भरतपुर/लोक, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यका साथ विगत २० वर्षदेखि काठमाण्डौं हुँदै चितवनमा आफ्नो कार्य आरम्भ गरेको सुन्धारा डाँफे दोहोरी साँझले नयाँ व्यवस्थापनका साथ पौष २७ गतेदेखि लायन्सचोकबाट आफ्नो सेवा शुभारम्भ गर्ने भएको छ ।
दोहोरीको नाममा विकृति र विसंगतिहरू आईरहेको परिप्रेक्ष्यमा लोकदोहोरीको माध्यमबाट लोक, संस्कृतिको संरक्षणमा आफूहरुले छुट्टै पहिचान बनाउने उद्देश्यका साथ सञ्चालन गरिरहेको र लोक, संगीतप्रति आस्था राख्ने ग्राहकहरुको माग अनुसार आफ्ना गतिविधि अगाडि बढाउँदै आएको र नयाँ व्यवस्थापनका साथ फरक शैलीमा सञ्चालन गर्न लागिएको सुन्धारा डाँफे दोहोरी साँझकी सञ्चालिका शान्ता न्यौपाने जानकारी दिनुभयो ।
Advertisement





