डाइनामिक युवा क्लब माडी-७ दिवानगरको आयोजनामा सञ्चालित पाँचौं माघे संक्रान्ति कप-२०८१ (सेभेन ए साइड) फुटसल प्रतियोगिताकाे उपाधि सहारा युथ क्लबले हाँसिल गरेकाे छ ।
दिवानगर स्थित खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा दाजुभाई फुटबल क्लब, भरतपुरलाई १-० गाेल अन्तरले पराजित गर्दै सहाराले उपाधि हासिल गरेकाे हाे ।
खेलकाे म्यान अफ द म्याच सहारा युथ क्लबका सन्दिप सुनार घाेषित हुनुभयाे । त्यस्तै, बेस्ट गाेलकिपर दाजुभाईका मनाेज गुरूङ्ग, हाइ स्काेरर जगन्नाथपुरका अमित आचार्य, बेस्ट डिफेन्समा सहाराका ईश्वर घताने, प्लेयर अफ द टुर्नामेन्ट त्रिवेणी धामका राेमन श्रेष्ठ र उदयिमान खेलाडि डाइनामिक युवा क्लबका फिलिप कुमाल घाेषित हुनुभयाे ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु ३० हजार र उपविजेताले १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।




