दोस्रो बर्षमा १५० वटा र तेस्रो बर्षमा १२० वटा सहकारीमा उक्त एप प्रयोगमा ल्याउने तयारीका साथ काम सुरु गरिएको हेफर इन्टरनेशनल नेपालका इनोभेसन व्यवस्थापक तारा पन्थीले जानकारी दिए । जिओ कृषिलाई परिमार्जन गरी जिओ कृषि सेवा सञ्चालनमा ल्याइएको उनको भनाई छ । उक्त तीन वटा संस्थाको लगानीमा सञ्चालनमा ल्याइएको सो एप्सबाट भएको आम्दानीको ५० प्रतिशत हिस्सा सहकारी, २५ प्रतिशत सेवा नेपाल र २५ प्रतिशत सेवा प्रदायक संस्थाले पाउने गरी सम्झौता गरिएको पन्थीले जानकारी दिए ।

    उक्त मोवाइल एप्समा किसानका लागि जिओ कृषि फार्म, सहजकर्ताको लागि जिओ कृषि इएक्सट, सेवा नेपाल र सहकारीका लागि जिओ कृषि इन्टरप्राइजेज र सहकारी व्यवसायको लापग जिओ कृषि एग्रोभेट गरी चारवटा फिचर राखिएको उनले जानकारी दिए । कृषिलाई प्रविधिमैत्री बनाउदै कृषिजन्यबस्तुको बजारीकरणको लागि किसानसम्म सुचना पुर्याउने उद्देश्यले जिओ कृषि सेवा सञ्चालनमा ल्याइएको हेफर क्षेत्रीय प्रबन्धक कृष्ण कट्टेलले बताए । जिओ कृषि सेवा अनलाइन व्यापार जस्तै हो उनले भने यसले सजिलै किसानलाई बजारको अबस्थाको जानकारी दिनेछ । सेवा नेपालमा आबद्ध सामाजिक उद्यमी महिला सहकारी र ति सहकारीमा आबद्ध ४ लाख किसानहरुलाई सेवा प्रदान गर्ने गरी जिओ कृषि सेवा शुभारम्भ गरिएको हो ।

    सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले सहकारीले उत्पादन गरेका बस्तुहरुलाई डिजिटल प्लेटफम मार्फत बजारीकरणको लागि प्रविधिको प्रयोग आवश्यक रहेको भन्दै कृषिलाई प्रविधिमैत्री बनाउने बताइन् । बजारीकरणको समस्या सामधान गर्न डिजिटल प्रविधिको सुरुवात गरिएको भन्दै उनले प्रविधिलाई किसानको माझमा लैजान सहकारीको महत्वपूर्ण भूमिका रहने बताइन् । सेवा नेपालकी संस्थापक अध्यक्ष न्यौपानेले सामाजिक उद्यमी महिला सहकारीको विकासको लागि सेवा नेपालको जन्म भएको बताइन् ।

    आर्थिक अबस्था कमजोर भएको महिलाहरुलाई सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध गराउने र उनीहरुलाई उत्पादनशिल कार्यमा अग्रसर गराउने सेवा नेपालको उद्देश्य रहेको उनको भनाई छ । सेवा नेपालमा आबद्ध सहकारी तथा तिनमा आबद्ध किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणको लागि प्रविधिको सुरुवात गरिएको बताइन् । सेवा नेपालकी सचिव शैलजा पौडेल घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रममा सेवा नेपालका पदाधिकारी तथा सदस्यहरु, हेफरमा विभिन्न पदमा कार्यरत कर्मचारीहरु, सामाजिक उद्यमी महिला सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सेवा नेपालकी संस्थापक अध्यक्ष न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

    सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.