भरतपुर/चितवन उद्योग संघको आयोजनामा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान तथा प्रविधि सचिवसँग औद्योगिक विकासमा नविनतम प्रविधिको प्रयोग र औद्योगिक प्रबद्र्धनका विषयमा छलफल सम्पन्न गरियो ।
चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्यसँगै संघले अघि सारेका महत्वपूर्ण परियोजनाहरुको विषयमा जानकारी गराउनु भएको छलफल कार्यक्रममा विशिष्ट व्यक्तित्व नेपाल सरकार,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव विश्व बाबु पुडासैनीले चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने प्रदर्शनीहरुमा आईटि र टेक्नोलोजीसँग सम्बन्धित सहकार्यका लागि आफूहरु तयार रहेको बताउनुभयो । पुडासैनीले हालको वर्तमान अवस्थामा उद्योग, व्यवसायमा नयाँँ टेक्नोलोजी, प्रविधिहरुको साथसाथै रिसर्चको आवश्यकता रहेको समेत बनाउनुभयो ।
छलफलमा चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरे, पूर्व अध्यक्ष तारा प्रसाद पौडेल, पूर्व उपाध्यक्ष युग राज वस्ती, कार्यसमिति सदस्यहरु सुरेन्द्र कार्की, महिला उद्यमी मञ्चकी अध्यक्ष सृजना सोती, कार्यसमिति सदस्य शेषमणी भट्टराई लगायतले संघको आद्यौगिक पाठशाला कक्षमा शिक्षा, विज्ञान र प्रविधिसँग सम्बन्धित कार्यक्रम लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
छलफलमा शिक्षा विकास तथा समन्वय इकाई चितवनका शाखा अधिकृत रमेश अधिकारी, संघका कार्यसमिति सदस्यहरु गोविन्द प्रसाद खनाल, विशाल चापागाईं, ईश्वरी प्रसाद रिजाल, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको छलफल कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
Advertisement




