रत्ननगर/रत्ननगर वडा नम्बर १ मा रहेको श्री जन जागृति सहकारी संस्थाको २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको बागमती प्रदेशका सांसद कृष्ण प्रसाद खनालले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । साधारण सभामा अध्यक्ष माधव प्रसाद पौडेलले संस्थाको बार्षिक नीति तथा कार्यक्रम, लेखा समिति संयोजक मदन राज घिमिरेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा २ विद्यामा ८ जना शेयर सदस्यलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा असल ऋणीतर्फ रमा पौडेल र बसन्ती कुमारी चौधरी, उत्कृष्ठ कारोबारतर्फ रामकृष्ण गिरी, टंकनाथ पौडेल, ठाकुर प्रसाद पौडेल, बिन्दु प्रसाई, रमाकान्त पौडेल र इन्द्रप्रसाद अधिकारी रहेका छन् । यस्तै कार्यक्रममा संस्थापक शेयर सदस्य एवंम सल्लाहकार बिष्णुहरी देवकोटालाई पनि संस्थाले सम्मान गरेको थियो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक, जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमनाथ दुवाडी, रत्ननगर नगरपालिकाकी निवर्तमान उपमेयर विमला दुवाडी, नेकपा एमाले नगर अध्यक्ष ईश्वरी अर्याल, नेकपा माओवादीका नगर अध्यक्ष श्याम प्रसाद बराल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष नारयण आचार्य,उज्वल महिला विकास सहकारी रत्ननगरकी अध्यक्ष चन्द्रा चौधरी, उद्यमशिल महिला सञ्जालकि अध्यक्ष गिता सिंखडा,संस्थापक अध्यक्ष एकनारायण पौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका सचिव दिपेन्द्र शर्माले संचालन गरेका थिए ।




