• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

शान्ति सुरक्षा सम्बन्धी नागरिक प्रहरी अन्तरक्रिया


  •   शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
  • काठमाण्डौ/२०८१ साल माघ ५ गते शनिबार, सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी र प्रहरी वृत्त मालीगाउँ तथा प्रहरी वृत्त महाराजगञ्जको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेको अध्यक्षतामा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रमको शुभारम्भमा प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले स्वागत मन्तव्य राख्दै, अपराध न्यूनीकरण र प्रहरीको कार्यसम्पादन सुधारका लागि समुदायसँगको समन्वय अत्यावश्यक रहेको बताए। उनले समुदायबाट प्राप्त सूचनालाई प्राथमिकताका साथ कार्यान्वयन गरेर समाजमा शान्ति सुरक्षा मजबुत बनाउने प्रयास भइरहेको जानकारी गराए। कार्यक्रमका प्रमुख अतिथि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले विद्यालय तहमा नैतिक शिक्षा समावेश गर्नुपर्ने र लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले समुदाय र प्रहरी बीचको समन्वयमा अपराध न्यूनिकरणमा महत्वपूर्ण उपलब्धी हासिल हुदै आएको बताए । प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेले अपराध नियन्त्रणका लागि प्रहरीले विभिन्न रणनीतिहरू अवलम्बन गरिरहेको जानकारी गराउँदै सामुदायिक सहभागिता थप प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे। कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले प्रहरी र समुदायबीचको सहकार्यले मात्र अपराधिक घटनाहरूलाई न्यून गर्न सकिने बताउँदै, यस्तो कार्यक्रमले शान्ति सुरक्षा स्थापनामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। काठमाडौं महानगरपालिका वडा नं ४ का अध्यक्ष दिनेश महर्जनले प्रहरी र वडाबीचको समन्वयले समाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे। उपस्थित महानुभावहरूले शान्ति सुरक्षा, सडक सुरक्षा, लागुऔषध दुर्व्यसन नियन्त्रणजस्ता विषयमा आफ्ना जिज्ञासा र गुनासाहरू राखे। कार्यक्रममा कार्यक्रममा संविधान सभा सदस्य रमा गुरागाई, नेपाल सरकारका पूर्व सचिव श्याम प्रसाद मैनाली, पूर्व प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह, पूर्व प्रअमनि अमर सिंह शाह, र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीजस्ता विशिष्ट व्यक्तिहरू सहभागी थिए। बैष्णवी टुँडालदेवी माताको प्राङ्गणमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीय क्लब, टोल सुधार समिति, उपभोक्ता समिति, र महिला समूहका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमले प्रहरी, समुदाय, र सरोकारवालाहरूबीच समन्वयात्मक सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।

    Advertisement

    शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.