• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको ०८०/०८२ को कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न


  •   आइतबार, पुष २१, २०८१ मा प्रकाशित
  • सौराहा/चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको ०८०/०८२ को कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
    चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालका अध्यक्ष ठूलो बाबु श्रेष्ठले मेटल तथा स्टिल उद्यमीहरुको हकहितको लागि महासंघको तर्फबाट जस्तोसुकै परिस्थिति आएपनि आफूहरु अगाडि बढिरहेको बताउनुभयो । श्रेष्ठले राज्यले मेटल तथा स्टिल उद्यमीहरुको समस्यालाई तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
    त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले संघ र मेटल समितिबीच नङ मासुको सम्बन्ध रहेको र आगामि दिनहरुमा समेत सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
    त्यस्तै विशिष्ट अतिथि चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका अध्यक्ष भेषराज दुवाडीले मेटल उद्यमीहरुमा परेको समस्याहरुमा समिति मार्फत विभिन्न निकायहरुसँग समन्वयका माध्यमबाट अगाडि बढ्दै जानु पर्ने बताउनुभयो ।
    त्यस्तै कार्यक्रमका अतिथि ग्रील तथा स्टिल व्यवसायी बागमती प्रदेशका अध्यक्ष प्रकाश पौडेल, ग्रील तथा स्टिल व्यवसायी महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष अशोक कुमार वर्माले समिति र प्रदेश समितिबीचको सहकार्यलाई प्रगाढ बनाउँदै मेटल तथा स्टिल फेब्रिकेशन उद्योगीहरुको संस्थागत विकासका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।
    चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्कीले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्ययोजना तर्जुमा गोष्ठीमा ग्रील तथा स्टील व्यवसायी महासंघ, नेपालको दोश्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित ठूलो बाबु श्रेष्ठ, चितवन उद्योग संघ, गभर्निङ काउन्सिलको दशौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशन बाट २०८१÷२०८३ कार्यकालका लागि चितवन उद्योग संघ, गभर्निङ काउन्सिलको अध्यक्ष पदमा निर्वाचित भेषराज दुवाडी, ग्रील तथा स्टिल व्यवसायी महासंघ, लुम्बिनी प्रदेश समितिको प्रथम भेला तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित अशोक कुमार वर्मा, ग्रील तथा स्टिल व्यवसायी बागमती प्रदेश समितिको प्रथम भेलाको तदर्थ समितिबाट अध्यक्षमा निर्वाचित प्रकाश पौडेल, ग्रील तथा स्टिल व्यवसायी बागमती प्रदेश समितिको प्रथम भेलाको तदर्थ समितिमा प्रदेश समितिबाट केन्द्रीय सदस्यमा निर्वाचितद्वय वीरेन्द्र दवाडी, राजन पौडेल र चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको रिक्त उपाध्यक्षमा पदमा चयन हुनुभएकोमा सूर्य प्रसाद तिमिल्सिनालाई कार्यक्रमका प्रमुख अतिथिबाट सम्मान गरिएको थियो ।
    यसअघि समितिका उपाध्यक्ष मोहनलाल श्रेष्ठ संयोजक, सूर्यराज गिरी र वलराम पुरी सदस्य रहेको संगठन बिस्तार तथा विवाद समाधान समिति, उपाध्यक्ष राजु पुडासैनी संयोजक, विष्णु पौडेल र गणेशराज रेग्मी सदस्य रहेको सचिवालय व्यवस्थापन समिति, उपाध्यक्ष राजकुमार श्रेष्ठ संयोजक, रामहरि कँडेल, कान्ति अधिकारी, प्रदिप कुर्मी सदस्य रहेको आर्थिक स्रोत व्यवस्थापन तथा परिचालन समिति, उपाध्यक्ष रुकेश सापकोटा संयोजक, रामकृष्ण श्रेष्ठ, र उद्धव न्यौपाने सदस्य रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औद्योगिक भ्रमण तथा सामाजिक उत्तरदायित्व परिचालन समिति, उपाध्यक्ष सूर्य प्रसाद तिमिल्सिना संयोजक, लोकनाथ सुवेदी, राजन पौडेल र रोम बहादुर सुनार सदस्य रहेको विमा तथा राहत परिचालन समिति, उपाध्यक्ष वीरेन्द्र दवाडी संयोजक, निर्मल विश्वकर्मा, चुडामणी चौधरी सदस्य रहेको महानगर तथा पालिका समन्वय समिति बाट प्रस्तुत गरिएको विभागीय प्रतिवेदनहरुलाई प्रस्तुत गरिएको थियो । प्रस्तुत गरिएका विभागीय प्रतिवेदन माथि समितिका सल्लाहकारद्वय शान्ता न्यौपाने र दुर्गालाल सापकोटाले सहजीकरण गर्नुभएको थियो ।
    प्रस्तुत गरिएको विभागीय प्रतिवेदनहरुलाई विभिन्न चरणहरुबाट गरिएको मूल्याङ्कनको आधारमा उपाध्यक्ष राजु पुडासैनी संयोजक रहेको सचिवालय व्यवस्थापन समितिलाई उत्कृष्ट प्रस्तुतिको रुपमा छनौट गरिएको थियो ।
    कार्ययोजना तर्जुमा गोष्ठी कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ, स्थायी समिति सदस्यहरु बिष्णु भक्त डंगोल, रामप्रसाद पाण्डे, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका सल्लाहकार बिष्णु प्रसाद कँडेल, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति रत्ननगरका अध्यक्ष गणेश राज रेग्मी, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति माडी इकाई समितिका अध्यक्ष रोम बहादुर सुनार, संघका सञ्चार अधिकृत राजु भट्ट, कार्यक्रम अधिकृत कल्पना आचार्य लगायत मेटल उद्यमीहरुको उपस्थिति रहेको थियो ।
    चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष राजु पुडासैनीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    आइतबार, पुष २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.